पुनर्वासको दलित बहुउद्देश्यीय सहकारी शुद्ध तोरीको तेल उत्पादन र बिक्रि बितरण गर्दै।

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • केशब भट्टराई ः
    कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नंम्वर ३ आई.बि.आर.डी.मा रहेको श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पछिल्लो समय शुद्ध तोरीको तेल उत्पादन र बिक्रि बितरण सुरु गरेको छ ।
    वि.सं. २०५३ साल माघ १० गते स्वर्गीय खडक बहादुर वि.कको अध्यक्षता र तत्कालीन सदस्य सेते बिस्वकर्मा, रुपलाल बिस्वकर्मा, ईन्द्रलाल शंकरको पहलमा सहकारी स्थापना गरीएको थियो । वि.सं. २०५३ सालमा सहकारी स्थापना भएपनी बिविध कारणले बिचमा बन्द हुन पुगेको थियो । तर वि.सं. २०५७ फाल्गुन १ गते बाट स्वर्गीय पदम बहादुर विकको पहलमा सहकारीलाई पुन सञ्चालन गरीएको थियो । यस्तै तत्कालीन समय बि.सं. २०५८ देखी २०६१ सम्म संस्थापक सदस्य सेते बिकको अध्यक्षतामा सहकारीले आफ्नो काम अघि बढाएको थियो ।
    सुरुवातमा डिजेल पेट्रोल बिक्रिबितरण बाट सुरु भएको सहकारीको काम पछिल्लो समयसम्ममा आइपुग्दा आफै उद्योग सञ्चालन गर्न सक्ने बनेको छ । बि.सं. २०६१ देखी २०८० सम्म चन्द्र बहादुर मगरको अध्यक्षतामा २१ बर्ष सहकारी चलेको छ । २०८० मा नयाँ अध्यक्षका रुपमा राजकुमार रायमाझी निर्वाचीत हुनुभएको सहकारीका ब्यवस्थापक दान बहादुर रावलले बताउनुभयो । सहकारीलाई अहिलेको अवस्थासम्म पु¥याउन तत्कालीन अध्यक्ष चन्द्र बहादुर मगरको बिशेष योगदान रहेको उहाँले बताउनुभयो ।
    यस्तै गतबर्ष बाट शुद्ध तोरीको तेल उद्योग स्थापना संगै तेलको बिक्रि बितरण गरीएको छ भने छिट्टै दलहन कार्यक्रमको तयारी गरीरहेको सहकारीका ब्यवस्थापक रावलले बताउनुभयो । यस्तै श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औँ साधारण सभाले तेलहन र दलहनका लागी निर्णय गरेको भएपनी अहिले तेल उत्पादन मात्रै गर्न सकिएको उहाँले जानकारी दिनुभयो । पुनर्वास आफैमा तोरीको पकेट क्षेत्र जस्तै रहेकाले पनी तोरीको अभाब नभएको र गाँघरमा नै उत्पादन भएको तोरीले मुल्य पाएको उहाँ बताउनुहुन्छ । अहिले सहकारीले उत्पादन गरेको शुद्ध तोरीको तेल अत्तरीया, धनगढी र महेन्द्रनगरका सहकारी मार्फत नै बिक्रि, बितरण भइरहेको उहाँले बताउनुभयो ।
    अहिले तोरीको तेल उत्पादन भएपनी केही कारण बस लेबलिङ् गर्न ढिलाइ भएको र छिट्टै सो काम गर्नेमा उहाँले जोड दिनुभयो । भारतीय बजार बाट ल्याइएको र आफ्नो सहकारीबाट उतपादन भएको तोरीको तेल दाज्नै नमिल्ने उहाँ बताउनुहुन्छ । अखाद्य तेलको प्रयोग नगरी आफनै आँखा अगाडी उत्पादन भएको तेल प्रयोग गर्न पनी उहाँले सबैलाई आग्रह गर्नुभयो । उहाँले शुद्ध तोरीको तेल प्रति लिटर ब्यपारीक प्रायोजनका लागी २ सय ८० र घरायसी प्रायोजनका लागी ३ सय रुपैया लिटर बिक्रिबितरण गरीरहेको बताउनुभयो ।
    यस्तै श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सहायक ब्यवस्थापक दधिराम पौडेलका अनुसार सहकारी बाट तेल किनेर लग्ने ग्राहकहरु धेरैपटक पुनः तेल किन्न आउनु भएको बताउनुहुन्छ । उहाँले आफ्नो सहकारी मार्फत उत्पादन भएको तेलको स्बाद नै फरक भएको बताउनुभयो ।
    तेल उत्पादनका लागी आवश्यक सबै प्रक्रियाहरु अपनाउदै तेलको शुद्धतामा कुनै कसर बाँकी नरहने गरी काम गरीरहेको उहाँले बताउनुभयो ।
    २५ जना सदस्य बाट सुरु गरेको सहकारीमा अहिले ३ हजार १ सय बढी सदस्यहरु रहेका छन् । तत्कालीन समयमा डिजेल पेट्रोल बिक्रिबितरण, पछिल्लो समय खाना पकाउने ग्यास बिक्रि बितरण, मलखाद बिक्रिबितरण, लगायत दैनिक बचत तथा रिण कारोबार गर्दै आएको छ ।
    #Co-operative #interview #Biswokhoj

Комментарии •