त्रिशूली नदीमा वेपत्ता बस र यात्रुको धमिलो पानीमा खोजी गर्न प्रविधि ल्याउन पहल भइरहेको बताउनुभयो

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे स्थलगत जानकारी लिदै गृहसचिव अर्यालले बस र यात्रुको खोजीका लागि छिमेकी मुलुकबाट आवश्यक प्रविधि ल्याउने प्रयास भइरहको बताउनुभएको हो । यसका लागि सम्वन्धीत देशका राजदूतसंग कुराकारी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिवद्धता आएको उहाले बताउनुभयो । उहाले मृतकहरुको पहिचालनका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतको बिषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गर्नुभयो । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्नुभएको हो । असार २८ गते बिहान भरतपुर महानगरपालिका-२९ नारायगढ-मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म केहि यात्रुको मात्रै शव फेला परेको छ ।

Комментарии •