तारा खसेर बनेको भयङ्कर प्वाल || गुल्मीको रहष्यमयी स्थान || Tara Khasyo Gulmi थाहा नभएको रोचक स्थान

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2023
  • तारा खसेर बनेको खाडल, "तारा खसे" भन्ने स्थान कसरी बन्यो कसैलाई आजसम्म थाहा छैन । The Mysterious Place of Gulmi Nepal
    Please watch our other videos
    Butwal Vlog
    • BUTWAL VLOG बुटवलले लु...
    Gulmi Visit
    • एउटा पुल तरेर 3 वटा जि...
    Dang Valley Vlog
    • कान चिर्ने ठाउँ || मध्...

Комментарии • 655

  • @prabin1111
    @prabin1111 3 месяца назад +4

    आहा कति सुनो सुन्दर चरा चुरुङ्गी को सुरीलो आवाज सुन्दा मन नै खुसी हुने आनी हजुर फेरि पनि सालीमी जानुहोस न मेरो घर काफल्टोला हो हामी पनि 5 दिन भयो गएको आती नै रमाइलो सुन्दर र पैदल यात्रा अति रमाइलो भयो ||

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +21

    आज गुल्मीको महत्त्वपूर्ण कुरा थाहा पाएँ 😊
    सचिन सर खुशी लाग्यो हजुरको जय होस् 🙏

  • @pushpaaryal8817
    @pushpaaryal8817 Год назад +16

    आफु जन्मिएको ठाउँमा पुगेर यति राम्रो भिडियो बनाउने दाजुमा नमन्❤️

  • @gssharma3711
    @gssharma3711 Год назад +32

    सारै रमाईलो दृश्य , सम्पूर्ण नेपाल भ्रमण घरमै बसी बसी , धन्यवाद हजुर लगायत सम्पूर्ण टोलीलाई 🙏🙏

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 Год назад +4

    धेरै धेरै धन्ये बात सचिन जि तपाइलगायेत तपाइको टिम लाई ।एस्ता अन्ये कुरा हरु पनि देखाउनु होस तपाइको यात्रा शफल रहोस ।

  • @Raeni4865
    @Raeni4865 Год назад +3

    आहा! क्या राम्रो प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गुल्मी!!यो भिडियोलाई हेर्दा म पनि कहिले गुल्मी घुमुला; भनेर मन चञ्चल भयो।म भोजपुर जिल्लाबाट हेर्दैछु।

  • @kailashkhadka7320
    @kailashkhadka7320 Год назад +105

    सचिन सर तपाई एक प्रेरणादायी व्यक्तित्व हो वास्ताबमा इतिहास को खोजि गर्नु यो युगका युवाहरुको हो तेस्को प्रतिनिधित्व सचिन सर र उहाको टिमले गर्दै हुनुहुन्छ अझै राम्रो श्रब्यदृश्यको लागि धेरै धेरै शुभकामना सर अहिलेलाई यतिनै बाँकि आर्को भिडियोमा 🙏🙏🙏🌹🌹

    • @karmatamang806
      @karmatamang806 Год назад +5

      7

    • @shyambasnet4491
      @shyambasnet4491 Год назад +2

      सचिन सर नमस्कार,हामि बसिबसि हेर्न पाउछाै,नेपाल का नसुनेका र नदेखेका ठाउ हरु,सर ले सरल भासा मा सबै ले बुझ्ने गरि ,सुनिरहु हेरि रहु जस्ताे लाग्ने प्रस्तुति,धेरै धेरै धन्यबाद सर

    • @UmeshUmesh-fi8uw
      @UmeshUmesh-fi8uw Год назад

      🙏🙏🙏♥️♥️♥️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪👌👌👌🙏🙏🙏

  • @jethodahal3799
    @jethodahal3799 Год назад +4

    ल अब हेर्न थालियो भिडियो।मनै आनन्दित हुन्छ हजुरको भिडियो हेर्दा। सम्पूर्णमा हार्दिक नमन।🙏🏽🙏🏽🙏🏽

  • @dipaktamang4923
    @dipaktamang4923 Год назад +6

    भाग्यले साथ दियो भने मर्नु अघि एक पटक सचीन सर र लक्ष्मी सर सँग भेट्ने ठूलो ईच्छा छ।यो ईच्छा छिट्टै पूरा होस।

  • @Prabal347
    @Prabal347 Год назад +2

    पुर्वी ब्लुजको सम्पूर्ण प्रस्तुति सार्है सुन्दर छ ! धन्यवाद 🙏🙏🙏🙏

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад +2

    खुशी लाग्यो गुल्मी ताराखसेसम्मको रमाइलो र खोजमूलक भिडियो हेर्दा।गुरुकुटीमा वा वरपर थप संरचनाहरु बन्नु हुँदैन तारा खसेसम्म पुग्न पनि प्राकृतिक रुपमा यस्तै ठीक छ।मानव निर्मित संरचनाले धेरै ठाउँहरुो प्रकृतिक सुन्दरता मासिएको छ । यहाँ त्यस्तो नहोस्।भिडियो बनाउँने भाइलाई नमन छ।

  • @kshetrigeetkhadka3462
    @kshetrigeetkhadka3462 Год назад +6

    धेरै धेरै धेरै धेरै धेरै धन्यवाद प्यारो दाजु हाम्रो गुल्मीमा यात्रा गर्नु भएको मा आभारी छु खुसी छु एति धेरै खुसि हुनुको कारण मेरो घर पनि गुल्मी नै हो जाँदा जाँदै हाम्रो गुल्मी आँपचौर मा रहेको कफी भगैँचा जहाँ कफी का बोट बिरुवा पाइन्छ हेरेर अनि अवलोकन गरेर गुल्मी मै उत्पादन गरिएको कफी पिएर जानु भाको भए झनै हजुरहरु लाई खुसी मिल्थ्यो धन्यवाद दाजु फेरि पनि आउँदै गर्नु होला ओझेलमा परेको मुसिकोट न.पा. र चन्द्रकोट गा.पा.को बीच मा रहेको कोटेश्वर धाम अनि गुल्मीको कफी विश्वभर चिनाउनु छ कोसिस गरिदिनु होला।🙏🙏

  • @ashishgyawali4853
    @ashishgyawali4853 Год назад +13

    गुल्मी भ्रमण गर्नु भएकोमा धन्यवाद!! सर❣

  • @mukeshgaire6363
    @mukeshgaire6363 Год назад +11

    जाँने बेलामा रहस्यमय दहरे खोला ( उर्लिखोला) को बारेमा नि बताउने पर्ने थियो तर त्यो छुट्यो
    anyway well done sachin sir 😍
    Love from Gulmi 🤗😘

  • @MgrGaganThapa
    @MgrGaganThapa Год назад +8

    मेरो प्यारो जन्म भुमि गुल्मी🙏 धन्यवाद सचिन सर

  • @rajanpandey7437
    @rajanpandey7437 Год назад +1

    अहा कति राम्रो भिडोयो हेरीयो keep it up bro...

  • @dipeshgurung648
    @dipeshgurung648 3 месяца назад +1

    आहा कति सुन्दर छ मेराे देश नेपाल आफू धेरै ठाउँ नघुमे पनि यो भिडीयो हेरेर आफु घुमेको जस्तो आभास भयो धन्यबाद सर

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Год назад +1

    सरब परथम सचिन सरलाई र सबै टिमलाइ नमस्कार छ सारै राम्रो लागयाे रमनइलाे पनि सर भिडियो पनि मन परेयाे सर।

  • @bishnuthapa3668
    @bishnuthapa3668 Месяц назад +1

    Yo Tara khasye ma maile pani dhunga khasale ko xu i love my Village Gulme 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sushilkbhandari
    @sushilkbhandari Год назад +4

    धन्यवाद सचिव जी!
    हाम्रो नजिकको तर ओझेलमा पारेको सम्भावित अध्ययनमूलक एवं पर्यटकिय स्थानमा पुगेर दृष्याङ्कन गर्नुभएकोमा।
    यस ठाउँको प्रवर्द्धन को लागि मुसिकोट न पा मेयर जीवन जीवन लगायत जगरूक युवाहरूले पक्कै पहल गर्नुहुनेछ।

  • @indraparajuli5635
    @indraparajuli5635 Год назад +4

    आफ्नै जिल्लाको बारेमा थाहा नभएको कुरा!!❤️❤️
    धन्यवाद 🙏🙏🙏

  • @laxmanpokhrel7842
    @laxmanpokhrel7842 Год назад +9

    हाम्रो स्वर्ग जस्तै गुल्मी जिल्लामा भ्रमण गर्नु भएकोमा बिशेष आभार दाइ बिचित्र गुफा पनि पुगेर आउनुस

  • @silamagar5869
    @silamagar5869 Год назад +2

    धेरै धेरै आभार सचिन सरको टिमलाई 🙏🙏म एक गुल्मिबासी साथै छिमेकी गाउँकै हिसाबले पनि यस बारेमा अनबिग्य थिएँ। गुल्मिका यस्ता कैयौँ ठाउँहरु छन जो बाहिर आएका छैनन अनि धेरैलाई ज्ञान छैन । आसा छ गुल्मीलाई पनि पर्यटकिय क्षेत्रमा अब्बल पार्न निकै ठूलो टेवा पुग्नेछ यी अनि यस्तै धेरै भिडियोहरुले ❣️❣️❣️

  • @kulchandra_acharya
    @kulchandra_acharya Год назад +3

    हाम्रो गुल्मी❣️ राम्रो गुल्मी !❣️
    भिडियो को लागि धन्यवाद सचीन सर!!

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +1

    सारै राम्रो ठाउँ रैछ अनुसन्धान गरे राम्रो हुन्छ जय होस

  • @sunilrai5239
    @sunilrai5239 Год назад +4

    🙏 म सिक्किम देखि सचिन सर प्रतेक बिहीबार हेर्ने गर्छु तपाईको कति धेरै मेहनत गर्नुहुन्छ साँच्चै सुन्दर नेपाल। 🙏🙏🙏👍👍👍

  • @khimgurung3772
    @khimgurung3772 Год назад +6

    यो गाउँमा मेरो आधी जिन्दगी गयो 🥰❤️त्यो तारा खासी ठाउँ देखी दउराको भारी बोकेर 3घण्टा सम्मा स्वरा भन्ने मेरो गाउँमा पुग्ने गरथियो 😊 त्यो बेला त्यो ठाउँमा धेरै धेरै रमाइलो हुने गरथियो अहिले धेरै नारमैलो लाग्छ पहिलाको जस्तो साथी पहिलाको जस्तो आमा बूबा कोही छैना गाउँमा 🥺🥺 दुःख लाग्छ !!

  • @nirajthapa89
    @nirajthapa89 Год назад +3

    म रुपाकोट गुल्मी देखि खुसी लाग्यो हाम्रो गाउँ पनि देख्न मिल्यो

  • @rabr2950
    @rabr2950 Год назад +7

    I really appreciate the English subtitles. Thank you

  • @lokbhadurthapa2949
    @lokbhadurthapa2949 Год назад +1

    यितिहासकोखोजिगर्रनुभयकोमा हजुर सचिन सर लगायतहजुरकोतिमलाईधेरैधेरैधन्याबादछ

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Год назад +1

    नमस्कार म दिपेन्द्र बलामी मगर.....
    अंचम्म लाग्ने ठाउँ तारा खसे एकदमै entertainment लाग्यो ।।।
    धन्यबाद।।।

  • @Dhirajmagar_Official
    @Dhirajmagar_Official Месяц назад +1

    आफ्नो गृह जिल्ला गुल्मी यस्तो सुन्दरताको रहस्य रहेछ घुम्न जाने मौका मिलेको छैन। ❤❤❤

  • @remitlepcha2685
    @remitlepcha2685 Год назад +1

    Thank you very much for sharing nice vedio. It's really amazing.

  • @lekhnathshrestha
    @lekhnathshrestha Год назад +5

    एअरपोर्ट हिमालय बुटिक होटेल प्रा. लि को तर्फबाट धेरै धेरै शुभकामना साथै आगामि दिनहरुमा आउने भिडियोले पनि यस्तै ओझेलमा परेको पर्यटकिय स्थलको उजागरण होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bikashshrestha2942
    @bikashshrestha2942 Год назад +1

    कति रमाइलो छ हजुरको जिन्दगि मलाइ नि यसरि नै नेपालको कुनाकुना मा घुम्न मन छ तर के गर्नु सकिन्न हजुरको भिडियो हेर्दा आफै घुमेजस्तै लाग्छ """

  • @belbahadurg1
    @belbahadurg1 7 месяцев назад +2

    Nature's Wonders, a place to be in Gulmi, Nepal. Thanks to all involved. Shirshak paribartan garnuhos. Sub-title le gardaa gair Nepali le pani herna ra bujhna sakne chhan.

  • @dhanush5705
    @dhanush5705 Год назад +1

    सर्व प्रथम सर लाई धेरै धेरै धन्यवाद गुल्मीको सुनौलो सुन्दर भिडियो देखानु भएकोमा मेरो घर गुल्मी भार्से हो जन्म भुमी हो त्यहा एक पटक अवश्य जानुहोला भार्सेमा जनको लागि खैरेनी देखि उतर लाग्नु पर्छ खैरेनी देखि जोहान, जुनिया हुँदै भार्से पुगिन्छ अहिले भार्से गाउमा पर्यटनको लागि विकास हुँदै छ झुलेथुङ देवि मन्दिर, ठुलोपोखरी, गुफा शिवको मन्दिर, अर्कुल दरबार, लुम्बिनी अञ्चलकै अग्लो थाप्ले लेक, देउराली डाडा मा निर्माणधिन विशाल बुद्ध स्तुपा, देउराली, जमाडी, फुर्सेथान देखि देखिने हिमालय धैलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी र मानापाथी हिमाल अवलोकन गर्न सकिन्छ अनि तामाखानी सुरुङ्ग पातल मा छ अरु धेरै छ्न घुन्न योग्य ठाउहरु भार्सेमा समय मिलाएर एकपटक अवश्य जानुहोला सर 🙏🙏

  • @bishnuresmimagar7902
    @bishnuresmimagar7902 Год назад +1

    गुल्मेली भएपनि नदेखेको तारा खस्यो ठाउ देख्न पाइयो धेरै रमाइलो लाग्यो

  • @samikshyabk7888
    @samikshyabk7888 Год назад +3

    एकता म हजुरको नियेमित श्रोता तेसैमा आफ्नो ठाउको दृश्य हजुरको माध्यम बाट देख्न पाउदा धेरै खुसि लाग्यो र बास्तबमै हजुर हरु नेपालको येइतिहस को खोजि गर्ने ब्यक्तित्तो जस्तो लगछ मलाई आनी आर्को कुरा तेसै ठाउमा आबस्तित बिचित्र्रा गुफा समेत रहेको हुदा तेस ठाउमा हुनुहुन्छ भने तेस ठाउको आबलोकन गर्न नभुल्नु होला त्यो ठाउँ धुर्कोट गाउपालिकामा रहेको छ ❣️❣️🙏🙏👏👏

  • @imrclamsal
    @imrclamsal Год назад +8

    Sir please do visit western gulmi like tamghas wami dhurkot purkot ismakot and etc

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +1

    तारा खसे खाँडल निकै भयानक डर लाग्दो नै रहेछ ।भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर ।

  • @AlphaWitcher
    @AlphaWitcher Год назад +2

    this is why i like youtube more than tiktok. detail level ko content ra place ko actual kura facts haru huncha. it is highly informative than 10 sec clip. thank you for this video.

  • @coolheart7
    @coolheart7 Год назад

    एकदमै रमाइलो र राम्रो ठाउँ
    अनि अचम्मको प्वाल 🙏

  • @gitagurung3122
    @gitagurung3122 Год назад +2

    Good evening to the entire team of this channel Purvi Blues हजुर हरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक दृश्यहरु साथै तारा झरेर गहिरो खाडल भएको ठाउँ नेपाल सरकार सम्म पुगिएला यस खाल्टो कति फीट गहिरो रहेछ सुन्न पाइए राम्रो हुनेथ्यो म दार्जिलिङ देखि हो।

  • @gayatripoudyal3329
    @gayatripoudyal3329 Год назад +1

    आहा कति धेरै सुन्दर ठाउँ

  • @sitakaucha1721
    @sitakaucha1721 Год назад +3

    Hjr hamro area tir janu vako ma dherai dhanyabad

  • @hemprasadrai9111
    @hemprasadrai9111 Год назад

    Tarakhase khadal ra Guru ashram ko yatra rochakpurna lagyo. Thank you so much.

  • @baburampant4256
    @baburampant4256 Год назад +1

    म आफै गुल्मी को भएता पनि मैले यस बारेमा ब्लग हेरेर थाहा पाए । धन्यबाद सचिन जीलाई ।

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 Год назад +4

    Wow ❤so beautifull sweet place ❤🙏 from Kathmandu sundhara😍

  • @user-mw9bx6ok2o
    @user-mw9bx6ok2o Год назад

    धेरै राम्रो सङ संरक्षण गर्नुपर्ने रहेछ एस ठाँउ लाई ।नत्र नीकै ठुलो दुर्घटना पनि हुन सक्ने संभावना देखे मैले त।

  • @lokendratamang
    @lokendratamang Год назад +1

    हाम्रो नुवाकोट किसपाङ गाउँपालिका मनी यस्तो धेरै रहस्या माए ठाउँ हरु धेरै छन् you are always welcome

  • @lekhnathshrestha
    @lekhnathshrestha Год назад

    जति पनि vlogs हेरे सबैभन्दा उत्कृष्ट vlogs सचिन सर को यश च्यानल ( पुर्वी ब्लुज ) बाट आउने सम्पुर्ण vlogs ( भिडियो )एकदमै उत्कृष्ट छन । र उहाको भिडियो बाट नेपालको पर्यटक स्थल को बारेमा धेरैलाई जानकारी भएको छ ।धन्यवाद सर लाई अनि सम्पुर्ण टिमलाइ

  • @sepmangfilms6006
    @sepmangfilms6006 Год назад

    यो भिडियोले मलाई ईतिहास जीउँदै गराएको फिल गराउनु भयो सचिन सर धन्यवाद

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Год назад +1

    याे स्थान गुल्मि जिल्लाकाे मात्र नभई नेपा देशकै सम्पति रैछ ।यश स्थान लाई वरि परि बार वनाई दृश्यावलाेकन गर्न मिल्ने गरि सुधने गर्ने र असलि गहिराई पत्ता लगाउन पाए नेपालीले सुति सुति खनापुग्ने अामदनि हुने श्राेत हुने रै छ ।हाे हैट ।धनेवाद छ ।

  • @dr.bhandari8633
    @dr.bhandari8633 Год назад +2

    धन्यवाद गुल्मी को बारेमा भिडियो बनाइदिनु भएको मा

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад

    धेरैमा धेरै राम्रो सुन्दर रमाइलो प्राकृतिक दृश्यावलोकन मनमोहक मनै लोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shreerahul_1
    @shreerahul_1 Год назад +4

    हाम्रो छिमेकी जिल्ला गुल्मी को vlog साह्रै राम्रो लाग्यो👍
    आशा छ यहाँ आइरहँदा अर्घाखाँची जिल्ला घुमेर त्यहॉ रहेका सुपा देउराली मन्दिर , पाणिनी तपोभुमी , दुर्गाफाट गुफा, अर्घा दरबार भगवती मन्दिर, नरपानी को रमणीय दृश्य र दह हरु , तिलकुवा झरना, जङ्गबहादुर जन्मेको ठाउँ, मथुरा कृष्ण मन्दिर, बलकोट पौवा , छत्र माईको मन्दिर साथै सन्धिखर्क बजार लगायतका अन्य थुप्रै घुम्न योग्य ठाउँको अवलोकन गरी हाम्रो प्यारो अर्घाखाँची लाई सबै सामु चिनाउनमा सहयाेग पुर्‍याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु 🙏
    धन्यवाद।

  • @user-ou1jy9tl4e
    @user-ou1jy9tl4e 4 месяца назад +1

    Mind blowing videos.Thanks Sachin jiu.❤❤❤❤

  • @bhuwandhungana1977
    @bhuwandhungana1977 5 месяцев назад +1

    के अचम्म हो साथी हो मलाइ पनि हेर्न मन्लाग्यो म हेटौडा बाट

  • @bijaygurung9401
    @bijaygurung9401 Год назад

    धेरै खुसी लाग्यो सर हाम्रो गुल्मी को बारे मा हामीले थाहा नपाएको कुरा हेर्न पाहुदा।
    धन्यवाद सर।

  • @aanjankc4019
    @aanjankc4019 Год назад +1

    सारै राम्रो सर

  • @mohanshrestha2711
    @mohanshrestha2711 Год назад +5

    Happy to see amazing places of our Gulmi lets hope next destination would be dhurkot gufa and Historical Resunga

  • @mithugaha8995
    @mithugaha8995 Год назад +5

    Thank you Sachin sir for exploring Gulmi

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Год назад

    एक अनौठो किसिमको ठाँउ गुल्मीको ताराखस्यो को अवलोकन गर्न पाइयो।खुशि लाग्यो।धन्यवाद सवछिन दाईलाई।🎈🎈🎈🙏🙏

  • @toplalgyawali4807
    @toplalgyawali4807 Год назад +1

    सचिन जी संगै म पनि रिडीको रुद्रवेनी चोरकाटे हुदै बुर्तिवाङ बजार,खैरेनी बजार हुदै "तारा खस्यो "भन्ने विचित्र प्राकृतिक गहिरो र डरलाग्दो भ्वाङ सम्म संगै हिढेको अनुभव गर्न पाए ।
    म त्यसै रुरु ३ मा जन्मिए पनि मैले नदेखेका धेरै गाँउ सहरदेखाई दिनु भयोे।सचीन जी ले यहाँलाई धेरै धेरै धन्यवाद छ।
    यो डरलाग्दो गहिरो भ्वाङ मा मानिस हरु खुसी दुर्घटना हुन सक्ने बलियो सम्भावनालाई दृष्टिगत गरी सम्वन्धित गाउँ पालिका ले उक्त प्वालको वरिपरि रेलिङ लगाई दिन हुन अनुरोध गर्दछु।
    स्थानीय कथनअनुसार पाँच हजार फिट भन्दा गहिरो खाडल इनार जस्तो प्वाल भएको देखियो। यो भौगोलिक अन्वेषण को विषय भएकोले तुरुन्त खानीतथा भुगर्भविभाग लैनचौर काठमाण्डौ जानकारी गराई अन्वेषण हुन जरुरी देखिन्छ।
    झापाका सचीन न्यौपाने जी ले देश दर्शनको क्रममा यस्तै अनौठा र आश्चर्य लाग्ने ठाँउको पत्ता लगाई पहिलोपटक मिडियामा ल्याउने प्रयत्नशील हुनुहुन्छ गुल्मीमा अन्य युवाहरुले पनि सचीनजी संग सम्पर्क गरी आफ्नो गाँउ ठाँउको अवलोकन गराई चिन्हाउने प्रचार प्रसार गर्न हुन पनि मेरो अनुरोध छ ।‌

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +1

    धेरै राम्रो दाइ अझै राम्रो राम्रो भिडियो बनाउदै गर्नु सुभकामना 🙏

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 Год назад +3

    गुल्मी सहर असाध्यै सुन्दर रमणीय स्थल रहेछ

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 Год назад +1

    गुल्मीको भ्रमण गर्नु भयो चिनाउनु भयको मा धेरै धेरै धन्नेवाद सचिन सर लाई गुल्मेलीको धेरै माया

  • @hirarai4423
    @hirarai4423 Год назад +1

    Very nice video tar atentai ramrri yo kharla chai dharai gairu xa jastai awoja soninxa...

  • @sudarshantimalsina9612
    @sudarshantimalsina9612 Год назад +3

    सचिन सरको यस्तै यस्तै भिडियो देख्न पाँउ

  • @337ayub
    @337ayub Год назад +1

    अत्याधुनिक उपकरण सहित भित्रि भाग सम्म जान प्रयास गरे राम्रो😘

  • @vishnubahadur6448
    @vishnubahadur6448 Год назад +1

    Gulmi aty ramro thaun xa aru Pani dherai
    Thaun xan dekhni ra bhujne thaun Jai nepal 🙏🙏🙏

  • @Nabinranamgr1
    @Nabinranamgr1 Год назад

    आफु जन्मिएको जिल्ला गुल्मि को भिडियो हेर्न पाउदा खुशी लाग्यो,, gulmi,,

  • @rajagaming4179
    @rajagaming4179 Год назад +2

    यो ठाँउ लाई जति सक्दो चाडाे वरिपरि बार लगौ जीव जन्तु साथै मान्छे पनि खस्ने सम्भावना धेरै छ

  • @kamalathapa2937
    @kamalathapa2937 Год назад +3

    मेरो प्याराे जन्मभुमि गुल्मी 😍😍😍।
    धन्यवाद सचिन सर।

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Год назад

    रमाइलो लाग्यो भिडियो हेपेपछि तर तारा खसेर बनेको भने नहुनसक्छ । खसेको ठाउँमा छपनीको आकारमा भूगोल बनाउने र पोखरी बनेको अन्तको भिडियोमा देख्नसकिन्छ । यो भूकम्पको केन्द्र, ज्वाला ग्याँस गएर बनेको भने हुनसक्छ । पूर्वको चैनपुरमा (वजार र जाँगिगाउँ बीच) पनि यसरी भ्वाँग परेको छ । अर्को यो चट्टानफाटी दरार बनेको पनि हुनसक्छ, यस्तो अन्त पनि छ, कही खुला त कही बन्द । पानीले खोलेर बनेको, तारा खसेको भने नहुनसक्छ । वामी किरात शब्द मात्र हैन प्राचीन भोट चीन शब्दसंग पनि जोडेर हेरिने हो भने ज्वालासंग नै नजीक हुन्छ ।

  • @user-rh4ru7qm8k
    @user-rh4ru7qm8k Год назад +2

    खाेटाङजिल्ला चिसापानि पजिकै रहेकाे जन्तेढुङ्गा काे पनि Vlog बनाउनु पराे सचिन सर,,,,,

  • @kaletamang4858
    @kaletamang4858 Год назад

    सचिन सर तपाइको भिडियो नछुटाइ हेर्नेमा मनि पर्छु सारै राम्रो लाग्छ आज यो गुफा देखेर मलाइ मेरो गाउँ याद आयो येस्तै गुफा हाम्रो गाउमानी छ सङ्ख्यानि दुइवोटा नै हो लग भग उस्तै उस्तै छहै नुवाकोट जिल्ला हाल्को किस्पाङ गाउपालिमा ३ पर्छ

  • @gyaldentamang4985
    @gyaldentamang4985 Год назад +17

    We are in the Himalayan region where the entire topography is extremely unstable and young.
    So it's not so surprising to see deep crevasses. This might have been due to tectonic activity in distant past.

  • @sushil7567
    @sushil7567 Год назад +2

    जय नेपाल आमा जय राजा युबा देस को जय परमपरा तारागुफाको नम

  • @anjurai9021
    @anjurai9021 Год назад +1

    Moile chaina bat herdai xu wow hamro nepal.❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘

  • @sharmistharai5518
    @sharmistharai5518 Год назад +4

    Amazing !
    Love to see the place ❤

  • @jdchhetri4735
    @jdchhetri4735 Год назад

    सचिन सर यति दुःख कष्ट गरेर भिदियो बनाउनु भाको छ यस्तै गरि अन्य ठाँउको पनि दृश्य निरन्तर हेर्न पाईयोस धन्द्यावद हजुरलाई

  • @usharai6256
    @usharai6256 Год назад +1

    Ramailo lagx hajurko video sir

  • @birbahadur3807
    @birbahadur3807 Год назад

    Saryi ramro rochak lagyo hajurko vdo danyabat

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 Год назад

    सचिन सर तपाईलाई शब्द बाट सम्मान गर्ने कुनै शब्द नै छैनन्, नेपालका कुना काप्चा लुकेका रहस्य सबै बाहिर ल्याउदै हुनुहुन्छ जसले नेपाललाई पर्यटनमा थप टेवा पुग्न सक्छ !! कुनै दिन तपाईलाई सरकार बाट नै सम्मान प्राप्त होस धन्यवाद 🙏🙏

  • @dhanadhana6068
    @dhanadhana6068 Год назад +1

    Thanks sachin sir गुल्मिको भ्रमण गर्नु भएको मा

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Год назад +3

    प्यारो जन्म भुमि गुल्मी मुसिकोट ❤️❤️🙏

  • @prakashmainali4102
    @prakashmainali4102 Год назад +1

    Sabai man mohak drisyaharu manxele bhanxan mare paxi sorga gainxa bhanerai kasle dekhera farkeko Xara sorga xa bhannera hami jibit manab jatiko lagi dharti jasto sorga Kai hunai sakdaina Mero bicharma aagami dinharuma pani yastai ramro video herna paiyos safaltako shubhakamana xa

  • @johnidevson5937
    @johnidevson5937 Год назад

    मेरो घर पुर्बि पाल्पा हाल अस्ट्रेलिया बस्छु।बुटवल पाल्पा गुल्मि हेर्न पाउदा घर नै आको अनुभब भो धेरै धेरै धन्यवाद

  • @SD88102
    @SD88102 Год назад +2

    सचिन सरको मिहिनेत र जानकारीलाई सलाम🙏

  • @Chamlinge
    @Chamlinge Год назад

    Dhanyabadh dai tapai ko video hamilai dherei man parx yo video hamile Kathmandu batw herirakoxou

  • @madhavkaranjit3142
    @madhavkaranjit3142 Год назад

    आफ्नो देसको फेरि एउटा् नया कुरा देख्न र सुन्न पाइयो धन्यवाद सचिन सर

  • @bijaylama3899
    @bijaylama3899 Год назад +3

    अदभूत ठाँउ..शिघ्र त्यो खाडल वरिपरि अथवा छेउछाउमा रेलिङ्ग राख्ने ब्यबस्था गर्नु पर्छ नत्र दुर्घटना हुन सक्छ।

  • @bachanshah4135
    @bachanshah4135 Год назад +1

    Dhanyebad sir haru lai ani sano sallah Dina xaye yo vidyo Lai Hindi ani English ya sake ajoi aru vasha ma Pani dabing vayo vani ajoi ramro hola ki kaso vanera

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +3

    Thank you for this beautiful video of our beautiful Nepal❤️❤️❤️🙏

  • @sagarkcofficial
    @sagarkcofficial Год назад

    Lots of love from sagar kc official❤️ तपाइसङ्ग रामेछाप घुम्दा तपाइलाइ नजिकबाट चिन्ने मौका पाइयो सचिन सर खुशिलाग्यो 🙏❤️फेरि पनि तपाइंसङ्ग घुम्न पाउने आश गर्दै यो कमेन्ट लेखेको छु।।।

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 Год назад

    Athi Ramro lagyo hjr gulmi jilla ko video mlaini Achmai lagyo anauthho raixa not hjr ho hjr Haru ko Suva Yaya Rahosh 🙏🙏🙏💐🌺🌹

  • @sharaddhungana1633
    @sharaddhungana1633 Год назад +1

    Wonderful, thank you Sachin sir.

  • @manojklimbu9752
    @manojklimbu9752 Год назад +1

    लिपु लेक र कालापानी को vlog हेर्न मन छ सचिन जि