डाक्टर गाउँको कथा | Doctor Gaun ko Katha | Herne Katha EP78 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 1,9 тыс.

  • @hernekatha
    @hernekatha  2 года назад +206

    सँधै झैं यसपालिको कथा पनि मन पराइदिनुभएकोमा धेरै धन्यवाद । तपाईंका प्रतिक्रियाले हामीलाई उर्जा दिन्छन् । धेरै जनाले कथा हेरे पनि च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सिनुहुन्छ । कृपया हाम्रो च्यानल Subscribe गर्नु ल 🙏🏽

    • @roshitarai621
      @roshitarai621 2 года назад +2

      Euta skitxit gao🙏👍

    • @sabitritamang8087
      @sabitritamang8087 2 года назад +2

      बिद्या दिदी कहाँ जानू भयो वाहा हुनुभाको भए अझ सुनमा सुघन्ध हुन्थ्यो ।आज भोलि किन नदेखिनु भाको होला

    • @KamleshKumar-jz5hy
      @KamleshKumar-jz5hy 2 года назад +3

      Didi hjr malai episode 12 ko aklo katha part 2 herna man lageko xa plz banaunu na ahile tyo sano bhai ko sag xan plz di🙏🙏🙏🙏😘

    • @madanbhujel6774
      @madanbhujel6774 2 года назад +3

      Opportunities po no other opo

    • @ashkumarrai8448
      @ashkumarrai8448 2 года назад

      ghlm

  • @rachitdevkota8742
    @rachitdevkota8742 2 года назад +566

    गाऊले पाखे भन्नेहरुको लागी
    मिठो सत्यता!!
    सम्पुर्ण हेर्ने कथा परिवार सँगै डॉक्टर गाऊ अनी तेस गाऊका पौरखी बुवा आमा लाई हृदय बाटै प्रणाम 🙏

    • @mohniraula
      @mohniraula 2 года назад

      Sahi ho they know the value of life ❤

    • @shantiad567
      @shantiad567 2 года назад +2

      sahi vannu vayo manxe sahar hos ya gaau hos usko bebahar ani soch nai ghatiya xa vane tehinai pakhe 🙏🙏

    • @rachitdevkota8742
      @rachitdevkota8742 2 года назад

      @@shantiad567 😊💕

    • @punyaprasadjaishi5294
      @punyaprasadjaishi5294 2 года назад

      @@ramkalagurung1863 @

    • @sumancentury
      @sumancentury 2 года назад

      Exactly..

  • @yameshlimbu
    @yameshlimbu 2 года назад +48

    धोती भन्ने हाम्रो पहाडिया साथीहरुलाई दरो झापड डाक्टर गाँउको कथा ।

  • @nareshkafle1896
    @nareshkafle1896 2 года назад +428

    वाह वाह वाह असली ईमानदारी र मेहनती नेपाली हाे भने उहाँहरु हाे भनेर भन्न मन लाग्याे सलाम छ उहाँहरु सम्पूर्ण महान ब्याक्तित्वहरुलाई ✊✊✊🙏🙏🙏

    • @sanjumagar1469
      @sanjumagar1469 2 года назад +2

      @

    • @kamana781
      @kamana781 2 года назад +2

      Feeling proud that we have such people around who motivates us.

    • @Tanuja_karki
      @Tanuja_karki 2 года назад

      Ksto inspiring hauu bafray❤️

  • @krissna11
    @krissna11 2 года назад +287

    जुन हस्पिटल गय नि डक्टर भेटिन्छन, अनौटो भएन 😊जुन घर जादा नि डक्टर भेटिदा चाइ अचम्मै लाग्यो❤️❤️😊😊

  • @rupeshkumarsah1416
    @rupeshkumarsah1416 2 года назад +55

    स्मार्ट सिटी हैन स्मार्ट गाउँ बनाउनु पर्छ भन्ने सोचले आगाडी बढेको यो गाउँ आतंत्य नै सुन्दर छ ।।।

  • @AkhileshYadav-kg2km
    @AkhileshYadav-kg2km 2 года назад +10

    तराई मा( यादव) हरु काे छबि कुस्ती खेलाडी पहालवन दाबङ्ग गुंड मा पहिला हुन्थ्यो अहिले तराई मा सबैभन्दा शिक्षित बर्ग जागीरे मा यादव नै छन् खुशी लाग्यो

  • @amity.dav9
    @amity.dav9 2 года назад +200

    मोरङ जिल्ला ,बुढीगंगा गाउँपालिका वडा नं १ टंकीसिनवारी(यादव टोल)मा रहेका डाक्टरहरू तथा अन्य सेवाहरुमा संलग्न रहेका व्यक्ति हरूको सामान्य जानकारी:-
    डाक्टरहरू:-
    १.मेजर डा.विनीता यादव (MD). पिता: महेश्वर यादव (प्राध्यापक)
    २.डा.सुमन यादव (MBBS). पिता: महेश्वर यादव (प्राध्यापक)
    ३.डा.दिपेश यादव (MBBS). पिता: राजेन्द्र प्र.यादव(शिक्षक)
    ४.डा.कुन्दन यादव(vet.). पिता: गणेश यादव
    ५.डा.अमित यादव (BDS).पिता: दिलीप यादव ६.डा.बावुनन्दन यादव (MBBS). पिता: शम्भु प्र.यादव
    ७.डा.सुजन यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव
    ८.डा.रितेश यादव (MBBS अध्ययनरत). पिता: शम्भु प्र.यादव
    ९.डा.सरोज यादव (MBBS). पिता: योगेन्द्र यादव
    १०.डा.सुदर्शन यादव( MBBS). पिता: राजेन्द्र यादव
    ११.डा.राहुल यादव (MBBSअध्ययनरत). पिता: उपेन्द्र यादव
    १२.डा.आरती शर्मा (MBBS) . पिता: अशोक शर्मा
    १३.डा.विवेक शर्मा (MBBS अध्ययनरत). पिता: अशोक शर्मा
    १४.डा. प्रभाकर यादव (MD). पिता: भुवनेश्वर यादव
    १५.डा.मुकेश यादव (MD). पिता: महेश्वर यादव (मेनेजर)
    १६.डा.सविता यादव(MD). ससुरा: महेश्वर यादव
    ( मेनेजर)
    १७.डा.स्नेहा यादव (MBBSअध्ययनरत). पिता: सदानन्द यादव
    १८.डा.सुवोध यादव (MBBS). पिता:स्व. कुलेश्वर यादव
    १९.डा.राजेश यादव (MD). पिता: बाबु प्र.यादव
    २०.डा.रमेश यादव (MD). पिता: बाबु प्र.यादव
    २१.डा.अनिल यादव (MD). पिता: बाबु प्र.यादव
    २२.डा.शितल प्र.यादव(MD). पिता:स्व.बुधन दास यादव
    २३.डा.शुशिल यादव (MBBS)पिता:डा.शितल प्र.यादव
    २४.डा.निता यादव (MD). ससुरा:डा.शितल प्र.यादव
    २५.डा.सुनिल यादव(MS). पिता:डा.शितल प्र.यादव
    २६.डा.भानु प्रिया यादव(.MD). ससुरा:डा.शितल प्र.यादव
    माथि उल्लेखित डाक्टरहरू बाहेक निम्न लिखित क्षेत्रमा
    पनि यस टोलका व्यक्तिहरू संलग्न रहेका छन्:-
    १. प्राध्यापक ४ जना
    २.भाइरोलोजिस्ट(PhD)१जना
    ३.BMLTगरेका Lab.Technician ३जना
    ४.Microbiology(Bachelor lab.technician,) १जना
    ५. Optimistic (आँखामा Bachelor) गरेका २जना
    ६.Radiography (Bachelor) १जना
    ७.B.Sc.Nursing ६जना
    ८.Engineerहरू ८जना
    ९. शिक्षकहरु ८जना
    १०. CA. गर्ने ३जना
    ११.बैंङ्किङ सेवामा ४जना
    १२. नेपाल प्रहरीमा २जना
    १३.शस्तर प्रहरीमा २जना
    १४.नपाली सेनामा ४जना
    १५.विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरमा करिब १०जना
    १६.MPH,BPH तथा H A, गरेका स्वास्थ्यकर्मीहरू ३जना
    यसरी सरसर्ती हेर्दा यस यादव टोलमा विभिन्न प्रकारका शैक्षिक योग्यता हासिल गरी फरक -फरक सेवामा संलग्न रहे पनि डाक्टरहरू को संख्या बढी रहेकोले डाक्टर टोल भन्न सकिन्छ। बिगतमा १५-१७ परिवार रहेका यस टोलमा दाजुभाइहरू छुट्टिएर हाल ६०-६२ परिवार बनेका छन्। बिगत देखि हालसम्म यस टोलका अधिकांश मानिसहरू कृषि कार्यमा नै संलग्न छन्।
    यस यादव टोललाई यस्तो फुल्ने फल्ने गरी ढकमक्क बनाउन रगत पसिना बगाएका हाम्रा दिवंगत भएका निम्न लिखित आफन्तहरूलाई संझना गर्दै श्रध्दाञ्जली अर्पण गर्दछु।
    १.स्व.रामजी यादव (हजुर बुवा)
    २..स्व. प्रेम दास यादव
    ३..स्व.बुधन दास यादव
    ४.स्व.कुमर लाल यादव
    ५.स्व.बासुदेव यादव (बुवा)
    ६.स्व.छठु यादव
    ७..स्व.जुगे यादव
    ७.स्व.मुसहरू यादव
    ८.स्व.गरीव दास यादव
    ९.स्व.अगम यादव
    १०.स्व.मुंगा लाल यादव
    ११.स्व.राम नारायण यादव
    १२.स्व.विदेसी यादव
    १३.स्व.बौकु यादव
    १४.स्व. श्रीकान्त यादव
    १५.स्व.वैजनाथ ठाकुर
    १६.स्व.राजे ठाकुर
    १७.स्व.कुलेश्वर यादव
    १८.स्व. मलिन ठाकुर
    १९.स्व.तिरपित ठाकुर
    २०.स्व.कुसम लाल यादव
    उपर्युक्त दिवंगत आफन्तको साथै हाम्रा दिवंगत आमा- हजुरआमा
    हरू मा पनि श्रध्दाञ्जली अर्पण गर्दछु।
    - : महेश्वर यादव (प्राध्यापक):-

    • @barshasapkota5396
      @barshasapkota5396 2 года назад +8

      Vai kasto khusi laagyo aafnu chineko gau thau ko kura haru sunda.. ❤

    • @amity.dav9
      @amity.dav9 2 года назад +1

      @@barshasapkota5396 ❤️😍❤️

    • @prempun528
      @prempun528 2 года назад +4

      अर्काको रेकर्ड राख्न भन्दापनि आफ्नो नानीाबुहरुलाई सोही सरह बनाउन तिर लाग्नु ठिक

    • @prempun528
      @prempun528 2 года назад +2

      छोरी खोई ?

    • @lokenlumbu3083
      @lokenlumbu3083 2 года назад +2

      धेरै धेरै धन्यवाद हजुरलाई जान्कारिको लागि

  • @Onelife55555
    @Onelife55555 2 года назад +140

    हेर्ने कथाले मलाई हेर्दा हेर्दै जिउन सिकायो यस अघिको बौवा दाजुको कथा र आजको यो डाक्टर गाउँको कथाले संसारमा खोज्यो भने स्वर्ग पनि यही भेटिन्छ भन्ने विश्वास दिलायो 💖

  • @helpful1990
    @helpful1990 Год назад +2

    यो कार्यक्रम अती राम्रो लाग्यो र मदेशी समुदाय मा यति शिक्षित र यति राम्रो नेपाली बोल्नी र राम्रा विचार भएका मान्छे यहि कार्यक्रम मार्फत देख्न पाए खुशी लाग्यो र सबै मदेशी समुदाय ले एस्तै सोच राख्नु भयो भने नेपाल अर्कै दिशा तिर जान्छ

  • @tilakpaudel7584
    @tilakpaudel7584 2 года назад +293

    आजको हेर्नेकथा अन्तरगत डाक्टर गाँउको कथा हेर्दै गर्दा निकै प्रभावित भएको छु ! मनमा ईख भए असम्भव भन्ने केही हुँदोरहेनछ ! सलाम छ ती गाँउबासिहरूलाई अनि हार्दिक नमन छ हेर्नेकथा परिवारलाई !

    • @rnugcee
      @rnugcee 2 года назад

      हेर्ने कथा हेरि सके पछि आफू मा पनि केही गर्ने आट आयो

    • @invented2222
      @invented2222 2 года назад

      Sixit jindagiko Aadhar gyan hunu parxa. Ekh hoina. Yo video le negative Sandesh Dina sakxa. Sabdhan. Aatma nirbhar banau. Sixit berojgar hoina

    • @Shital045
      @Shital045 2 года назад

      सही भन्नु भयो बस् मन देखि इच्छा राख्नु पर्छ नसक्ने केही हुँदैन☝️👏♥️

    • @amlalsapkota9566
      @amlalsapkota9566 2 года назад

      Dherai khusi lagyao

  • @buddhiprasadneupane7180
    @buddhiprasadneupane7180 2 года назад +4

    वाह गर्व लाग्यो सानो नेपाली नमुना गाउँ प्रति

  • @sushmitabasnet919
    @sushmitabasnet919 2 года назад +370

    When people from city and town are abroad for study this village is making history 👏

    • @RahulSingh-tq3tw
      @RahulSingh-tq3tw 2 года назад +2

      absolutely 🇳🇵🇳🇵

    • @kamana781
      @kamana781 2 года назад +1

      Right💜👍

    • @tekbam4176
      @tekbam4176 2 года назад +1

      well, it is still due to pressurised by families, isn't it? The thing is doctor Pesa hoina Sewa ho edi teo bhawaa xaina manxey ma xainan bhaney it does not matter. Bujhnu bho Susmita ji

    • @sushmitabasnet919
      @sushmitabasnet919 2 года назад

      Tek bam I thought u understand me wrong I don’t think family pressurised for anything but I understand every one do have situation. Oh ok so doctor is just about sewa then nobody gonna spend lakhs over there i do know it’s kinda thing came from heart to help but it’s also making own-self standard and professional. I thought u better understand

    • @tekbam4176
      @tekbam4176 2 года назад +1

      ​@@sushmitabasnet919 Well I think they pressurised, but I left the comment in the first place is due to your irrelevant comparison. No reason to compare between who wants to go abroad and who wants to be a doctor, that is totally different choices and none of these above the other as a matter of fact.
      My gist was, it is a profession where a person needs compassion and empathy, if the primary motive is to become rich from this profession it will cause more harm than good because the person might end up praying on the patients who are already in the miserable condition. So the answer to the question, self-standard and professional, being empathetic and caring nature is the most. otherwise, it is just being a gangster with a white coat and a certificate. I hope you understood what I am trying to say.

  • @thakurpoudel2956
    @thakurpoudel2956 2 месяца назад +2

    गाउले भने पछि कोर्के अँखा लगाउने नाक खुम्च्याउने मानिसहरुको लागि दरो झापड यो ,यस्तो खाल को अभियान चलाएर दुनियाँ लाई छर्लङ्ग तस्बिर देखाउने काम गर्नु हुने बिध्या जि र कमल कुमार जि लाई धेरै धेरै बधाई !!!!

  • @सुलिन्दरयादव
    @सुलिन्दरयादव 2 года назад +56

    आज साच्चिकै गर्व लागिरहेको छ । यादव गाउँ को कथा देखेर हाम्रो यादव समुदाय को सान हो र देश को सान 🙏🙏🙏

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 2 года назад +3

    जतिसुकै दुख भएनी पनि छोराछोरी लाई शिक्षित बनाउनु पर्छ भन्ने यो गाउँको मानिसको सोच महान छ। एकदम शिक्षित गाउँ रहेछ।❤️❤️❤️

  • @sirjanamarsangimagar7322
    @sirjanamarsangimagar7322 2 года назад +12

    "उसलाई पछी गएर त्यो जग्गा दिनु भन्दा पहिला त्यही जग्गा बेचेरनै उसलाई पढाउनु ठिक" वाह कती राम्रो सोच !!🌹❤️

  • @bhupendrarawal5363
    @bhupendrarawal5363 2 года назад +3

    हिर्दय देखि नै नमन पौरखि मिहिनेती गाउ गाउले हरु प्रति ❤️❤️🙏🙏

  • @neeradahal2680
    @neeradahal2680 2 года назад +121

    खुसी लाग्यो नेपालको एउटा् गाउँ यस्तो पनि रहेछ 🌹🌹

  • @KrishnaSingh83
    @KrishnaSingh83 2 года назад +2

    यस भागबाट कम से कम सम्पूर्ण नेपालीले नेपालमा यस्ता मधेसी (तथाकथित “धोती”) पनि छन् भन्ने कुरा बुझ्न र बाँकी सम्पूर्ण मधेसीले शिक्षा, लैंगिक समानता जस्ता अनेक कुरा बारे प्रेरणा लिन आवश्यक छ। “हेर्ने कथा” टिमलाई सादर धन्यवाद! 🙏

  • @remeshremesh478
    @remeshremesh478 2 года назад +78

    हेर्ने कथा आउदा त पहिला दसै मा मासु भात अनि नयाँ लुगा लाएर रमाको याद आउछ ल ल म पनि पर्खी बसे को छु ।।बिध्या दिदी को बुलान आवाज सुनु हतार छ।।।

  • @kshitisbaral7159
    @kshitisbaral7159 2 года назад +8

    हुन त सबै नेपाली हौं, पारीपट्टी पहाडीले जग्गा प्लटिङ गर्ने गर्दछन्, हामी यादव हरु पसिना यहि माटोमा सिञ्चित 🙏🙏
    कति सरल र गहन विश्लेषण

    • @satishmandal819
      @satishmandal819 2 года назад

      we r not a nepali we r madheshi..love from the land of madheshi ,madhesh pradesh

  • @kritikapanta8280
    @kritikapanta8280 2 года назад +41

    सलाम छ हेर्ने कथा टिमलाई 🙏❤️
    Dr सितल यादव जी लाई म पनि चिन्छु, म नेपाल 🇳🇵 हुदा वहां संग उपचार गराएको हो मैले बिराटनगर मा ।
    यति शिक्षित मेरो देश प्रति गर्व छ मलाई 🙏💗

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 года назад +2

    आहा यो हो नी कथा
    हेर्ने कथा मा वास्तविक कानी र जीवन को भोगाइ यातर्था सुन्न र देख्न पाइन्छ
    यो कथा ले धेरै शिक्षा को gaan दिन्छ
    मोरङ जिल्ला को गौरव नै रैछ र नेपाल को शिक्षित जिल्ला रैछ जा हेर्यो तै डाक्टर इन्जिनिर बैंक मिनिजार आहा सारै नै लोभ लाग्दो बस्ती रैछ

  • @ramrijal2516
    @ramrijal2516 2 года назад +32

    मान्छेले भन्छन् मधेसी?पहाडी,हिमाली मुर्खले भन्ने हो.हिमाल,पहाड,तराई कोहि छैन पराइ.हेर्ने कथाले सम्पुर्णलाई जोदेको छ नमन्🙏यस्तो सिछित गाउँ वा 👏👏👏❤️धेरै खुशी लाग्यो.कस्तो राम्रो सोच.

  • @shovaneupane4887
    @shovaneupane4887 2 года назад +3

    यस्तो गाऊमा जन्म लिएको भए आफुले आफैलाई कति भाग्यमानी ठान्थिए ❤️🥰 कति राम्रो परिवार समाज ☺️

  • @dineshrai9473
    @dineshrai9473 2 года назад +43

    हेर्ने कथा ले धेरै ज्ञान सन्देश दिदैछ यो डाक्टर गाउँको एपिसोड हेरेर आफ्नै देशमा बसेर जागिर खाएर आनन्द सँगले बस्नुको लागि एउटा उत्प्रेरणा दियो सबै टिमलाई नमन् 🙏♥️♥️♥️

  • @chandrachetu159
    @chandrachetu159 2 года назад +4

    हेर्ने कथाको bigfan कुनै episod छूटाएको छैन । यो हेर्नुको छुट्टै मज्जा छ । thankyou bc team🙏🥰

  • @pradiprana5896
    @pradiprana5896 2 года назад +44

    वाह कति सकारात्मक सोच हो यो गाउँका मान्छेहरुको ।सबैको यस्तै सोच भए देश परिवर्तन हुन कत्ती बेर लाग्दैन ।

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 Год назад +2

    अति शुन्दर गाउँ टङकि शुनुवारि यादब ाउ हाम्राे नजिक भऐर पनि नपुगेकाे ठाउँ धन्य हाे छिमेकि गाउलाई सलुट छ

  • @mausamitamang17
    @mausamitamang17 2 года назад +41

    कस्तो राम्रो कथा ल्याउनु भएछ धेरै धन्यवाद सम्पुर्ण टिमलाई। 80 घरमा 28 जान डाक्टर आह कति राम्रो। अब बिस्तारै छोरिलाई दाइजो दिने र बुहारीको दाइजो लिने चलन पनि छोड्न सकिए झनै राम्रो हुन्थ्यो।

    • @mohniraula
      @mohniraula 2 года назад

      I'm waiting for this comment ❤🥰

    • @4k5yarki29
      @4k5yarki29 2 года назад

      देशकै नमुना गाउ आहा कस्तो राम्रो ❤️ सोच

  • @Hoom-g5h
    @Hoom-g5h 2 месяца назад +1

    धेरै राम्रो सोचाई भएको गाउँ ।।। आफ्नो बाल बच्चा को शिक्षा को लागि जोडदार मेहेनत गरेर त्यो ठाउमा पुर्याउने अभिबावक लाई सलाम।

  • @Dr.surgitube
    @Dr.surgitube 2 года назад +45

    एकदम खुशी लाग्यो यो शृङ्खला हेर्दा... म पनि तराई पढेको..ह्रिदयमा मोरङ प्रतिको माया जोडिएको छ .. राजेश दाइलाई 21:00 देख्दा झन खुसी लग्यो 🙏❤️

  • @debendragc2847
    @debendragc2847 2 года назад +4

    उदाहरणीय गाउँ। विद्या दिदीको मेहनत लाई सल्युट ।।।

  • @rjunmagar3987
    @rjunmagar3987 2 года назад +32

    हेर्ने कथा हेर्न थालेपछी त यस्तो लाग्छ 2/4 घन्टा लामो होस हेरि रहु जस्तो 30/35 मिनेट त लाग्छ 5/10 मीनेट जस्तो ! आउदै गरेको होलि को सुभकामना बिध्या दिदि अनि हेर्ने कथा टिम लाई 🙏🙏

  • @sanjaynewar9590
    @sanjaynewar9590 Год назад +1

    Waw sachikai Man chhoyo Kathale ....Katti ramro Socha🙏🙏🙏🙏🙏👍❤️❤️🙏

  • @dbtextil
    @dbtextil 2 года назад +16

    धेरै युटुब पत्रकारहरुले पत्रकारिताको अर्थ मा नै दाग लगाइरहेका बेला खोज पत्रकारिता को उत्कृष्ट उदाहरण हुन बिद्या दिदि।
    उहाँ र क्यामरा पछाडी रहने उन्का सहकर्मी मित्र सबै को काम प्रति सलाम छ।❤️❤️❤️❤️❤️

  • @yadavbraham15
    @yadavbraham15 2 года назад +23

    Getting proud to be in being part of the village TankiSinwari-3 (Yadav Tol)

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 года назад +61

    अकल्पनीय, आश्चारीचाकित पार्ने गाउँ को कथा. प्रेरणादायी अंक. कथा टीम लाई साधुवाद. विद्या धनम् सर्व धनम् प्रधनम्. नागपुर 🇮🇳🇮🇳🇮🇳बाट❤❤❤

  • @ajayyadav24134
    @ajayyadav24134 Год назад +5

    Proud to be Yadav tole first priority for the education

  • @kabitaale4076
    @kabitaale4076 2 года назад +28

    मिहिनेत गरे असम्भव केही छैन 🤗🤗🤗
    देश कै एक नमुना गाउँ❣️❣️
    Very inspiration ....

  • @rinapun3358
    @rinapun3358 2 года назад +1

    मनमा ईख र साहस भएपनि जुनसुकै sector पनि पढ्न सजिलैसग सकिन्छ ।कति राम्रोसँग बुझ्ने शिक्षित गाउँ आजको हेर्न कथामा यो episode हेर्न पाउदा धेरै खुशी लाग्यो ।

  • @हेल्दिलिभिङनेपाल

    हामी नेपाली हाम्रो देश नेपाल ।जय देश जय हेर्ने कथा ।

  • @saagarkarki87
    @saagarkarki87 2 года назад +3

    Herne katha is been always close to me.... thanks for showing us such powerful amazing and wonderful stories.... "डाक्टर भनेको VIP होइन simple र सरल हुनुपर्छ भन्ने सन्देश पाये "🙂🙂🙂😊

  • @nawarajAP
    @nawarajAP 2 года назад +19

    खै किन हो? किन? तराई/मधेसका कथाहरुसँग अन्यत्रका कथाभन्दा पनि झन् जोडिएको महसुस हुन्छ । नेताहरुका कुरा सुनेर पहाडीले मधेसीको बारेमा र मधेसीले पहाडीको बारेमा गलत धारणा नबनाउनुहोला, बुबाले भनेझैँ हामी सबै नेपाली हौ, नेपालीहरुविचको एकता र सद्भाव अक्षुण्ण रहोस् ।
    | दार्चुलाबाट सबैलाई नमस्कार, हेर्ने कथालाई आगामी यात्राको शुभकामना | ❤️🇳🇵

  • @geetasharma8877
    @geetasharma8877 Год назад +1

    आहा ! कति राम्रो समाज ,कति उत्कृष्ट साेच ,बिचार ,एकता ❤🎉

  • @thaneshwarnyaupane716
    @thaneshwarnyaupane716 2 года назад +47

    म त पर्खाईमा छु हजुर जे सोचेको थिए डक्टर गाउकोकथा त् हेर्न हतार छु जय होस्💐

  • @psmalasi1619
    @psmalasi1619 2 года назад +1

    क्या गजबको गाउॅं अनि त्यहा बसोबास अभिभाबहरुको सामान्य रहनसहन र शिक्षा प्रतिको ठुलो बिचार प्रति सम्मान छ। खोज पत्रकारिताको उत्कृष्ट उदाहरण हेर्ने कथा परिवारलाई हृदय देखि नै नमन । हेर्ने कथाको प्रेत्यक एपिसोडले प्रेरणाको स्रोत बनेर निकै प्रभावित पार्ने गर्दछ ।

  • @हेल्दिलिभिङनेपाल

    डाक्टर गाउँको कथा ले राम्रो सन्देश अवस्य दिनेछ आभारी छौ।

  • @sangitarai5809
    @sangitarai5809 2 года назад +1

    साक्चै नेपाल भित्रको नमुना अनि सुन्दर गाउँ यादव (डाक्टर) गाउँ हामी नेपाली सबैको यस्तै बिचार हुनुपर्छ ।

  • @apnmithila
    @apnmithila 2 года назад +85

    घर फुसको भए पनि पूरा गाउ डक्टर वाह बधाई 💐💐💐

    • @clashnepal752
      @clashnepal752 2 года назад

      मैथली भोजपुरी मा फुस भन्छ हो भुस लाई सोल्टी?

    • @sunilkapari5782
      @sunilkapari5782 2 года назад

      @@clashnepal752 फुस भनेको माट्को घर हो सोल्टि

  • @sandhyanepal4735
    @sandhyanepal4735 2 года назад +3

    कति सुन्दर गाउँ कति प्यारा मानिसहरु ।स्वर्ग भनेको यहि हो।सलाम्😊🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bla_star
    @bla_star 2 года назад +107

    What a educated village.💜💜
    Perfect example of Simple living high thinking.
    Every episode gives us different vibes and different abilities of thinking💜
    So inspiration video 📸
    Bidhya Chapagain
    Herne Katha

  • @theviking7143
    @theviking7143 2 года назад +19

    This can be said as the best example of "simple living high thinking".
    Loved it ❤️

  • @nepalbhakthca
    @nepalbhakthca 2 года назад +44

    "Yadav" Toll now became Doctor Toll..Power of farmer❤️❤️❤️

  • @dawalama3910
    @dawalama3910 2 года назад +3

    शिक्षाको महत्त्व बुझेको गाउँ अनि गाउको बासिन्दा हामी आठ पढ्नुपर्छ indian army us army भन्दै कुद्न सुरु गर्छौ अन्तमा अरुको गुलामी गर्नु बाहेक केही हुदैन

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 года назад +23

    ए आम्मा हो बिश्वासै नलाग्ने कति शिछित गाँउ🙏

  • @shravankumaryadav9646
    @shravankumaryadav9646 2 года назад +12

    Salute To The Villagers They're Really Inspiration For All Who Do not know The Value Of Education

  • @Iq_gk_reasoning_Tricks_psc_tsc
    @Iq_gk_reasoning_Tricks_psc_tsc 2 года назад +18

    बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ

  • @dadiram7563
    @dadiram7563 2 года назад

    असली मेहनेती र इमान्दारी नेपाली गाउँ अनि डाक्टर हरु प्रति सलाम छ यहाँ हरु बाट केहि सिक्नु पर्छ अरु गाउँ टोल बाशी हरुले

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 2 года назад +6

    असली नेपाली इनीहरु हुन जो आफ्नो बाल बच्चा लाई डाक्टर इन्जियर बनाएर नमुना गाव बनायो सलाम छ ई सबै परिवार लाई ।

  • @rajukunwar4878
    @rajukunwar4878 2 года назад +1

    कस्तो सुन्दर यथार्थ !
    नेपालको भूगोलभित्र यस्तो राम्रो सोचाइ भएका समुदाय पनि रहेछन् । पत्ताउन नै गाह्रो लाग्ने !
    धन्यवाद सम्पुर्णमा यो कार्यक्रम लागी 🙏

  • @NirajanParajuli
    @NirajanParajuli 2 года назад +19

    आहा । कस्तो राम्रो गाउ रहेछ । 😍😍😍🥰 घर घर मा डाक्टर नर्स इन्जिनियर उत्पादन गरेको गाउ रहेछ । दाइजो प्रथा लाइ प्रश्रय दियियो भने निक्कै दुखद हुनेछ । दाइजो प्रथा को अन्त्य होस् ।

  • @kamaldhakal579
    @kamaldhakal579 2 года назад +1

    ओहो क्या राम्रो शिक्षाले भरिपुर्ण भएको गाउँ सबैको उद्देश्य एउटै जस्तो !! हाम्रो ठाउमा पनि सबैको उद्देश्य एउटै जस्तो छ तर dr गाउको भन्दा धेरै फरक !! त्यो हो पढ्नेहरु या नपढेका सबै बिदेश जाने !! 80% घरमा बिदेश गएका लाहुरे छन घरमा बुढा पाका आइमाई केटाकेटी

  • @abiraldahal9988
    @abiraldahal9988 2 года назад +90

    I am also currently preparing for MBBS entrance. This motivated me a lot 💟

  • @tamangmilan3086
    @tamangmilan3086 2 года назад +1

    हजुरहरुलाई धेरैधेरै धन्यवाद 1 प्रेरणादायी कथा प्रस्तुत गर्नुभएकोमा यसरी नै अबको दिनहरुमा पनि यस्तै कथा बस्तु हरु प्रस्तुत गर्नुहोला

  • @nareshsaud6855
    @nareshsaud6855 2 года назад +16

    भौतारिदा भौतारिदा थाकेको महसुस भएको बेला हेर्ने कथा ले आनन्दित बनाईदिन्छ। मेरो सन्तुष्ट हुने र खुशी खोज्ने माध्यम बनेको छ हेर्ने कथा💗

  • @humbhadursunar2863
    @humbhadursunar2863 2 года назад +1

    Herne katha ma Rash behariko doctor gau sarai ramro .Sifaris ra bhansun hoina mihinat lay manis safal baninxa.yo euta missal,herne katha ko sampurna team lai dhanyewad.

  • @true-liberal2002
    @true-liberal2002 2 года назад +94

    Damn! really impressed to see this farmers and parents working this hard to educate their sons, daughters and even daughter in laws.

  • @smikhanal9284
    @smikhanal9284 2 года назад +1

    truly an inspirational village👏 आफ्नै देश मा येस्तो राम्रो शिक्षित मात्र हैन सभ्य गाउँ रहेछ। यो कथा हेरेर यकदमै खुसी लाग्यो😍 सादा जीवन उच्च बिचार को ज्वलन्त उदाहरण।

  • @loknathbhusal8819
    @loknathbhusal8819 2 года назад +81

    Well-known about the value of education
    Whole villagers are respected
    Inspirable for all.. thanks to all team..

  • @Sana20215
    @Sana20215 2 года назад +13

    Really, such an inspirational and aspiring community. Commendable how the parents regardless their profession, they gave so much priority to the education of their children and supported them financially too despite all the odds.

  • @sachinsaud4988
    @sachinsaud4988 2 года назад +65

    Appreciate the courage to say "Bank Manager"among doctors and engineers!!!

    • @mrkarn4506
      @mrkarn4506 2 года назад +6

      Also the one studying CA 🔥😂

    • @Ounikmanche
      @Ounikmanche 2 года назад +2

      Ya you noticed well✌️

  • @jnbhattarai7175
    @jnbhattarai7175 2 года назад +2

    शीक्षाको स्तर र जीवन शैली को स्तर एकदम मनपर्यो , हेर्ने कथा हैन हेर्नैपर्ने कथा रैछ ❤️

  • @nuridai_74
    @nuridai_74 2 года назад +5

    विदेशमा छु, स्वदेसका विभिन्न भुभागमा बसोबास गर्ने मान्छेहरुको कथा वस्तु हेर्दा आफैलाई लाग्छ यो सब ठाउ आफै भ्रमण गरौ तर पनि सम्भव छैन, हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद !

  • @ganeshkhatri8949
    @ganeshkhatri8949 Год назад

    वाह ! कस्तो अध्ययशील ठाउँ रहेछ।शिक्षित मानसिकताले भरिपुर्ण ठाउँ।यस्तै गाउँ देशभरी भैदिए कति राम्रो हुन्थ्यो होला।

  • @ravindhakal
    @ravindhakal 2 года назад +26

    हेर्दै छु! आहा! कस्तो उत्साह! कति मेहनति 🙏💚
    हार्दिक नमन यो शिक्षित समाजलाई 🙏🙏

  • @dineshkanchha3606
    @dineshkanchha3606 2 года назад +1

    आफ्नो सन्तानको लागि जग्गा जमिन बेचेर भएपनि शिक्षा दिने अभिभावक अनि शिक्षित हुने सम्पूर्ण बिद्यार्थीहरुमा नमन।

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 года назад +15

    हेर्ने कथा टिमले यस्पालीको episode धेरै डाक्टर्स भएको गाउ पत्ता लगाउनु भएकोमा वहाहरुलाई बधाई छ। यो गाउको उदाहरण बाट हामीले पनि सिक्नु जरुरी छ। राम प्रबेश ठाकुरको कान्छा छोराको मुख बाट निस्केको सत्य तथ्य वाक्यले मेरो मन छुयो, वहाले भन्नु भयो ; हाम्रो घर्मा खाने कुरा नभएर ममीले फर्सी उमालेर खुवाउनु भयो। नजिकै बसेको साहुलाई देखाउदै मेरो ममीले वहाको घर्मा दिन भरी ढीकिको काम गरेर एकमाना चामल ल्याउनु हुन्थ्यो। वहाको सब्द सब्दमा वोलीमा सत्य थियो र दुखको कुरा पनि थियो। संदेश मुलक episode ल्याउनु भएकोमा हेर्ने कथा टिमलाई धेरै धेरै बधाईछ।

  • @abinashchaudhary4969
    @abinashchaudhary4969 2 года назад +24

    I have no words i just want to thank the whole team Herne katha. For presenting such kinds of story... Congratulations 🎉🎉 and gratitude to all the team💗💗

  • @renukarai2657
    @renukarai2657 2 года назад +10

    कस्तो अचम्मको गाउँघर सुन्दा र हेरदा हेर्ने कथा जती-जती एपिसोट हेरो तेती-तेतीनै हेरौलागनै सबै टिमलाई मुरी-मुरी धन्यवाद 👏👏🙏🙏

  • @anuragthakur2387
    @anuragthakur2387 2 года назад +11

    Very beautifully portrayed, huge slap to those who flee to europe,usa in the name of studies and say pakhe to these hardworking persons. More stories of these kinds needs to be pushed. Huge thanks to team 'Herne Katha'

  • @beenadura4113
    @beenadura4113 2 года назад +13

    बिध्या दिदिको असधै प्रेदायी कथा नियामित दर्सक Love this program हेर्ने कथा

  • @tanishaofficial4265
    @tanishaofficial4265 2 года назад +1

    पुरानो सोचलाई हटाई अंशदाइजो दिनुको सट्टा सम्पत्ति बेचेर सन्तानको शिक्षामा लगानि गरिदिने बाबूआमाको सोचलाई सलाम 👍🏻👍🏻👍🏻 सबै नेपालका गाँउ यादव गाँउ जस्तै भइदिए ❤️

  • @jhagapun8431
    @jhagapun8431 2 года назад +12

    चाहे पछि किसान ले पनि doctor पढाउन सकिदो रहेछ, भन्ने कुरा स्पष्ट भयो । ज्यादै खुसी लाग्छ हेर्ने कथामा यति राम्रो कथा हेर्न पाउँदा, र कथामा देखाए जस्तै राम्रो काम गर्न उत्साह आउछ ।

    • @taratamang7365
      @taratamang7365 2 года назад

      तराईको यादवहरुको धेरै जग्गा जमिन हुन्छ

  • @Targetpsc2081
    @Targetpsc2081 2 года назад +9

    डाक्टर गाउको कथा !! नाटकजस्तो लाग्ने एक उत्कृष्ट सत्यकथा!! पौरखी कृषकको आत्मविश्वास र शिक्षामा समर्पण !! समय मिले पक्कै हेर्नुहोला !!

  • @narayanparajuli5810
    @narayanparajuli5810 2 года назад +4

    हाम्राे पहाडि समुदायकाे अलिकति पैसा कमायाे भने पहिला घर बनाउने छ तर याँहा सबैकाे घर सामान्य छ तर सबैले सिक्षामा लगानि गरेकाे कति राम्राे साेच।

  • @wochyu1
    @wochyu1 2 года назад +1

    सारै सुन्दर जीवन हरु, सलाम छ यिनी नेपाली उदाहरणीय पात्र हरु लाई, धन्यबाद् हेर्ने कथा लाई🙏🙏🙏

  • @हेल्दिलिभिङनेपाल

    सङ्ग्रह गरेर छोरा छोरिलाइ डक्टर बनाय पछि गाउँ नै खुसियाली ।मेहनत गरेर न हुने के नै रैछ र नयाँ जीवन को पाट सिक्न सकिन्छ आजको हेर्ने कथाको यो भाग बाट

  • @rainirmala106
    @rainirmala106 2 года назад +1

    सार्है मन खुशी भयो आफ्नो बाउ बाजे नै शिक्षित थिये भनेको सुन्दा 🙏🙏🙏🙏🙏👍👍👍👍👍👍

  • @AmitYadav-cy3hw
    @AmitYadav-cy3hw 2 года назад +95

    I’m the one who belongs with this village
    Studying Doctor 1st Year in Kathmandu Medical College
    My Request to RUclipsr
    At least you had to collect information from all doctors house
    You missed 10-15 Doctors information and there parents Struggle….

  • @semj946
    @semj946 2 года назад +13

    So happy to see Tanki Sinwari in Herney Katha. I grew up in main chowk and always knew about this tole. Some of the people in the video are my dad’s friends. I’m so inspired with their uplifting mindset and simplicity in their lifestyle. These days its hard to find people who actually value education and not in show off.
    Just amazing..!!

  • @nishandaraivlogs
    @nishandaraivlogs 2 года назад +9

    यसो हेर्दा कसले भन्छ यस गाउ मा यति धेरै doctor छ भनेर but नेपाल कै शि्छित गाउ म़ा पर्दो रहे छ 🥰 खुसि लाग्यो यो video हेरे र 🥰 आज भन्दा 30,40 वर्ष बाट नै यस गाउ शिछीत रहेछ सवै बुवा आमा हरु slc pass गर्नु भयको 🥰

  • @phurisherpa2974
    @phurisherpa2974 2 года назад

    यी महान ब्याक्तित्व हरु लाई सलाम।।।। मदेस बाट राजनीति गर्ने हरुले अजा राम्रो शिक्षा यिनी हरु बाट लिउन???? दाइजो को नाममा छोरी जलाउने हरुको चेत अजा धेरै खुलोस??????

  • @harirai2967
    @harirai2967 2 года назад +5

    तराईको गाऊ शिक्षित रहेछ, शिक्षाले दाईजो प्रथालाई निरुत्साहन गरोस् ! शुभकामना !!

  • @Mindahal
    @Mindahal 2 года назад +1

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️❣️❣️

  • @jeebanchhetri4528
    @jeebanchhetri4528 2 года назад +6

    आफुमा दृढता चाहिने रहेछ असम्भव के नै रहेछ र आखिर आफु सङ्सङ्गै अरुलाई पनि शिक्षित बनाउनु पर्छ (education is most important) भन्ने एउटा राम्रो सन्देश दियो यो गाउको कथाले 🙏

  • @deep.1996
    @deep.1996 2 года назад

    जीवन साच्चिकै कति सुन्दर छ।
    शिक्षित समाज,
    सकारात्मक सोच,
    मेहेनतको पसिना,
    पोैरखि हातहरु,
    रिस राग भयविहिन फराकिला मनहरु,
    मानवताको उदाहरण ,
    भावनाको कदर,
    विश्वास नै विश्वास अनि लक्ष्यको यात्रामा नडगमगाउने पाईलाहरु।
    साच्चै सुन्दर छ ।

  • @krishnagupta8703
    @krishnagupta8703 2 года назад +45

    Really thankful to the team for connecting the villages and extending the boundary of visible Nepal. Hope to see Bidya mam in next episode.

  • @yubrajthapa4726
    @yubrajthapa4726 2 года назад

    गाउँले परिवेश अनि शिक्षित मन... वास्तवमै एउटा नमुना गाउँ