[अ]सफलताको कथा | [A]safaltako Katha | Herne Katha EP109 - हेर्ने कथा
HTML-код
- Опубликовано: 28 июл 2023
- कथानक चलचित्रका काल्पनिक नायकहरुको पो सँधै सफलताको कथा हुँदो हो । भूइँमा उभिएको मान्छेको जीवन त कहिले फूल, कहिले काँडा ! आँखा चिम्लिँदा पो शीतल सपना, आँखा खोल्दा त पोल्ने यथार्थ । सफल मान्छेका कथा त जति पनि भनिन्छन् । तर असफलताको कथा कसले भन्ने ?
#hernekatha #AsafaltakoKatha
It's only fictional heroes in movies that are always successful. The life of a common person is sometimes a bed of roses, and sometimes full of thorns. Stories of success are often told, but who will tell the stories of failure?
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
✖️ Admin & Finance - Durgesh Maharjan
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
कति मीठो कथा फ़ेरि हेर्दै छ ु
Huss
Maile pani 10 20 jana laee tw subscribe garaye haii ❤😊
फेरि अर्को कथामा भिम सरको सफलताको कथा हेर्न पाईयोस्,शुभकामना!
Jay hos🎆
Yo katha lai asaphal van mildain hajur
आगामी श्रीङ्खलाहरु मा भीम जी को भव्य सफलताको कथा हेर्न पाइयोस् कामना गर्दछु । यो कृषि क्षेत्र नै यस्तै रहेछ विगत दुई वर्षदेखि निरन्तर रूपमा कृषि कर्म गरिरहेको छु । हतोत्साही हुने अवस्था सृजना हुँदैछ उत्पादित कृषि उपज ले सोचे अनुरूप मूल्य पाउँदैन ।निरास नहुनुस् भीम जी एक दिन सफलताको सिँढी पक्का चढ्न सक्नु हुनेछ।
We all want the story of Bhim jee in next episode.
dear bhim
Pryash jari rakhnus
36 मिनेट्को भिडियोमा मैले मेरो २८ वर्षको पढाइ र शिक्षामा भन्दा बढी पाए । hats off bhim uncle ! I respect you...keep going you will rise again... आँसु आयो ।
Yap manoj g
भिम दाइ र, भाउजू को भिडियो हेर्दाहेर्दै
मुस्कुराउदै थिएँ कतिखेर आँखा बाट आँसु
झरेछ पत्तै पाइन 😢 भिम दाइ भाउजूको
सफलताको कथा चाँडै देख्न पाउ शुभकामना🙏
(अ)सफलताको कथा, शिर्षकमा जुन (अ) छ नि निकट भविस्य मै (अब)सफलताको कथा भनी फेरि बेलि बिस्तार छिटोभन्दा छिटो हेर्न पाइयोस् । पुर्ण सफलताको शुभकामना ।
फोहोरी पत्रकारिता मौलाएको बेला हजुरहरू जस्तो खोज पत्रकारिता गरेर देशको कुना कन्दराको कहिले नबिउज्रको कथा हामी माझ सधैं लिएर आउनु भएकोमा हजुरहरुको सम्पूर्ण टिमलाई मनै देखि नमन् ।
❤❤
Mam ab pida matra sunne sunaune hoki ab sahayog sorup rin pani diyara sahayog dine hoki mam xitai vim daiko purai khorma bangur pura variyako vdo herna pam सबैको रछा गरून् भगबानले🙏🙏
Truly
"प्रोजेक्त, आइडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नु पर्छ " सार्है मन छोयो सर हजुरको यि शब्दहरुले ।
मेरो आखा कुन बेला रसायो आफै पत्तो पाईन🥲
Maa xoyyu yr
❤❤❤
@@gangaprasadchemjong2972ଓଈଆଓଅQtଚଐକଏ
तपाईंको कमेन्ट्ले पनि मन जित्याे ❤️❤️❤️
21 तोपको सलामी छ दाजु हजुरको धैर्यता साहस, इमानदरीता, मिहिनेतको लागि❤
This is the real journalism 🎉 hats off to entire team 🎉🎉🎉 and best wishes to Bhim dai🙏
यस्तो अवस्थामा पनि मुस्कुराएर बोल्न सक्ने भीम सरलाई सलाम❤
छिट्टै सफलताको कथा सुन्न पाइयोस् ❤
श्रीमान श्रीमती को सहकार्य जहाँ हुन्छ तेहा सफलता अबस्य हुने गर्छ❤
His partner giving him so much power to deal with all this bad times..
येहि कथालाई (सफलताको कथा) को रुप मा छिट्टै हेर्ने मन छ।❤Hats off to him. His dedication and courage to fight obstacles is really inspiring not everyone has this courage.❤❤🩹
अब चांडो भन्दा चांडो (अ)सफलताको कथा बाट `सफलताको´ कथा हेर्न पाइयोस् !
यो कथाको भाग २ अवस्य बन्नेछ , शुभकामना !
जिन्दगीमा हार मानिसकेको थिए तर हेर्ने कथाले उर्जा थपिदियो।धन्यवाद हेर्ने कथा ❤
रातीको 10:30 बज्यो,बिदेशबाट फलामको खाटमा सुतेर हेर्दैछु एकदमै मन भक्कानियो ,कस्तो मनै रुवाउने कथा।
असफलताको कथा होला तर आत्मबल सफलताको शिखर चुम्न पर्याप्त छ । ❤
As always never fail to put smiles on the audience faces.
Hats Off to team !
भिम जि को ब्यबसायिक कथाले साच्चिकै भावुक बनायो।र सम्पुर्ण ब्यवसायीहरुलाई सकारात्मक सन्देश प्रवाह गरेको छ।अब छिट्टै भिम जि को ब्यबसायिक सफलताको 'हेर्ने कथा 'भाग-२ हेर्ने छौ। सफलताको शुभकामना भिम जि🌺🌺🌺🌺🌺🌺🇳🇵🇳🇵🇳🇵
Sarai mithoo bachan xa bidya jiko
पुनः सफलताको कामना अनि चाढै नै सफलताको कथाको साथ देख्न पाइयोस् । 🥰♥️
Nagari kam pugdaina khana sajha ra bihannn premaa
चल्दै छ जिन्दगी, एसरी नै चल्न देउ
जल्दै गर्छन् जल्नेहरु, तिमी चुपचाप अगि बढिदेउ♥️greatfull motivation your social and best work. I want see fast happy movement,
Thik vannu vayo ❤❤
त्यो आत्मविश्वास त्यो संघर्ष त्यो अठोट एक दिन फेरि सफल भएको हेर्ने कथा देख्न पाऊँ।मैले कतार देखि हेरे तपाईं सफल व्यवसायीक हो ,, तपाईं बात धेरै कुरा सिक्ने अवसर मिल्यो वेस्ट अफ लक ,
Wishing you success again 🎉
सकारात्मक साेच ,आत्मविश्वास रआटकाे संगम हाे भिम सर 🙏🙏🙏
सबै कुरा भोग्दा-भोग्दै हुँदा हुँदै हजुरको बोलिमा मिठास,सरलता,सालिनता ओठमा मुस्कान यी चीजको लागि हार्दिक सम्मान र सलाम!🙏
“हजारै असफलता पछिको एउटा सफलताले पनि सबै बिर्साउछ" point to be noted 🙏♥️
रुवाउनको लागि दुनिया छ तर हसाउनको लागि हजुरको साथमा साथ दिने भाउजु र हजुरको आत्मबिश्वास छ भिम दाजु सफल जिबनको कामना ❤️❤️😘
कत्तिपनि हारको मानसिकता छैन, सफलताको शिखर चुम्ने यस्तै ब्यक्तिले हो, जिवनमा उतारचढाव त भैहाल्छ नि, आखिर हिड्ने मान्छे न लड्छ । सलाम छ तपाइको आट, आत्मविश्वास अनि सरल स्वभावलाइ 🙏
जीवनमा धेरै समस्या आउछ समस्या सँग लडेर हरेस नखानु नै ठूलो सफलता हो
Huge respect to this man 🙏
* पिडाहरु लुकाएकै राम्रो
* येहि खोलाले देखेका छ्न आँसु र खुशिहरु
* आमाको दशैको टिकाको आशीर्वाद
* मलामी गएको छेड आफन्तले भनेका शब्द
भिम सरको मन छुने कुराहरुले मेरो मनलाई पनि सरै भावुक बनायो । सहासि भिम सर मा सलाम
अनि हजारौं असफलता पछिको सफलताले पनि सबै कुरा बिर्साउछ 🥺
Evey sentence motivational Ra heart touching xa bhim sir ko.
प्रोजेक्ट, आइडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नु पर्छ " सार्है मन छोयो सर हजुरको यि शब्दहरुले ।
Real Hero..... तपाइको यो आट,साहस, धैर्यता अनि सहनशीलता प्रति उच्च सम्मान छ, चाडै नै सफलताको अर्को शृंखलामा हजुरको कथा हेर्न पाइयोस शुभकामना छ
आहा कति महान सोच,विचार अनि लगनसिल्ता भएको दाई ॥ हजूरको जीवनमा चाडै परिवर्तन अनि सफलता छाओस भनी ह्रदयबाट नै कामना गर्दछु 🙏🏻
यस्ता कहानी हरुले जिन्दगीमा कहिलै हार्न दिदैनन । सायद समयले सबै निको बनाउनेछ।🙏
यस्ता कहानीहरूले जिन्दगिमा कहिल्लै हार्न दिदैनन्,,,सायद समयले सबै निको बनाउनेछ ।🙏🙏
कथाले धेरै धेरै भावुक बनायो। तपाईंले आँटेको सोचेको अबस्या पुरा होस्🙏 भगवान ले अबस्या पुरा गर्ने छ।🙏
निकै मनछोयो भिम सर, तपाईंले भोगेका शब्दहरु निस्किदा आँसु आयो। हजुरको यो साहासलाइ सम्मान छ। अनि विशेष आभारी बिद्द्या चापागाईं दिदिको तिमलाइ🙏🙏।
फेरी अर्को कथामा भिम सरको सफलता को कथा हेर्न पाइयोस् शुभकामना छ भिम सर🙏💕💕
17:39 मा मेरो आँसु आयो 😢😢😢
दाजुलाई सफलताको शुभकामना व्यक्त गर्दछु।❤️
बङ्गुर मरेको सुन्दा आखाबाट आँसु आयो।ठूलो सफलता हासिल गर्नेहरुका कथा यस्तै दुखबाट सुरु हुन्छन रे। सफलताको शुभकामना।
भिमजीको सफलताको कथा छिटृै सुन्न पाईयोस । हार्दिक शुभकामना ।
विद्याजीलाई धन्यवाद । हामीलाई नेताहरुको अन्तर्वाताभन्दा पनि भिमजी जस्ता कर्मठ नागरिकको अन्तर्वाता सुन्न रहर छ ।
नेताहरुभन्दा पनि देशलाई समृद्धितिर लानेहरुको कथा पस्किनु हुन्छ । तपाई र तपाईको टिमको मिहेनतको कदर गर्नै पर्छ हाम्रो देशले ।
भिम दाई लाई धन्यवाद 🙏🙏 , निराशा र अभाव मा पनि दाई को धैर्यता , साहस , सकरात्मक बिचार र मुस्कान सबैको लागी प्रेरणादाइ छ
हजुरको आत्मबल लाई उच्च सम्मान भिम सर ! हजुरको यो दुख अनि पिडा चाडै सुखमा परिवर्तन होस शुभकामना !
फेरि अर्को पटक हजुरको पुर्ण सफलता को कथा अबस्य हेन र सुन्न पाइने छ भिम दाइ !!!छिटोभन्दा छिटो 🙏🙏🙏!सम्पूर्ण टिम लाई धन्यवाद !!हाम्रो वालिङ को कथा समेटिएको रहेछ।
आंखा भरि आंसु, मन भरि पिडा तरपनि दाई को ओठमा कति मिठो हासो छ। जसले दुःखमा हास्न जानेको हुन्छ, सफलताले उसको शिर छुम्नेछ।। हजुर फेरि माथि गाको हेर्ने इच्छा छ दाई 🙏🙏🙏
संघर्ष र अनुभवको खास कथा, आँशुले पखालिएको मन सँगैको आत्मविश्वास , त्यो शिखर जहाँ पुग्नु छ ,तपाईको कर्मले यि साना भिर पहिराहरु सजिलै छिचोल्ने छ, आज बिर्सिएको देशले तपाईलाई भोलि खोज्दै अवश्य आँगन सम्म आईपुग्ने छ। यो कथाले सफलताको नयाँ मोड तुरुन्तै प्राप्त गर्न सकोस् शुभकामना ।
हाम्रो गाउँको मान्छे उहाँलाई म राम्रोसँग चिन्छु । भिम सर तपाईलाई उच्च साथ सम्मान र हौसला 🙏👏👏❤️
कोहि सफा हृदय देखि सहयोग गर्न सक्नेले सहयोग गरिदिनुहोला | केहि समयपछि फिर्ता गर्नेगरी लगानी गर्न चाहानेले पनि लगानी गरिदिनु होला तर उहाको यो साहस र यो उद्दमी मानसिकतालाई माथि उठाउन मद्दत गरिदिनुहोला है |
तपाई को सोचाइ महान छन!म पनि देशमा बेरोजगारी कै कारण खाडीमा गाडिएको एउटा युवा हुँ!मनमा देशमै केही गर्छु भन्ने सोचाइ भएर पनि केहि गर्न नसकेर हरेक दिन खाडीमा मनमा कुरा खेलाउन बाहेक केही गर्न सकेको छैन!तपाईंको यो भिडियो हेरेर मन मा अलिकति भएपनि आशा पलाएको छ!तपाईं लाई उच्च सलाम!
-इश्वर सिटौला हाल युएई
दुख सुख भोगाई पिडाई सहन असहन सबै आफ्नो ठाउमा छ तर दाइको आट हिम्मत लाई सलाम
यस्तो सपोर्ट गर्नु हुने भिम जि को सृमती जिउलाई ह्रुदय देखि धन्यवाद ❤❤❤ सलाम नारी 👍️👍️👍️😍
जहाँ इच्छा त्यहाँ उपाय,जहाँ पौरखी हात त्यहाँ अबस्य सफलता,हिम्मत नहार्नुस दाजु फेरि त्यो दिन अबस्य आउनेछ हजुरको काम र आत्मबललाइ नमन्🙏🙏🙏🙏🙏❤❤
मैले आज सम्म पढेको,देखेको,सुनेको र महसुष गरेको कथा मध्ये सबैभन्दा उत्कृष्ट कथा।मलाई बिश्वास छ,वहाको सकारात्मक सोच,धैर्यता र निरन्तर प्रयासले मुर्तरूप लिनेछ।अझ म त भन्छ,बर्तमान नेपाली समाजको पलायनवादी सोच र प्रबृती प्रती एकजना सजग र राष्ट्रप्रेमी नागरीकले चालेको सकारात्मक परिवर्तनको पाइला हो। र यो पाइलामा हामीसबैको पाइला मिल्न जरूरी छ।
कार्यक्रम संचालक टिम प्रति हृदयदेखी नै आभार ब्यक्त गर्नचाहान्छु।आगामी अंकमा वहाको सफलताको कथा सुन्न र देख्न पाउ।
असफलताको समयमा पनि निडर हुने त्यो मन र एक दिन सफल हुने त्यो बिश्वासलाई मेरो हृदय देखी नमन।आउँदा दिनमा खुशी र सफलताको समाचार सुन्न र देख्न पायोस।🇳🇵
"प्रोजेक्ट , आईडिया र अनुभवलाई धितो मानिदिने कुनै एउटा बैंक त बन्नुपर्छ।" साच्चै मन छुने प्रेरणादायी कथा। भिम दाईको आत्मविश्वास , सहनशीलता , दृढताले उनि र सफलता बीचको दुरी टाढा नहोला। छिट्टै उनको सफलताको कथाको अर्को शृङ्खला हेर्न/ सुन्न पाईयोस ।
true
सही भन्नु भयो
respect
"हेर्ने कथा" हेर्दै गर्दा आँसु रोक्नै सकिन, चाडै सफलता मिलोस शुभकामना भिम सर
असाध्यै राम्रो मुटु छुने सफलताको शुभकामना
💖❤
धेरै सम्मान छ भिम सर तपाईं लाई तपाईं जस्तो आँटिलो विचारवान हिम्मतवाला व्यक्ति सफलता मा मात्र नभई असफल हुदै गर्दा पनि त्यो अनुहार को हाँसो नहराउने अटल र धैर्यशिल मान्छे तपाईं लाई भगवान ले हेर्दै हुनुहुन्छ र अझै त्यो शिखर सम्म पुग्न सहायता गर्नुहुने छ अब छिट्टै सफलताको कथा सुन्न पाईयोस सफलता को धेरै शुभकामना सर!❣️🥀🙏🙏
Huge respect bhim lutel sir n his loyal family....❤❤
"प्रोजेक्ट र आइडियालाई, अनुभवलाई धितो मानिदिने कुनै एउडा बैँक त बन्नुपर्छ। " दमदार लाग्यो दाजु को भनाइ
विचार, हिम्मत अनि धैर्यता लाई लाखौं लाख सलाम । देश फर्केर केहि गर्छु भन्ने सोचलाई थप हौसला मिल्यो ।धन्यवाद भिम जि अनि सम्पुर्ण हेर्ने कथा समुह ।
Bhim Sir the amount of positivity you have has given me hope and motivation is the most profound way that I have ever experienced. Thank you for being so humble and being such a good example of human being.
हजुरको आँट साहस र हिक्मत लाई
सम्मन हजुरको सुख का दिन र
असफलताको कथा छिट्टै परिवर्तन होस सफलता काे शुभकामना 🎉🎉🎉
भिम दाइको कथा ले भाबुक बनायो सन्चै मन छुयो,,,, मैले पनि भोगेको कुरा मेरो पनि खोर खाली छ बगुर छैन,,,,, भिम को कथा हेरे र फेरी सुरुवात गर्ने आट गरे ❤️✊️✊️✊️
आँखा वाट आँशु खसेको थाहा 😢पायन निशब्द छु दाइ हजुर को आट र सहनशीलता र संघर्ष को 😢
वास्तविकता लाई कथाको रूपमा धेरै राम्रो संग पस्किनु भयो ,बिद्याजीको यो कलालाई सादर नमन गर्दछु 🙏
तर, पुरै असफलताको पछाडि मैले एउटा ठूलो फल्ट देखेको छु जस्को कुरा बिद्याजी जस्तो देश दुनिया देखेको बुझेको मान्छेले पनि अन्तसम्म कतै गरेको पाइन , त्यो हो बिमाको कुरा । अहिले त पशुबिमा गर्ने चलन धेरै छ ,अझ त्यति ठूलो पशुपालन गर्ने अनुभवी मानिसले कथा भरी कहिकतै बिमाको जिकिर पनि गर्नुभएन ,सो बारे थाहा नहुने त कुरै भएन्। बिद्याजीले यो कुरा झिकेको भए असफलताको कथालाई शायद सफलतामा परिणत गर्न सकिन्थ्यो होला। अन्तमा दुवैजनाको मेहनतलाई सादर नमन , धन्यवाद 🙏
हिम्मत नै सफलता हाे भन्ने बुझियाे यत्रो घाटा हुदा पनि साहस गरेर अगाडि बढ्नु भयकाे छ , अगामी दिनमा सफलता मिलाेस।
हरेक सुख दुःखमा साथ दिने उहाँको श्रीमतीलाई पनि हार्दिक नमन ❤🙏🏼
ओह्हो! कत्रो उत्साहपुर्ण यात्रा, कत्रो पिडाहरु, 😢 तर कस्तो अटुट बिस्वास, कस्तो बलियो आटँ , कति गहिरो मुस्कान❤ सफलताले तपाईलाई चिन्नैपर्छ, शुभकामना ❤
मेरो धर्म भनेकै बङुरर्लाइ बचाउनु हो । निकै मार्मिक ।
भिम दाइ हार्दिक नमन 🙏... ❤ तपाईको आउने समय अझै सुखद , शान्ती र सफल रहुन भनी शुबेच्छाका गुच्छाहरुले कामना गर्दछु 🎉💐
यस्तो अवस्थामा पनि मुस्कुराएर बोल्न सक्नुहुने भिम सरको विचार, हिम्मत अनि धैर्यतालाइ उच्च सम्मान छ। फेरि अब छिटै सफल भएको हेर्न पाउ धेरै-धेरै शुभकामना भिम सर।🙏❤️
Dherai dhanyabad Bhim Kaka 🙏,hajur mero prenanako srot bannu vayo,ma ahiley 21 years vaye bachelor padhdai xu,family bata australia ,america jaau vanera pressure hunxa but mero patakkai man xaina ma yehi Nepalmai kehi garxu vanera soch thiyo r xa pani ,ab ma kasaiko kuro n-sunera euta safal byabasayi naari banxu🙏😢
भिम सरको बोल्ने शैली र उहाँको संघर्ष हिम्मतलाई कहिलै बिर्सन सक्दैनौ ।
मन दुखी भए पनि मन्द मुस्कान संगै कति गहकिला शब्दहरु सार्है मन छोयो अनि ज्ञान आयो हिम्मत नहार्नु नै सफलता पाउनु रहेछ❤❤❤❤ सलाम छ भिम सर ❤❤ छिट्टै सफलता मिलोस शुभकामना ❤❤
भिम ज्युको अांट र शाहस पर्ति नमन🙏 सफलताको धेरै धेरै शुभकामना 🥀🙏
कस्तो शान्त स्वभाव,सरल ब्याक्तित्व,मीठो बोली,सबैको भलो सोच्ने सकारात्मक सोच भयको ब्याक्ती सलाम छ भिम दाइ
छिट्टै सफलताको कथा सुन्न पाइयोस् ❤
दाईको विचार र हिम्मत अनि धैर्यता लाई लाखौं लाख सम्मान अनि नमन मेरो त आँखा बाट आँसु कति खेर आयो थाहा नै पाईन तपाईं को दुख भगवान ले चाडै बुझ्ने छन यहि कामना गर्दछु 😂😂😂💪💪💪💪💪💪👏👏👏👏
न हार्नु अडिनु हो त हाम्रो कर्म
जे छ फलदाइ मान्नु मानबिय धर्म
हो जीवन दुख सुखको भेल आउछ
एक्दिन बुझिन्छ हरेक कार्यहरुको मर्म ।
धन्यवाद ।।
अबस्य पनि एक पटक खोला सुक्यो भनी त्यो खोलाको वास्ता नगर्ने त होइन भन्ने यहाँ को साहस र आट लाई हृदय देखि सम्मान दिदै पक्कै त्यो खोला बग्छ यसरी कि सम्हाल्न गारो हुने गरि । किनकी एउटा टायर अबस्य पनि तलमाथी गर्नै पर्ने हुन्छ । हजुरको यो साहस निरन्तर यस्तै रहोस । किनकि काटिएको रुख अझ मजबुत बन्ने मौका मिल्ने छ । जय होस हजुरको र सम्मान हजुरको मुस्कान साहस सोच र क्षमताको ।।
(म आउछु एकछिन नआत्ति है..) मन छोको मिठो शब्द❤
अहिले असफलताको कथा हेर्दै गर्दा आशु थामिएन्, भोली हास्दै वहाँको सफलताको कथा हेर्ने दिन चाडै आवस । शुभकामना ।
सुख दुखको देखाउँने कथा विश्वको १ मात्र च्यानल हेर्ने कथा हो 😢❤ भगवानले दाई सबै इक्छया पुरा गरुन 🙏🏻 सारैनै भाबुक बनायो यो दृश्यले 😭😭।
Huge respect for Bhimji
And wish him a very very good wishes
The happiness days will return soon.
बिचरा मनमा चोट भए पनि मुहारमा जबरजस्ती हासो सफलता फेरी पनि मिलोस🎉🎉🎉🎉
तपाईंको हिमत र आट लाई सलाम छ भिम दाई 🙏🙏🙏👏👏👏भगवानसग यही प्रथाना छ कि तपाईंको पहिला जस्तो दिन आओस सब फ्रम मा बगुर भरी भराउ हुन सफलताको शुभकामना दाई 🙏💕❤️❤️💪💪
आशा गर्दछु कि यो कथाको शिर्षक हेर्दा मेरो जिवनकथा सग मेल खाओस। साच्चै असफलताका कथा निकै प्रेरणादायी हुन्छन सफलताका कथा भन्दा❤
यति धेरै आर्थिक,सामाजिक पिडा सहेर पनि आफ्नो कर्ममा निरन्तर लागी रहेका यी पौरखी जोडीलाई हृदय देखि नै नमन छ,आशा गरौं अध्यारो रात पछि बिहानीको किरण पक्कै पनि आउनेछ!साच्चै ....अाइडिया,सीप र मेहनत लाई धितो मान्ने कुनै बैंक त हुनुपर्छ के नेपालमा❤।
यो 36 मिनेट को भिडियोले मेरो यो 27 बर्षको पढाई र शिक्षामा भन्दा बढी पाहे आज । अजै भिम दाइ को सफल्ता हासिल गर्नु भएको हेर्न र देख्न मन छ❤❤❤❤❤(you always never fail to smile on the audience faces ❤❤❤
भिम दाइ हजुर जस्तै आत्मबल भएका ले नै सन्सार जित्न्ने छ्न खुसी लाग्यो हजुर संगै रोए😢 नै अनि हजुर संगै मुस्कुराए अनि मन भरि सकारात्मक उर्जा लिएर अगिबढे 🎉🎉❤
महाभारतको भिम हो तपाईं !हिम्मत हार्ने संभावना १% पनि देखिन!!
मेरो जिल्ला (वालिङ)को कथा रैछ । भिम जि को आँट, साहस र धैर्यलाई सलाम छ ।
Aasu nikalne talent herne katha ko
Hey vagwan uhA Ko byaparr ekdam ramro hoss🙏🏽🙏🏽🙏🏽❤️
"ढाक्नु पर्छ, घाउ सन्चो हुन्छ" मन छोयो । 🙏🙏❤❤❤
यि दाजुले एक दिन त इतिहास रचेरै छाड्ने छन् र रचुन पनि आँट र हिम्मत कहिलेे नहारेकाे मान्छे ले दुख पाए नि एक दिन राम्रो हुनेछ 🙏🙏
Touched me at 11:00 " Ghauu Dhaknu parcha, Malhamm lagaudaiixamm. Nikko Hunxa". Salute
innocent बोली सरल ब्याबहार अनि श्रीमती को साथ फेरि आउने छ दिन दाजु तपाइको धैर्यता उदाहरणिय बन्ने छ।
यो दाजु को हिमत र सहनशीलता लाई म सलाम गर्छु 🙏🙏🙏🙏🙏
आँखा झिमिक्क नगरी हेरियो,उहाँको हिम्मत देखेर नतमस्तक भए,उहाँको शाहसले धेरै असफल ब्यवसायिहरु प्रेम आचार्य बन्न हुदैन भन्ने ठूलो प्रेरणा दिएको छ।धन्यवाद बिद्याजी🙏
एक्दम मन मा पिडा छ भने धेरै हसो लग्छ भन्थे हो रैछ चिन्त्ता हराउनने दुईचारदिन रुन हुन्थ्यो खुशीभयको ठाउमा पुग्ने भए दौडेर पुग्न हुन्थ्यो सुखको दिन पनि आउला समय अगाडी केही पैदैन
A real Karmayogi, Government should hear him.
अब आउने केहि समयमा सफलताको कथा बनेर पक्कै आउँछ । दाजु अग्रिम शुभकामना ❤
हामी हेर्न लाई आतुर छौं ❤❤❤❤भगबान पशुपतिनाथ ले सबै को कल्याण गरून् ❤❤
Jay shambhu
जिन्दगीमा कम्तिमा पनि यतिको साथ सहयोग र साहस दिने श्रीमती हुनु पर्दछ तब मात्र हाँसी हाँसी असफलतालाई पनि स्वीकार गर्न सकिन्छ, भीम लुईटेल सर र उहाँकी अर्धाङ्गिनी ज्यूलाई सलाम 🙏🙏 !!
what a interview ,my live is changed when i see this vedio
भिम दाजु हजुर के खानु हुन्छ .. र यति धेरै आट सहास अएको .. छिटै हजुर को सफलता को कथा सुन्न र देख्न पाइयोस शुभकामना ❤
चोट हो दुख्छ,
घाउ हो बल्झिन्छ
हजारौं हार किन नहोस सफलताको शिखर अवश्य चुमिन्छ। respest❤
"प्रोजेक्ट आइडिया र अनुभवलाई धितो मानीदीने कुनै एउटा बैक बन्नुपर्छ है" Words ❤❤
कथाको अर्को भागमा तपाईं सफलता भएको हेर्नपाँउ शुभकामना छ । You are a source of inspiration Bhim dai
कत्रो आट, कति शाहास, कति बलियो मुटु । सलाम छ त्यो दरिलो हिम्मतलाई🙏🙏