Dragon Fruit farming in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 4 авг 2023
  • ड्रयागन फ्रुटको खेती बिस्तारै नेपालको पूर्व देखि पश्चिमसम्म फैलिरहेकोछ । मान्छेहरु युट्युब र सुपरमार्केटको मूल्य हेरेर सपना बुन्छ्न अनि त्यही दामको कल्पना गरेर खेतीमा उत्रन्छ्न । खेतीसङ्ग रमाउने र सिक्दै बढाउदै लाने एउटा बाटो छ । अर्कोले गरेको देखेर एकैपटक भेलमा फलान्ने तर खेतीपाती गर्नपनी रमाउन नसक्नेहरुले प्राय बितृष्णा फैलाउने अर्को बाटोछ । आज घुम्दै घुम्दै कृपासुर घले र कमला जिको रामधुनी ७ मा रहेको ड्रागन फ्रुट बगैचामा पुगे । एउटा बोटबाट सुरुभएको उनिहरुको यात्रा १२०० बोटमा पुगेकोरहेछ । उनिहरुलाई २-३ बर्ष अगाडी भेटदा जस्तो तरोताजा देख्थे त्यस्तै भेटे आजपनी । त्यो बेला ४०० भएका बोटहरु बढेछन ।अलि थोरै फलिरहेका झ्याङ्गहरु अहिले निक्कै धेरै फल्न थालेछ्न । उनिहरुका वरिपरि अरु धेरै बगैँचा बनेछ्न । हामीले कुनैपनी कुराको खेतीगर्दा त्यो बालीको ब्यावसायिक मूल्य कतिछ भनेर बुझ्नुपर्छ । अनि कति लगानी गरेर कतिबर्षमा लगानी उठ्छ र बार्षिकरुपमा कति आउदानी लिनसकिन्छ भनेर हिसावकितावचै गर्नुपर्छ। जवसम्म खर्च र आम्दानीको हिसाब राखिदैन, अरुबाली लगाउदाको आमदानीको तुलनात्मक हिसाब गरिदैन तवसम्म नकारात्मक हल्ला बढी भैरहन्छ र ब्यावसायको दिगोपनपनी हुदैन । मैले श्रीलन्का र थाईलैण्डमा २० औ बर्ष देखि लगातार फलिरहेका ड्र्यागन फ्रुटको बगैँचा देखेकोछु । एउटै झ्याङ्गबाट बार्षिक रुपमा ३० देखि ५० किलो फल लिईरहेको देखेकोछु । कट्ठामा ५० झ्याङ्ग लाग्ने यो फल ३-४ बर्ष देखि १०००-१५०० किलो फल दिनथाल्छ । अनि २०० रुपैया किलो बिक्दापनी प्रती कट्ठा २-३ लाखको (१०० रुपैया किलो बिक्दापनी १-१.५ लाखको) फल उत्पादन हुनथाल्छ । अनि घाटा कताबाट हुन्छ ?? सकारात्मक बनौ, खेतीमा रमाउनेहरुनै कृषिमा लागौ, सिक्दै बिस्तार गर्दै जाउ अनि पछुताउनु कहिल्यै पर्दैन ।।

Комментарии • 2