सिमलताल पहिरोमा बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली परिचालन | Deshsanchar Sanjha

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ।
    ooo
    नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८/८१ मा मात्र रु एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ।
    ooo
    नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकको जिम्मेवारी श्याम घिमिरेलाई दिएको छ। यसअघीका प्रमुख सचेत रमेस लेखक गृहमन्त्री बनेपछि उक्त स्थान खाली थियो।
    ooo
    गत असार १७ गते नेपाली कांग्रेस र एमालेले ७ बुँदे लिखित सहमति गरेर नयाँ सरकार बनेपनि सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन।
    ooo
    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
    ooo
    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नेकपा माओवादी केन्द्रलाई घुस खान सिकाएको टिप्पणी गरेका छन।
    ooo
    नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गरेका छन।
    ooo
    चितवनमा यात्रु बोकेको बस तेलको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते भएका छन।
    ooo
    मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
    ooo
    नेपाली महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियाको टोलीसँगको मैत्रीपूर्ण खेल महत्वपूर्ण सावित हुने बताएकी छन। 000
    #news #bulletin #nepal
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Комментарии •