गाउँले गफ-३६ गाउँको सपना
HTML-код
- Опубликовано: 18 окт 2024
- गाउँले गफ-३६ गाउँको सपना
दिनभरि अरूका सपना र इच्छाहरू पुरा गरिदिनलाई खटेर छिट्टै ओछ्यान पस्छ गाउँ। जुनकिरीले बोकि हिँड्ने स-साना उज्यालाहरूको सपनी जस्तै गाउँसित पनि मसिना इच्छाहरू त छ नि। कखरा भर्खरै ओठमा अल्झाउन सिकिरहेकी सानी छोरीले विश्व पर्यावरण दिवसमा जीवन रोप्न पाउँदा हाँसेकी मृदु मुस्कान हेरिरहन मन पराउँछ गाउँ। नहुनु, नपुग्नु र नसुन्नुहरूको विश्व युद्धभन्दा भयानक महामारीलाई त भाकलहरूले पर सारेर विश्वासले जितिहाल्छ। टिभि सिरियलमा आइरहने विज्ञापन जस्तो बिजुलीको बीच बीचको अन्तरालमा प्राइमेरी छिचोल्दै गरेको छोरोले जुनकिरी समातेर सिसिमा भरेर अछ्यान मास्तिर झुड्याइरहोस भन्छ गाउँ। आफ्नो उज्यालो आफै बटुल्न सिकोस् । प्रकृतिबाट प्रकाश बटुल्न सकोस सोच्छ गाउँ।
गाउँले सानैदेखि पाइपको रिङ गाड़ी कुदाएर सानो कुम्लो तयार पार्दै आएको हो रहरको। ड्राइभर हुन्छु भनेर देब्रे हातले नाकको सिङान पुछ्दै गाड़ी अघि बडाएर कुदेको अलिक भूतपूर्व सम्झनाले अहिले आँगन हुँदै कालोपत्रे नपरेको सड़कमा इस्कुस, अदुवा, अलैँची र सुन्तलाहरूको सिजन सिजनमा आउने पिक अप गाड़ीको स्टेरिइङ छुदा चसक्क घोच्छ कतै पिड़ा जस्तो खुसी जस्तो के केले।
केही पुरा गर्न सकिने जस्तो। केही कोसिसहरूमै थकान लाग्ने जस्तो। केही त सोच्न मात्रै भ्याउने जस्तो। सम्झँदा चाही मनमा एक प्रकारको तरङ बग्ने कुरा रहेछ सपनाहरू। त्यही नपुग्नुहरू अथवा विपना बनाउन नसक्नुहरू पनि एक खाले सपना रहेछ मान्छ गाउँ। भइदिए हुन्थ्यो, पुगिदिए कस्तो ढुक्कै, आइदिए सन्तोक,पढिदिए नि हुने, पाइदिए नि शान्तिको सास फेर्थेहरू सप्पै त गाउँले सोच्ने सपनाहरू रहेछ। यस्ता ससाना कुराहरूमा अल्झिरहेरै पनि कहिले नथाक्ने गाउँका आँखाले झरी हुन जान्दैन्। गाउँ सपनाहरूको सिनो रुङ्गेर फ्रस्ट्रेसन भने पाल्दैन। आफूले भोग्न नपाए नि पर्यावरण दिवसमा विरूवा बोकेर हाँस्ने छोरी र जुनकिरीको बत्ती बाल्ने छोरोले एक दिन रूखमा सपना फलाउने छ, आफ्नै घाम, आफ्नै जुनको उजेलोमा बाँच्ने छ सोचेर फेरि नयाँ सपना साँच्दै भूतपूर्व सपनाहरूका कपुरको सिरानीमा निदाउँछ गाउँ। बिहान छिट्टै उठेर अरूका सपना पुरा गर्नलाई।