ब्रह्मनालबाटै उठाएर घर फर्काउने वैद्य
HTML-код
- Опубликовано: 9 фев 2025
- GUEST: Suwarna Baidhya
Phone-9843211640
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
ब्रह्मनालबाट उठाएर घर फर्काउने - घाट वैद्य
सम्झनुस् त, हजुरहरुको कोही आफन्तको लास हस्पिटलबाट आर्यघाटमा ल्याइएको छ आफन्तको रुवावासी छ, टाढा टाढाका मान्छेहरु सबै छोडेर आइपुग्नुभा छ । सद्गत् गर्न ठिक्क छ । अनि यहि बेला बैद्य आइपुग्छन् । केही दिन राखेर उपचार गर्छन् र सन्चो बनाएर पठाउँछन् र अरु १० वर्ष बाँन्नुहुन्छ ।
यस्तो नि हुन्छ भन्नुहोला ? एक दुई होइन धेरै भएको छ । एक साँझ आर्यघाटमा सेतो कपडामा बेरेर राखेको लास नजिक आएका बैद्यले सेतो कपडा हटाएर नाकमा औला राख्छन् र भन्छन् एकैछिन् मेरोमा ल्याउनुस् त अनि सद्गद् गर्नु । केहीले लास उठाएर आर्यघाटको वैद्य सूर्वण वैद्यकोमा पुराउँछन् । छोराछोरी आफन्त मुखामुख गर्छन् ।
वैद्यले थिचथाच गरेर केही ख्वाएपछि भन्छन् । आज यसै छोडिदिनु । भोलि डढाउनु होला । छोरा छोरी बस्छन् अरु जानछन् । भोलि विहान त ति मान्छेले आँखा हेरिरहेका हुन्छन् । छोराछोरी फेरि रुन्छन् । केही दिनमा उनले खाना खान र हिड्डुल गर्न सक्छन् । अनि एक महिना १८ दिन राखेर उनलाई डिष्चार्ज गरिन्छ । र उनी बाँकी १० वर्ष बाँच्छन् । उहाँ हुनुहुन्थ्यो थिए इनरुवा सुनसरीका भवनाथ भट्टराई ।
भट्टराई मात्र होइन , उहाँ जस्ता जलाउन ल्याएकाहरुलाई निशुल्क उपचार गरी घर फर्काएका उदाहरण धेरै छन् पशुपति आर्यधाटका धाटे वैद्यसँग । उहाँ भने लामो समय बाँच्नुभएकाले सम्झन सजिलो छ ।
सुवर्ण वैद्य आर्यघाटमा मृत्युमात्र देख्नेहरुका लागि प्राण थप्ने मान्छे हुनुहुन्छ । उहाँ आर्यघाटमा बसेको पनि ५० वर्ष नाग्यो । जहाँ उहाँले मृत्यु भएर जलाउन ल्याएका र केही दिन आर्यघाटमै बसेर मर्छु भनेर ल्याएकाहरुलाई पुन जिवन दिएर पठाउनुभएको छ । आजपनि उहाँको दैनिकी घाटमै वित्छ । पशुपति आर्यघाटको ब्रह्मनालसँगैको राणाकालिन भवनमा ।
हर विहान पशुपतिलाई फन्को मार्नु, घाटमा आएका हरेकको जाँच गर्न सके कति धेरै बाँचेर जान्थेहोला भनेर चासो राख्नेसँग परामर्श गर्नु र बाँकी समय जडीबुटी कुट्दै वित्छ उनको समय । किनकि रोगीहरुको उपचार गर्नु उहाँहरुको पुस्तेनी पेशा हो ।
२५ वर्ष यता एकछाक मात्र खाने ७५ वर्ष नाघेका वैद्य आफु थाहापाउँदा देखि आजसम्म एकपटक पनि विमारी परेका छैनन् । भन्छन् विमारी भनेकै खानाका कारण हुने हो । त्यो मात्र थाहा पाउने हो भने कोही अस्पताल जान पर्दैन । अकालमा मर्न पर्दैन ।
संसारभरका हिन्दूहरु मर्नलाई यहि आउन रुचाउने यो ठाउँमा बसेर उनका खालखालका अनुभव छन् । लक्ष्मि प्रसाद देवकोटाको अन्तिम दिन देखि लंकाका राजा विमारी हुँदा विमान लिएर आर्य घाटमा वैद्यलाई लिन आएको किम्बदन्ती पनि सम्झन्छन् ।
भन्छन् ,,,,म सानो थिएँ बुवाको वरपर घुम्थें । देवकोटालाई हेर्न आउने मान्छेको घुइचो हुन्थ्यो । नास्तिक देवकोटाले यहि खाटबाट घाट हेर्दै अन्तिम कविता लेख्नुभएको थियो ,,, उनले झ्यालैमा गएर देखाउँदै भने ,,,,
हो नास्तिक देवकोटाले ,,,कविता आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान , नभो विवेक भन्ने पुरापुर भगवानमा आस्था राख्दै अन्तिम हरफ लेख्नुभएको थियो ।
तर आज थलिदै गएका छन् सुर्वण वैद्य । १५ वर्ष अघि उहाँकी श्रीमतीको मृत्यु भयो । त्यसपछि भने आफुलाई आफुजस्तै राख्न नसकेका वैद्य आजकल धेरै कुरा विर्सन्छन् । जीवनभर नै विमारी भएर उपचार गर्न आउने र मृत्यु भएका भनेर ल्याएकाहरु लखौंको उपचार गरे तर अझै पनि उनको सेव ागर्ने रहर मेटिएको छैन । अझै पनि आर्यधाटमा ल्याइएका एक एक मृतकलाई जाँच गरेर मात्र पठाउने अनि लास लिएर आउनेको लागि राम्रो बस्ने व्यावस्था गरेर मर्ने चाहाना छ उनको ।।
उनी भन्छन् मृतहरु त शान्त हुन्छन् तिनीहरु त पार्थिव भैहाले तर जीउदाहरुले डरलाग्दो बनाएर पशुपतिलाई ।
खासमा एकै जीवनमा धेरै कुराको लाखौको जीवन देखि लाखौ लाखखको मृत्युसम्मको साक्षि बनेका वैद्यको जीवन राणा, राजा देखि गणतन्त्रसम्मको एउटा जीउदो इहितास हुनुहुन्छ । त्यसैले इतिहासको पनि इतिहास अनि मृत्युको पनि मृत्यु हेरेका वैद्यसँगको यो ऐतिहासिक दस्तावेज सुन्न समय निकाल्नुहोला है । जहाँ बोलेका मात्र हैन, यहाँका चित्रले मात्र पनि धेरै कुरा बोल्छन् । प्रश्तुत छ पशुपति आर्यघाटका घाटे वैद्यसँगको घाट संवाद ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)