असोज ५ को कथा | Asoj 5 ko Katha | Herne Katha EP 68 | हेर्ने कथा
HTML-код
- Опубликовано: 25 окт 2021
- शरद ऋृतु लाग्यो । चाडबाड पनि आउन लाग्यो । गाउँघरमा मकै पाक्न थाले । लेकका पाटनहरुमा थरिथरिका फूलले रङ पोखेका छन् । बर्खाभरि पाटनमा गुँड लगाएर बसेका गोठ र गोठालाहरु आजकै दिन गाउँ फर्किन्छिन् । आज असोज ५ गते हो ।
Most of the villagers in this part of Baglung (western hills), stay in hilly areas to feed their cattle for around 6 months. As the weather gets cold, they return to their village with their cattle's and belongings on the last week of September, to be exact, on 'Asoj 5.' This is the tradition that the villagers are following from decades. In this episode of Herne Katha, we have followed the villager's journey back to the village.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
यसपालिको कथामा म देखिन पाइनँ । तपाईंहरूले न्यास्रो मान्नु भयो । कहिलेकाहिँ म क्यामेरा अगाडि आउन नसक्दा कमलकुमारले पालो दिन्छन् । हेर्ने कथामा मैले सँधै बोल्ने शब्दहरू लेख्ने अनि कथाको निर्देशन गर्ने उनी नै हुन् । हेर्ने कथा ‘टिम वर्क’ हो। तस्बिरमा देखिने र नदेखिने सबैको सराबरी भूमिका हुन्छ । मलाई मात्र हैन हामी सप्पैलाई बराबरी माया गर्नुस् है ❤️
- विद्या
यो story मा खै मुख्य पात्र
जो बाटो मा भेटियो तेहि सङ गल्फति
कुनै पात्र को कथा त बोल्नु पर्यो ।
आफै महसुस गर्नु भा होला 🙏
Sabai janako utikae vumika hunxa tara hamilai hajurko bani baseko dd ❤️❤️
हजुरकाे आवाजनै काफि छ,
हस् हजुर। भ्याएसम्म हेर्नेगरेको छु। सप्पैलाई धेरै माया।
Hjr ko aawaj nai kafe xa di, herni katha ma sadai hjr lai herna paiyos,rw yo pali kasai ramro lagena taysa ma jhan hjr nahuda khallo lago, aarko naya vag ma hjr nai aaunu paryo
Please support our channel by subscribing. If you have already subscribed, please request one of your friends to subscribe. It will make us alive!
Aja bidhya mam lai dekhiena kinaa holaa
बिध्या जि नदेखिनु भको किन होला?
केही शुभ समाचार सुन्ने मौका पाउछौ कि हाम्ले ।।
We hope you ok bidhya ji
Wow
This guy should not be interviewing people.He talks to people like they are toddler.
Idk how many actually know and watch this show "herne katha" in the world! where everyone rushing for Netflix games, Amazon prime and so on i have been watching this for more than a year and half now and I tell you nothing else Has made me more grounded like this show has.This is real depiction of how nepal is this show is truly amazing 💖you guys never miss a chance to amazed us !!
Does not make sense
@@basantakhanal5915 not here to make sense !so mind your own business !
@@dhakalganga2619 go to your pahad if you wanna see nepal
@@furix2571 I already went a couple of year ago !
I am from Baglung(near dhorpatan) where these beautiful scenario captured....... 😍 In all honestly nature is so unique and beautiful. 😍😍😍😍😍😍😍
बिध्या जि को कोमल बोली र निर्दोष हासो नै हेर्ने कथाको प्राण हो भने विश्व घटनाको बलराम श्रेष्ठ को मोहित पार्ने स्वरले नै आकर्षण हो
आज भोलि online मिडियाहरुले नानाथरी भिडियो अपलोड गरेर सबै मानिसहरुको दिमाग भुटिसकेको बेला,
यो सभ्य असल रमाईलो र वास्तविक हेर्ने कथाले एक पल्ट फ्रेस बनाईदिन्छ,
really love it. (हेर्ने कथा)
आँखै शीतल बनाउने अद्भुत प्राकृतिक शुन्दरता, मनै शान्त बनाउने ती निर्दोष मान्छेहरूको हसिलो मुहारबाट निस्कने रसिलो बोली । हेर्दाहेर्दै अनि सुन्दासुन्दै भिडियो अन्त्य भइसकेछ पत्तै भएन ।❣️ one of the best episodes of @Herne Katha...🙏❣️
Definately
पुरै भिडियो हेरेर जति आनन्द आयो त्यो भन्दा दोब्बर आनन्द तपाईंको कमेन्ट् ले दियो sis हार्दिक नमन साच्चिकै मनै छुने शब्द मिल्छ भने हजुर संग सामाजिक संजाल facebook मा साथी बन्ने चाहाना छ sis । miss you कोटिकोटि नमन
निकै सान्दर्भिक
❤️❤️👍
ho ni kati ramro katha
सुन्दर ठाउँ, सुन्दर कथा, सुन्दर मान्छेहरु र तिनका विचार, सुन्दरता नै सुन्दरताले भरिपुर्ण हाम्रो नेपाल । विकासको नाममा हाम्रो जीवन जोडिएको प्रकृति न-नासियोस्, पहिचान र अधिकारको नाममा समाज नबिथोलियोस्, लेकहरुमा यसैगरी फुलहरु फुलिरहुन्, कसै नेपालीले भोकै बस्न नपरोस् । समृद्धि पैसाले मात्र आउने हैन, हामी सबै नेपाली खुसियालीका साथ स्वतन्त्रता र स्वाभिमानका साथ जिउन पाऔँ । जय देश ।
पहिले हामि पनि यस्तै गोठ बस्नि चलन थियो सानो मा गोठ जादा कति खुसि लाग्थ्यो आज यो भिडियो हेर्दा धेरै खुसि लाग्यो
I'm from India and also non nepali but im huge fan of your channel . I see all your story and hope if I could meet you and your team some day
Doars ho ?
same to you👍👍
Do you understand Nepali
@@kubershrestha5563 He is TRIBAL OF INDIA from ALIPURDWAR DISTRICT of west BENGAL.
Both NEPALI and TRIBAL works in TEA GARDEN area and TEA GARDENS Village are inhabitated by TRIBALS and NEPALI in PLAIN area like KALCHINI AND BIRPHARA area.
@Sumit Chhetri I'm nor Tribal neither From Kalchini Or Birpara.
हेर्ने कथा हेर्दा साँच्चै चलचित्र भन्दा पनि रमाइलो महसुस हुन्छ। जहाँ वास्तविक दृश्य देख्न पाइन्छ। जीवनको कथा सिकाउँछ। अनि जिन्दगी जिन्दगी जस्तै लाग्छ। धन्यवाद सबै टिमहरुलाई।
चलचित्र बनाउनेहरूले नेपालमा यस्तै यस्ै कथाहरूको चलचित्र बनाउनुपर्छ । बिश्वलाई देखाउनुपर्छ यस्ता जीवन कथाहरू
Heaven is myth
Nepal is real 🇳🇵
मेराे प्यारो जन्मभूमि 🥰
हरेक हप्ताको २ वटा श्रृङ्खला हेर्न पाए कति मज्जा हुने थियो। 😊यस्ता नयाँ नयाँ कथा ल्याउनु भएकोमा धन्यवाद हजुरहरुको सम्पुर्ण टिमलाई। ☺️☺️❤️❤️
हरेक हप्ता त्यो पनि दुई वटा ?? धेरै गाह्रो पर्छ नि त हजुर !! यो मायाको लागि चाहिँ मनैदेखि आभार ।
Euta camera liyera video banaudai yatra gara mitra aani belka edit gara mitra tha hunxa hafta ma 2 ora video ma sadai hernexu mitra
@@hernekatha थाहा छ कति मुस्किल र चुनैती को बाबजुत यो भिडियोहरु बनाउनु भको छ महिना मा एक पटक हाले पनि हामी येतिकै माय गर्न छै हेर्ने कथा लाई 🙏💙
बिध्या दिदिले❤️ अन्तरबार्ता लेको भय धेरै राम्रो हुन्थ्यो,
without बिध्या दि कस्तो, केहि नमिले जस्तो लाग्यो।
Yes 100%
Ho ni khasai ramailo vayana
Um ma lai ni testo lago
Toitt bro testo sochna hudain we can see katti hardwork garnu vayeko xa banki team harule pani bidhya dd ramro hunuhunxa but unha navayekai le khallo laguo vannu cahi banki team ko apman gare jasto hudain ra? Team ko kam lai samman garna sikau!
@life damage bro appreciate it ♥️♥️
अझै 50 बर्ष पहिला को दिन मा जाने मन लाग्छ कतिखेर त प्रकृतिप्रेमको सुरुवात कसरि गर्ने हो😍😍❤️❤️🙏🙏 बिध्या दिदी लाई धेरै धेरै नमस्कार
कस्तो राम्रो प्राकृतिक सुन्दरताले भरिपुर्णछ हाम्रो नेपाल, स्वोच्छ सुन्दर, मनमोहक, तर स्वस्थ्ये र शिक्षाको मात्रै अलिक कमी,
यस्तो प्राकृतिक सुन्दर ठाऊँलाई साथै स्थानियबासी लाई बिशेष संरक्षण गर्दै सहरीकरण हुनबाट जोगाउनुपर्छ,
जताततै सरकारलाई गाली गर्ने मात्रै भेटिरहदा यतातिर सरकारलाई धन्यवाद भनेको देख्दा खुशी लाग्यो🙂
👍️🤗
Tehii ta k
नमस्कार सम्पूर्ण मा सरकार नपुगेको ठाउँमा पग्ने हेर्ने कथा टिमलाई धन्यवाद | मैले पनि यस्तै गाउका दैनिकी जीवनशैली भिडियो बनाउछु मेराे च्यानल तिर पनि आउनु हाेला अबश्य तपाईंको मन जित्ने छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हेर्ने कथाको बिंडो कस्ले थाम्देला पछी। यो नेपालको एकमात्र यस्तो कार्यक्रम भयो की, शुद्द भुइँमान्छेको कार्यक्रम आहा।
Yati damdar comment aaj sama kasaile type gare Mero KASAM HERNE KATHA ma
That elder magar man wearing purple beanie at the end part of this video is the proof that money can’t buy happiness. Simple man living simple life in serenity of nature enjoying every moment and so content with what he has. He makes it look so easy to attain happiness. Plus great sense of humor he has, a man of likability.
जति धेरै प्राकृतिक सुन्दरता , त्यो भन्दा बढी दुर्गम तिरको वास्तविक जिवन । सुविधा का हिसाबले अलि बढी विकट कहलाइन्छ ! र पनि इमान्दारिता र सरलताका हिसावले मानविय एकता दर्शाउने ठाउँ भन्न मन लाग्छ ।
यो सात समुन्द्र पारी को बिरानो मुलुकमा बसेर आफ्नै गाउँ घर को पाकृतिक सुन्दरता र दृश्य देख्न पाउँदा खुशी को सिमानै रहेन धन्यवाद छ हेर्ने कथा को सम्पुर्ण तिमलाई नरेन्द्र घर्ति मगर रोल्पा हाल ( दुबै)🙏💕
RUclips मा हेर्न मिल्ने गतिलो कार्यक्रम भनेकै
" हेर्न कथा " मात्र हो।।
पाहादको सिन एक दम मनप्ररछ र साराइ मनपरयो
The way that grandma run makes me remember my childhood where I used to run back of my grandma to catch her. She was also a fast runner .🥰🥰🥰
शहरमा धुवाँ ,धुलोसङ्ग आत्मसात गर्दै बस्नुपर्ने ,मेरो रहर या विवस्ता वाध्यता के भनौ ।यस्तो प्राकृतिक छटाहरु र वास्तविक जनजिवन हेर्न पाउँदा मेरो सोलुखुम्बुको याद आयो ।
Malai ni mero solukhumbu ko yad aayo😘
विदेश मा बसेर हाम्रो नेपाल को हरियाली डाडाकाडा खेतबारी हसिला बुवा आमा दाजु बहिनी देख्दा आँखा मा शितल मन मा खुशी को सिमानै रहेन 🙏🙏🙏❤️❤️❤️❤️
अर्ग्यानिक कथा ❣️🥰😊🙏🇳🇵
हामी बागलुङ पश्चिमी हरु💕💕💕💕💕
एकदम मन पर्छ मलाई हेर्ने कथा 🙏हेर्ने कथा को सम्पुर्ण टिमलाई धन्यवाद 🙏
नमस्कार सम्पूर्ण मा सरकार नपुगेको ठाउँमा पग्ने हेर्ने कथा टिमलाई धन्यवाद | मैले पनि यस्तै गाउका दैनिकी जीवनशैली भिडियो बनाउछु मेराे च्यानल तिर पनि आउनु हाेला अबश्य तपाईंको मन जित्ने छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उहाहरुको कथा हामीले हेर्दा आहा लाग्छ
तर उहाहरुको वास्तविक जीवन कति दुख कष्टदायक छ तर पनि उहाहरु दुख बिर्सय र पनि खुसि भयको देखेर मन प्रफुल्ल भयो 😘😍
कसरी धन्यवाद दिऊँ खै हेर्ने कथा टिमलाई । कुनै शब्द नै भेट्दिन यहाँहरुको मेहनतको कदर गर्ने । हेर्ने कथा टिमप्रति हामी सदैव आभारी रहनेछौ । देशका कुना काप्चामा छायाँमा परेका कथाहरू हेर्दा जिन्दगीलाई अझ बुझ्ने अवसर मिल्छ हामीलाई । मलाई चाहिँ धेरै प्रेरणा मिल्छ हेर्ने कथाका कथाहरु मार्फत् । जिन्दगीमा सबैले सङ्घर्ष गर्नैपर्छ भन्ने पाठ सिक्छु हरेक कथाबाट । "कर्म नै सबैभन्दा ठूलो धर्म रहेछ" 🙏❤️🇳🇵
प्राकृति सुनद्रताले भरिपुर्ण बागलुङ ,रुकुम पुर्ब ,रोल्पा 😊😊❤❤❤🙏😊
बिध्या दिदिले नै बोलेको भएको राम्रो सुनिन्थ्यो 🙏🙏🙏
Sahi ho
त्यही त नि
200%
agree
What a story western part of Baglung district. Salute entire team
यो कार्यक्रम ले नेपाल को असली अनुहार देखाउँछ!जिउने चाहना बढाउँछ,हार्दिक नमन विध्या ज्यू अनि हजुरको सबै टीम लाई🙏🙏🙏🎈🌺❤️
यो मिहेनत देख्दा खुशी लाग्यो सुन्दर दृश्यले अानन्दित भएँ,, उहाहरुको खुशी देख्दा अचम्मित भएँ। हामीशीत जे छ त्यसमै सन्तुष्ट भयौंभने हामी सुखी हुन सकिन्छ जस्तो लाग्यो ।धन्यवाद
हेर्ने कथा / हप्ता मा २/३ टा Episode 😳
आइदिएनी हुन्थ्यो मज्जाले हेर्ने थिए 🤗😍
मैले तपाईंलाइ पनि सब्सक्राइब गरे है।।तपाईंकोमा के पाइन्छ हेर्नू??
Jata pani comment garna vyaunu hunxa hajur pani😀😀
@@anjanbhatta5539 aww k hai😁😁maile ni notice gareko thye😂
@@suminakhadka8522 ho ni. Jun video herda ni comment ma dekhekai hunxa. Tapaile ni notice garnu varaixa.😂😂
Hafta ma eak choti aayata hunthiyo hajur
म नियमित हेर्छु हेर्ने कथा आज दाजुले लिएको Interview पनि राम्रो लाग्यो मलाई त बिच बिचमा बिध्या दिदीको स्वर वा वा वा👍👍👍हेर्ने कथाको सम्पूर्ण टिमलाई यति राम्रो कथाको लागि धन्यबाद 🙏🙏
आहा!!हाम्रो नेपाल कति सुन्दर छ है,यति राम्रो सुन्दर ठाउँहरु गाउँ घरको दुख सुख देखाउनु हुने हेर्ने कथा टिम प्रति आभारी छौ।
कति सुन्दर मेरो बाग्लुङ ।।मनै आनन्द हुने सुन्दर दृश्य ।।
आज बिध्या दिदिको आवाजलाई खुबै याद गरियो। अर्को हप्ता हजुरको आवाज पुरै समय सुन्न पाउने आशमा चित्त बुझाइयो
❤️
Ekdam right kura
Sahamat
Tyitaw k na pugya na pugya jasto laggo
Bidya DD na bhayera aaja ko program khallo lageo
आज हेर्ने कथा हेर्दा ती फाँट हरुमा पुग्न मन लाग्यो, अनि बुकी फूल टिपेर सिरमा लागाउन मन लाग्यो। धन्यवाद हेर्ने कथा टिमलाई 🙏🙏🙏🙏
Such alluring beauty disguised by distress and hardship. If only, their bare necessities were provided, hard work rewarded, and a new generation ensured with education! Beautifully portrayed, applause to each member of the team for your appreciable effort and much obliged to you for showing us nearly the other side of the universe!
@Dilip Yakkha timi aba ta budo bhayo hola 10 barsa agadi ni timro comment dekhthey yar
किसान हरुले यति मज्जाले मेहनत गर्दा खुसी धेरै धेरै लाग्छ । तर उनिहरुले बजार नपाउदा त्यो भन्दा धेरै दुखी लाग छ । ... ❤️❤️❤️🙏🙏🙏
बिध्या दिदिले नै बोलेको भएको राम्रो सुनिन्थ्यो😍😍😍😍😍😍
Yo boli pani naramro ka xa ra bidhya dd ko bani parekole matra ho .
मन छोयो यो कथाले ।मनै स्वर्ग पुगेको आभास भयो ।हेर्ने कथाका सम्पुर्ण टिम लाई धेरै -धेरै धन्यवाद यति राम्रो कथा देखाउनु सुनाउनु भएको मा।
आहा कति राम्रो ठाउँ ।।।।।Great Nepal🇳🇵🇳🇵
अाज त कमल जी दाैडी रा अनि कति रमाइलाे अानन्दकाे जीन्दगी है भित्री मनमा जे भएनि बाहिरबाट हेर्दा सबै काे जय हाेस
हेर्न कथा लाई माया गर्ने सबै लाई दिपावली को शुभकामना ❣️❤😊
कति सुन्दर छ हाम्रो देस अनि भेस भुसा र रहन सहन जिबिका पार्जन
Wowoo कति रमाइलो ठाउँ अनि पौरखी मानिस हरु।
रमाइलो जिन्दगी मलाई नि यस्तै मन पर्छ दुइ दिन को जिन्दगीमा😱😱
कति निश्चल अनि बुलन्द आवाज सोच छ।।ती सफा निश्चल पहाड पाखा पखेरा झै यहाँ को मान्छे हरुको मन पनि😍😍😍 दिदी हजुरलाई धेरै धन्यवाद 🙏🙏🙏🙏,,, साच्चै मजा आउँछ जाती हेर्दा नी हेरौ हेरौं लाग्छ।।😍😍
Hamrai baglung भलकोट काे रैछ निकै राम्राे लाग्याे धन्यवाद हेर्ने कथा सम्पुर्ण परिवार मा🙏🙏🙏🙏
मेरो सपना थियो !! यस्तै भिडियो बनाउने तपाईंहरु ले पुरा गर्दिनु भो ! ।। मेरो गाउँ नि यतै पर्यो ! खुशी लाग्यो ! आशा छ सबैलाई मन पर्ने छ ! साथै सफलताको शुभकामना ! (हेर्ने कथा) टिम लाई
दिल छुऐर आयो वास्तविक जिंदगी देखी हाम्रो नेपाली को ❤️
पूर्वी रूकुमतिर पनि पुग्नुहोला । राम्रो लाग्यो कमल सर ।
Namaste bishal sir 🙏
एक अर्को सङ हातेमालो गरेर जानुस ,सधै सबै हासी खुसी मिलेर यो दुइवटा कम्पनीलाई अझ सशक्त बनाएर लगे हुने थियो जस्तो लाग्छ । जीवित हुन नै गाह्रो भए हामी कसरी रमाउने ???
नमस्कार सम्पूर्ण मा सरकार नपुगेको ठाउँमा पग्ने हेर्ने कथा टिमलाई धन्यवाद | मैले पनि यस्तै गाउका दैनिकी जीवनशैली भिडियो बनाउछु मेराे च्यानल तिर पनि आउनु हाेला अबश्य तपाईंको मन जित्ने छ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
..
नेपाल निकै राम्रो देश प्रकिर्तीको खानी जडिबुटी हजारौं सम्भावना भएको जय नेपाल 🙏🙏🙏
Sabai Jana Kati lively Kati spiritual dukhma ma pani ramaunu janeko, full of gratitude. Educational institutions haru bata vanda hamro yo channel bata yesto katha haru bata yesto maanche haru bata dherai gyan sikna sakincha.
सुन्दर प्राकृतिक दृष्य सरल गाउलेकाे बाेली एकदम मन पर्याे।
आह कति राम्रो बन पाखा ताल,तलैया प्राकृति सुन्दरता सौन्दर्यताले भरी पुर्ण हाम्रो नेपाल कयौं दुख त्यो दुख भित्रीको हासो अनि खुसी हेर्दा हेर्दै कति छिटो सकिएको रहेछ ।अलि लामो भए नि हुनेथियो ।
यति सुन्दर दृश्यहरु कथाहरु देखाउनुभएकोमा धन्यवाद।
Aww k hai kati ramro ❤️❤️❤️🙏🙏🙏
@@prashamsatamang6216 mero manxe hoki arkai manxe ho name ta milyo.
Arkaiko ho mata 😂😂
@@prashamsatamang6216 a lala kasto yad aayo k usko
सुन्दर ठाउँ अनि त्यो निर्दोस मुस्कान समुधुर बोली मन नै अनन्द हुने त्यो डाडा काडा चारै तिरा फुलेका फुल ती दृश्य हेर्दा मन नै फुरुङ्ग हेर्दा हेर्दै भिडियो सकिएको थाहा नै भएन ।miss u bidhya didi
मलाइ पनि धेरै 54/55 साल मा त्यो ठाउ घुम्दा आज मलाइ ति दिन को याद आयो अतित का याद हरु सन्धी जिवितै रहदा झल्को अनि माया लाग्दो रहेछ आखिर यो मन त नेपाली हो नि !
कति मनमोहक दृष्य स्वर्गको अनुभूति गराउने मलाई धेरै गर्व लाग्छ हाम्रो देशमा यती सुन्दर ठाउहरु भएकोमा !
कुनै टेलिभिजन सङ समन्वय गरेर TV मा पनि प्रसारण गरि Internet को पहुँच भन्दा टाढा ठाउमा पनि हेर्ने वातावरण बनाइदिए कति राम्रो हुने थियो नि ।
kantipur tv ma pani prasharan hunchh.
SAHI HO
आहा कति सुन्दर दिर्स्य को साथै आफ्नै रिति रिवाज मा हिमाल पहाड गर्दै आफ्नै भेस भुसा मा दुःख सुख गर्दै जीवन आर्जन गरेको गाउले को यो रमाईलो कथा हेर्ने कथा बाट हेर्न पाउँदा धेरै खुसी छु बिद्या सिस सारै मन पर्छ हेर्ने कथा को प्रस्तुता सम्पुर्ण न टिम लाई मन देखि धन्यबाद। अझै सारै मन पर्ने कुरा बिद्या सिस को मधुरमय आवाज मा पस्किनु हुने हेड लाईन ❤️❤️❤️❤️❤️❤️
हेर्ने कथाहेर्नुकाे मज्जाछुट्टै हुन्छ । अलगखालकाे अानन्दमिल्छ । समयमिल्दा हेर्नेगर्छु । यस्तै नयाँ नयाँ कथाहे्न पाउने अपेक्षाराख्दछु ।
प्रकृतिले सिङ्गारिदियको हाम्रो देश । ओ हो ! कति आनन्द आउने रमणीय दृश्यहरु । 😊
This programme is giving so much to learn about different cultures and traditions form different part of Nepal. Herne Katha team is doing incredible job, thank you for showing us such a beautiful places, people, cultures, tradition and typical folk songs. Thank You once again.
Sarai khusi ra ramailo lagxa gaugharko taja prastuti herna pauda....thanks hernay katha teamlai
दामी कसतो रमाइलो लाग्यो अबस्य यो ठाउमा यक दिन आउनेनै छु।❤❤
म नियमित दर्शक हु हजुर हरुको कार्यक्रम एउता ग्यान मिल्ने किताब झै लाग्छ सुभकामना अझैं राम्रो गर्दै जानुहोला धन्यवाद
यो दृश्यहरुलाई थोरै समय भिडियोमा नियाल्दा कति रमाइलो छ लाग्छ तर यहाको भोगाइ अभाव निकै कस्टकर छदैछ । तर प्रकृति प्रेमिहरुको लागि स्वस्थ्यकर साथै आफ्नै खुशिको संसार छ ।
जिन्दगी हो मान्छेको जसरी काटे पनि हुने किन हामी सम्पतिको पछि दौडेको बुझ्न गाह्रो आखिर खान र लाउन पुगे यो भन्दा त नभए पनि हुने रैछ
They are the real farmer. Respect to their profession
सङयुत्त अरब एमिरेट्स देखि अहिले सम्म निरन्तर हेरिराखेको छु। सारै राम्रो लाग्छ❤️❤️❤️
Ma pani uae dekhi 🥰
आफ्नै गाँउपालिका को हेर्दा कति आनन्द आयो , धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई ।
सानो मान्छे को हुलमा बिसाल ह्दय भएका मानिस का मनोरम जिन्दगी को कथा
मरे पछि स्वाग देखिन्छ भन्छन् तर हेर्ने आँखाले जिउँदै स्वर्ग देखाउनु भयो। हामी पूर्वेली इलामेलीहरुको तर्फ बाट नमस्कार सेवारो।
यो कुनै नाटकीय फिलिम होइन मानिसको यथार्थ भोगाइ अनि पीर कथा ले भरिएको कथा मलाई धेरै मन पर्छ।सम्पूर्ण टीम लाई हार्दीक बधाइ
यो गोठाला जिबनमा दु:ख होला तर खुशी र शान्ती पनि उतिकै देख्छु ..
कति शुन्दर लाग्छ गाउलेक बेसि उकालि उरालि भड़ज्याग प्रदेशबाट हेर्दा हरियालि मनोरम दृश्यगाईगोरु कुखुरा बालक जवान बृद्ध आमाबुवा वाकईमा मन भरिएर बडो भावुक बनाईदिन्छ हेर्नेकथाले मेरो घरपनि अछाम जिल्ला साँफेबगर सा नपा सातमा पर्दछ झल्को बालापन गाईभैसि बाख्रा चराउदै रमाएका अतित दिन आज मलाई झल्झलि याद आए बरै गाउदेखि प्रदेशि जिवन कहालिलाग्दो छ हाम्रो जिन्दगि अन्तमा हेर्नेकथालाई मुरमुरि धन्नेबाद छ है
हेर्ने कथा नामै कफी छ। त्यो माथि मधुरो स्वर कि धनी दिदी चापागाईंकाे साउदी अबर बाट हेरे ।
हाम्रो पश्चिम बाग्लुङ को जीवन शैली हेर्ने काथा भित्र अताइदिनु भएकोमा धन्यवाद हेर्ने कथा अनि Bidhya Chapagain लाई अझ धेरै धन्यवाद डम्बर बुढा मगर लाई पनि।।।।।
हामी बाग्लुङेको भाषानै मजाको बसिचम रमाईलो भईच साथमा समधुर यानीमाया 💗
धन्यबाद हेर्ने कथा 🙏🙏
👍️👍️👍️👍️
हुन्च,भइच्च ,खाइच्च हाम्रो पहिचान हुन्।
@@tikasapkota8553 yes jaha gaya pani tapai baglung dakhi ho bhanda majja lagxa💗
सम्झेर ल्याउदा त खै के नै रहेछ हो नेपालीहरुको बाच्ने जीवन शैलिहरु उफ्फ्फ्फ्फ्फ हार्दिक दुख लाग्दो नै छ हो भन्या
सबै चिज season अनुसार चल्ने , उम्रिने , झर्ने , फल्ने ,पाक्ने गर्छन त्यस्तै गोठ पनि माथी लेख्मा लाने र तल बेसी झर्ने गर्छन। हाम्रो तिर गाठाले भाषामा गोठ झर्ने समयलाई उदौली भन्ने गर्छन र गोठ माथीलाने समयलाई उभौली भन्ने गर्छन। गोठ झर्ने समयमा गोठाले मात्रै होईन पसुहरु पनि रमाएर उप्फ्रि उप्फ्रि हिड्ने गर्छन। समय अनुसारको भैसीगोठ,गाईगोठ र भेडीगोठ सारेको चहलपहलहरुको यो video मलाई सारै राम्रो लाग्यो। Herne Katha team र बिध्या जी लाई धेरै धेरै धन्यबाद।
हप्ता दिनको सबै थकाई मेटिने गर्छ हेरने कथा हेर्न पाऊदा ह्रदय देखि सलाम छ सबै टिम लाई
पुर्वी रुकुम जानुस त्यहा अझ रसिला कथा छन।।।भेडिहरुको कथा छन।जो सबैलाई प्रेरणा बन्न सक्छन
Rukum kun thau ho ghar
@@bishnosen1457 बांफिकोट गा पा
@@rkleezonbabuthakuri2149 tq
@@rkleezonbabuthakuri2149 बाफिकोट त पश्चिम रुकुममा हो ।
सारै रमाईलो गाउको कथा मेरो बागलुङ रमाईलो बागलुङ अति सुन्दर कथा धन्यवाद दिदी ..
आहा! कति निश्चल र पबित्र छ है मेरो जन्म भुमी देश नेपाल को डाडा काडा हरु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जाहा बसोबास गयो उताइ रमाइलो आफ्नो ठाउँ आफ्नो गाउँ सबैलाई प्यारो हुन्छ। यस्तै भिडियोहरु हेर्न पाउँदा मन खुसी हुन्छ।
जहाँ बस्यो त्यहि रमाइलो, सबैलाई आफ्नो गाउँ रमाइलो लाग्छ, यस्तै भिडियोहरु हेरिरहन पाउ ।
जो जहाँ भयता पनि प्रकृति मा रमाउनु को आनन्द छुट्टै हुन्छ।।।। सलाम छ बिध्या जि अनि ह्जुर को सम्पूर्ण तिम्लाइ।बिध्या जि नजानु भको होर के नमिल्या के भो यो कार्यक्रम मा मलाई त।।।
हेर्ने कथा साह्रै मन पर्छ र समय मिलेसम्म हेर्ने गर्दछु।
खाडिमा दिन भरिकाम गर्दाको अमिलो पसिनाले भिजेका आँखाले साझमा कोठा माआएर हेर्ने कथा खोजि खोजि हेर्ने गर्छु र भिजेका आखाँ शित्तल बनाए सुत्ने गर्दछु।
The guy from the rolpa and who was talking about his father death is my villager..finally i saw my birth place after 20year..thankyou for the “HERNE KATHA”team for this beautiful story and location 🙏🙏🙏
कुनैचिज पनि मिसावट नभको सम्पती अनि जीवन जिउने शैली सारै रमाइलो लाग्यो मलाईत
सुदुरपश्चिम तिर पनि पुग्नु होला एकपटक त्यता को कथा पनि हेर्न मन छ !❤️
सुदुरपश्चिम तिर जानू हुदैन अस्ति भर्खर सेर बहादुरले तपाईं बर्ता बोल्दै हुनुहुन्छ चुप लाग्नुस भन्दै कराउदै थियो ! ख्याल गरेर जानू होला
आहा ! पाडाले कस्तो मज्जाले बुर्कुसी मारेका
आमैको पछाडि पछाडि ❤❤
Really beautiful 👌👌
आहा कति रमाइलो ठाँउ मेरो छिमेकी जिल्ला बाग्लुङ