रबरको कथा | Rubberko Katha | Herne Katha EP85 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 794

  • @gpdilpali3185
    @gpdilpali3185 2 года назад +75

    अत्यन्त महत्वपूर्ण आजको भिडियो ।
    स्वलम्बी बनौं, देशमा नै पौरख गरौं ।
    अनि आत्मनिर्भर बनौं भन्ने सन्देश !

  • @santoshpariyar6892
    @santoshpariyar6892 2 года назад +54

    सार्है राम्रो 🙏🏻म पनि कोरीयामा रबर कम्पनिमा काम गर्छु ।मैले यहा सिकेका कुरा नेपाल आएर सिकाउन पाए खुसी हुने थिए।

    • @ramneupane8333
      @ramneupane8333 2 года назад +2

      ल सर यो काम गरम म नि कोरिया मा छु

    • @Kamalapg511
      @Kamalapg511 9 месяцев назад

      Hjrko channel subscribe gareki xu hai sir 🙏🫡

  • @BashudevBastola
    @BashudevBastola 2 года назад +32

    हाम्रै ठाउँ तिरको यो कथा हेरि रहुँ झै लाग्यो ! नेपाली समाजमा लुकेका अनेकौ कथाहरुलाई साना साना कुरामा खुशी खोजिरहेका पौरखी मनहरु सामु प्रेरणाको श्रोत सरी पस्किने हेर्ने कथा टिम अनि हाम्रो राजेन्द्र बडा दुबैलाई धन्यबाद ।❤️

  • @santabahadurghale1462
    @santabahadurghale1462 2 года назад +51

    1965/66 मा Malaysia मा हामी Army तालिम गर्दा यस्तै रबरको रुखहरु भएका ठाउहरुमा पनि जाने गर्थ्यो । अहिले 56 बर्ष पछि हेर्ने कथा टिमले रबरको कथा मा देखाउदा बिगतको झल्को लाग्यो। मलाई यो episode सारै राम्रो लाग्यो, बधाई छ बिद्या मैया र हेर्ने कथा टिमलाई।

  • @prakashdahal2196
    @prakashdahal2196 2 года назад +100

    जे होस दुख पिरका कथा भन्दा समृद्धि,आसा बिकासका कथा दिने हेर्ने कथा को टिम लाई नमन!!!

  • @chakarbabuthapa9519
    @chakarbabuthapa9519 2 года назад +32

    यो कथा , कथा मात्र नभयर एक जिवनलाइ सरल र सुखमय बनाने मार्ग पनि रहेछ।

  • @pashupatibhattarai1779
    @pashupatibhattarai1779 2 года назад +10

    कृषि प्रधान देश मा परम्परागत खेती छोड़ी, आधुनिक बाली अपनाएको देख्दा रमाईलो लाग्यो। यसरी नै विश्व संग प्रति स्परधा गर्न सकिन्छ। प्रगतिशील र ज्ञान वर्धक कार्यक्रम को लागि कथा टीम लाई कोटि कोटि नमन र बधाई छ। नागपुर🇮🇳🇮🇳🇮🇳 बाट शुभेच्छा।

  • @Ancd-wc3ko
    @Ancd-wc3ko 2 года назад +34

    राम्रो अनि खुसी पनि लाग्यो " बिकास समृद्धि सम्भव छ" तर तन मन लगाउन पर्यो परनिर्भर हुनु भएन केही न केहि गर्यो भने असम्भव पक्कै छैन ( सम्पुर्ण टिम लाई बघाइ नया कुरा देख्न सुन्न पाइयो ) मलाइ पनि रहर जाग्यो तर हाम्रो तिर हुदैन रै छ धन्यवाद हाल कतार बाट हेर्दै छु

  • @bhawanalimbu3423
    @bhawanalimbu3423 2 года назад +9

    कति सरल । हेर्न र बुझ्न कति पनि झन्झट नहुने गरि न्यारेट गरेको रबरको कथा । हेर्ने कथाले नयाँ कुरा सिकाएकोमा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद । 😍

  • @munap1483
    @munap1483 2 года назад +22

    कस्तो खुसी लाग्छ नेपालमा नै केही गर्नुपर्छ भन्ने हौसला बोकेको मान्छे देख्दा ❤️

  • @indragurung1512
    @indragurung1512 2 года назад +17

    देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤️🙏

  • @krishnalimbu583
    @krishnalimbu583 2 года назад +5

    खोज पत्रीका भनेको एस्तोपो हुनुपर्छ त सलाम छ । हृदय भित्र देखिनाई सबैइ युनिट लाई 🙏 कर्म थलो बहराइन बाट नछुटाई हेर्ने गरेछु ।

  • @fansdotcom2007
    @fansdotcom2007 2 года назад +1

    धेरै समृद्दिकाे सम्भावना बाेकेकाे ज्ञानमुलक भिडियाे हाे। याे समृद्दिकाे सपना देखाउनका लागि गरिएकाे खाेज यहाँकाे मेहनत तारिफयाेग्य छ।❤️

  • @jiwanroka769
    @jiwanroka769 2 года назад +2

    नेपालमै उत्पदान गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने धेरै राम्रो छ
    एकदमै मोटिभेसनल भिडियो ।
    युवा वर्गको लागि अवसर बन्ने छ यो भिडियो ।
    धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई

  • @badigad8465
    @badigad8465 2 года назад +1

    धेरै राम्रो खुशी लाग्यो !
    मैले पनि मलेसियामा रबरको दूध निकाल्ने काम गरेको थिए नेपालमा पनि रबरको बोट र उत्पादन देखेर खुशी लाग्यो

  • @pradipbudha7331
    @pradipbudha7331 2 года назад +4

    धेरै खुशी लाग्यो हाम्रो देश अब रबर मा आत्मनिर्भर हुन सकोस ।र रबर खेती गर्ने सम्पुर्ण महानुभब लाई धेरै धेरै धन्यबाद । देश को बिकाश को लागि हजुर हरु को प्रयास देखेर्‍अ नमन गर्न मन लाग्यो।

  • @योगाउँकोठिट्टोम

    नेपाल सरकारले जङ्गल मासेर रबर खेती गरे राम्रो हुनेथियो कि धेरैले रोजगार पनि पाउने रहिछन राम्रो लाग्यो अाजको हेर्ने कथा ज्ञान मुलक 🙏

    • @munabhattarai4709
      @munabhattarai4709 2 года назад +9

      Jungle nai masera kheti garnu uchit hoina paryabaraniye santulal kayem nabhaye yo prithvinai basna yogye hudaina khali bhuvag dherai xa tesma lagaunu parxa jungle masera hoina

    • @ashishacharya129
      @ashishacharya129 2 года назад +1

      ​@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa

    • @ashishacharya129
      @ashishacharya129 2 года назад

      ​@@munabhattarai4709 rubber lagaye paxi masiyeko jungle pani feri rubber plant ko jungle nai ta huney ho .kamsekam tesle dherai lai rojgari ta dinxa

    • @Onlyjaycees
      @Onlyjaycees 2 года назад

      Testo garnu hudaina .. yedi plant haru lai kunai euta problem or rog lagyo bhane purai jungle massine dar huncga .. jungle bhabeko multiple plants ko hunu parcha ..

    • @balkrishnasapkota9658
      @balkrishnasapkota9658 2 года назад +1

      जङ्गल मास्न पर्दैन सर खाली बचेको ठाउँ मा लगाये काफी हुन्छ

  • @kumarrana2025
    @kumarrana2025 2 года назад +12

    आहा कति राम्रो कार्यक्रम, दुखको मात्रै नभई आशाको कथा 😘🙏

  • @roshan20455
    @roshan20455 2 года назад +1

    यो एपिसोड हेरेर कठै मेरो देशको नीति र नेता भन्न मन लाग्यो।

    • @tilakbhandari1591
      @tilakbhandari1591 2 года назад +1

      Yes. Maile Gorakhkali Rubber Udyog Ltd bat yo Kheti research suruu gareko, laghi raheko chow ! 33 barcha bhayio.

  • @subashhlimbu7912
    @subashhlimbu7912 2 года назад +6

    हेर्ने कथा हेर्ने मात्र होईन रहेछ, गर्नलाई पनि Inspire गर्ने रहेछ ।Wow so motive🙏

  • @bishnuraut6639
    @bishnuraut6639 2 года назад +5

    अनेकौं अप्ठ्यारा परिस्थितिसँग जुध्दै घाम,पानी, आँधीहुरी, उकाली, ओराली, खोलानाला, तालतलैया, खोच, भिर, पहिरोहरु छिचोल्दै हिमाल, पहाड, तराईमा फुलेका सुन्दर, मौलिक र प्रेरणादायक कथाहरु खोजी हिड्ने निर्माण समुह मौरीको एक झुण्ड हो । "हेर्ने कथा" नामक मह उत्पादन गर्ने यो समुहले समाजका लागि प्रेरणादायक र हितकारी कथाहरु अनेकौं जन्म पस्किरहन सकोस् शुभकामना !! जय हेर्ने कथा ❣️

  • @deepakrai3260
    @deepakrai3260 2 года назад +1

    Hats off to you... Herne Katha... सरकार कहिले व्यूझिने हो... भन्छन् नी सुतेको लाई उठाउन सकिन्छ रे तर सुतेको नाटक गर्नेलाई उठाउन सकिंदैन रे... त्यस्तै हो हाम्रो सरकार अनि केही नभनौं, हेरी रहौं। हैट... जिन्दगी....

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +9

    हाम्रो नेपालमा गरे जे पनि उत्पादन गर्न सकिने रहेछ हेर्न कथाको सम्पूर्ण टिम लाई सराहनीय धन्यबाद छ🇳🇵🇲🇾

  • @didaneponica5967
    @didaneponica5967 2 года назад +1

    आहा! सञ्चिकै नयाँ स्वाद। कस्तो मज्जा आयो आज। रबर खेती काे कथाले मन भरियो अनि छचल्कियो । देश काे अर्थतन्त्र धान्न सक्ने कस्तो सहज विकल्प। सम्भावना भएको ठाउँमा सबैले रबर खेती बुझे हुन्थ्यो अपनाए हुन्थ्यो। धेरै धन्यबाद आशा जगाउने नयाँ कथालाई अनि शुभकामना किसान र व्यवसायी लाई। कथा हेरेर रबरकाे दुध जस्तै सफा भयो मन।

  • @homnathpaudel9896
    @homnathpaudel9896 2 года назад +1

    बहुत राम्रो कुरा स्वदेशी उत्पादनमा ध्यान दिन जरुरत छ सरकारले

  • @rameshpandey9194
    @rameshpandey9194 2 года назад +4

    सारै राम्रो कथा , धेरै लाई उत्प्रेणा मिलोस , यती राम्रो आमदनी को माध्यम साथै हरियाली ,पर्यावरण जोगाउने।
    Thanks हेर्ने कथा Team

  • @hemantamagar1954
    @hemantamagar1954 2 года назад +130

    Good to hear that someone has started this job. Actually I had planned this profession back in 2009 to produce rubber in Nepal. but due to financial problem I couldn't do it. Even my friends and relatives were laughing. A friend of Kerela has shared this idea to me..Anyways Nepal government should provide all the necessary assistant to these sorts of Jobs.

    • @narayankarki6409
      @narayankarki6409 2 года назад +3

      👍️👍️👍️👍️

    • @rameshsth2863
      @rameshsth2863 2 года назад +2

      sir, invest lagvag kati lagni raixa?

    • @anmolkc6197
      @anmolkc6197 2 года назад

      @Ramesh Sth अनुमानको भरमा कुरा गर्नु भाको होला त्यहि भएर थाहा छैन उहाँलाई पनि 😅

    • @yambahadurthapamagar2167
      @yambahadurthapamagar2167 2 года назад

      Tt3

  • @pamphabohara3603
    @pamphabohara3603 2 года назад +10

    पिर भुलेर हास्न अनि आशा र प्रेरणाले बाच्न सिकाउने यथार्थ भोगाइको कथा हेर्ने कथा❣️

  • @umeshbasnet1135
    @umeshbasnet1135 2 года назад +4

    मेहनती हात हरु लाई सलाम छ, पौरखी हरुको पौरख लाई समावेश गर्नु भएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हार्दिक नमन ।

  • @rupadixitjoshi
    @rupadixitjoshi 2 года назад +1

    यत्रो खेति हुन थाली सकेको रहेछ, सेतो सुन फलाउने रबर बगानहरू । धेरै सिकियो! धन्यबाद हेर्ने कथा टीम !

  • @birrai6275
    @birrai6275 2 года назад +1

    अत्यन्तै प्रेरणादायी आजको यपिसोड ।

  • @mayachamling209
    @mayachamling209 2 года назад +2

    असाध्यै राम्रो काम भईरहेको छन नेपालमै यो हेरेर खुसी लागो बिधाजी फोन नम्बर पनी उपलब्ध गराईदीनु भएको भए धेरै राम्रो हुन्थ्योनी कुबेत बाट हेर्दै🙏🏼🇰🇼❤️

  • @User321_Rajesh
    @User321_Rajesh 2 года назад +3

    मेरो घर मोरङ्ग हो।
    मोरङ्ग मा अधिकाँश मानिसहरू ले रबर खेतिको बारेमा जानकारी पाएकै छैनन। खेतमा परम्परागत धान खेति लगाउने चलन छ। रुख लगाईहाले मसाला को रुख, रँग काठको रुख लगाएका छन।
    सरकारले यसको बारेमा प्राविधिक कक्षा सुरु गरे हुनेथियो। यस जानकारी मुलक कथाको लागि हेर्ने कथा टिमलाई धन्यवाद ज्ञापन गरे।।।

  • @krishnapandey-wx3zu
    @krishnapandey-wx3zu 2 года назад +1

    म १९९६ सालमा मलेशियाको यात्रामा जादा यो विरुवा मलेशियाको डाडा भरि जता ततै यो रबरको बिरुवा देखेको थिए अहिले यो नेपालमा देख्दा सारै राम्रो लाग्यो हामी यो बिरुवालाई नेपालको बाझो पहाडी क्षेत्रमा रोपेर आम्दानी गर्न सकिन्थ्यो कि । सारै राम्रो भिडियो लाग्यो नेपालीको पनि भविश्य उज्वल हुन्छ कि दक्ष प्राविधिक बाट हामीले शिक्षा लिनु अनिवार्य हुन्छ ।

  • @thakurpoudel2956
    @thakurpoudel2956 4 месяца назад

    आज फेरि एउटा नयाँ खोज किसान हरुको लागि सुबर्ण अवसर रबर खेति यानकि सेतो हिरा तर बिडम्बना रबरको रुखले भने मानिस ले जस्तै अग्सिजन लिन्छ । बिध्या जि लफाएत सबै टिमलाई बधाई

  • @samyogkaji7022
    @samyogkaji7022 2 года назад +1

    सधैं दु:खको कथा हेर्ने आज आफ्नै देशमा एस्तो देख्दा बिदेश बाट अहिले फर्केर आउ नेपालमै केही गरु जस्तो लाग्यो मेहनत् गरे के हुन्न र 🙏🏻🙏🏻👏👏👏👏

  • @kapurgurung9566
    @kapurgurung9566 2 года назад

    यी र यस्ता उर्जाशिल भिडियो बनाउनु हुन्छ र हेरि रहुँ लाग्छ र भित्र भित्रै जालेर अाउछ कुन दिन खाडीकाे जागीर छाेडेर नमरुन्जेल एकै पेशामा रहेर 5/10 जनालाई राेजगारी दिऊ झैँ लाग्छ । सलाम यी सबै टिम र उर्जाशिल झापाली साथीहरु र रबर विशेषज्ञालाई ।

  • @jiwanroka769
    @jiwanroka769 2 года назад +1

    आहा! सञ्चिकै नयाँ स्वाद। कस्तो मज्जा आयो आज। रबर खेती काे कथाले मन भरियो अनि छचल्कियो । देश काे अर्थतन्त्र धान्न सक्ने कस्तो सहज विकल्प। सम्भावना भएको ठाउँमा सबैले रबर खेती बुझे हुन्थ्यो अपनाए हुन्थ्यो। धेरै धन्यबाद आशा जगाउने नयाँ कथालाई अनि शुभकामना किसान र व्यवसायी लाई। कथा हेरेर रबरकाे दुध जस्तै सफा भयो मन।
    Copy: DiDa Neponica

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +28

    हेर्ने कथा को ठुलो Fan मा 😊🇳🇵🙏

  • @माम्बातामाङ्ग

    हेर्ने कथा लाई हेर्न लाई सुरु गरे है हल कुवेत बाट

  • @MrSubodhthapa
    @MrSubodhthapa 2 года назад

    केही महिना अगिको यात्राको क्रममा तेजनाथ सरबाट जुन ज्ञान प्राप्त गरे रबर उध्योगको बारेमा एक्दम उत्साह प्राप्त भएको थियो। त्यही उत्साहलेनै गर्दा आज धेरै पछि हेर्नेकथाको यो भागनी हेरियो। यो कथा लेरायेकोमा धेरै धेरै धन्यवाद

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 2 года назад +2

    हेर्ने कथा जब मैंले हेर्नु शुरू गरे तब देखि निरन्तर रूपमा हेर्ने गरेको छु 🇦🇪🇦🇪🇦🇪🇦🇪 बाट 🙏🙏🙏 l

  • @renukarai2657
    @renukarai2657 2 года назад +1

    नेपालमा पनि एस्तो रबरकोखेती रछ तर थाहाथिएन हेर्दाई अनौठो र अचम्म रमाईलो पनी लागो त्यसैले हेर्ने कथा का सम्पूर्ण टिमलाई सधै धेरै-धेरै धन्यवाद छ 🙏🙏

  • @krishnagrg4872
    @krishnagrg4872 2 года назад +11

    This is novel prize show.. I really love this episode.. NO. 1 in my list.. This business will bring huge development in our country.. This is really serious and deep subject.. Thanks.. I hope our leaders are watching this.. Somebody tell about this to Rabi lamichhane.. 🙏🙏🇳🇵🇳🇵

    • @balkrishnasapkota9658
      @balkrishnasapkota9658 2 года назад +1

      रास्ट्र धनी बनाउने मिसन हो सर यो तर राज्य निदाये झै लाग्छ

    • @tilakbhandari1591
      @tilakbhandari1591 2 года назад

      Rabi je also my friend. He knows about this project.

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 года назад +1

    गरेपछि नहुने के छ र भन्ने उदाहरण हो यो रबर खेती एकदम राम्रो कामको थालनी गर्नु भएको छ सफलताको कामना।

    • @tilakbhandari1591
      @tilakbhandari1591 2 года назад

      2045/2046. Dhekhi 5 hectare ma Suru Gareko Gorakhkali Rubber Udyog Ltd Ra Shuda Fal Rus Pvt Ltd "Rubber Pilot Project". Sanischare , Jhapa Bat.

  • @mursalinahmad8866
    @mursalinahmad8866 2 года назад +1

    आहा। हेर्दा हेर्दै सिद्धिएको पो रहेछ। 🤔

  • @bicharilimbu177
    @bicharilimbu177 2 года назад

    उधीयोगको बारेमा अतिनै राम्म्रो र अति राम्म्रो संदेश

  • @supriya_rai456
    @supriya_rai456 2 года назад

    हेर्दै जादा अन्तिममा दाईले भनेको कुराले मन चसक्क भयो। बास्तबिक कुरा, गरे के हुन्न प्रकृतिले हामीलाई यति धेरै दिएको छ कि तर हामीले त्यसलाई उपयोग गर्न सकेका छैनौ जानेका छैनौ गर्ने जागर चलाएका छैनौ अनि गरिब भैइयो भनेर दुख मान्छौ ।

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 2 года назад +1

    माटोमा सुन फल्छ तेसै भनेको हैन यहाँ हेर्नुस् सेतो सुन हरेक दिन बिहानै रूखबाट चुइ रहेको छ । यसलाई अझै बिस्तार गर्न जरुरी छ ।

  • @tanishaofficial4265
    @tanishaofficial4265 2 года назад +4

    हेर्ने कथालाई सलाम छ 🙏🙏🙏 एकदम जानकारीमूलक सामाग्री

  • @prembhujel2297
    @prembhujel2297 2 года назад +2

    नमस्कार दिज्यु,यदि नेपालमा पनि मलेसियाको जस्तै आधुनिक मसिन भित्र्याउन सक्ने हो भने बिस्वकै उत्तम फिनिसिङ फर्निचरमा,रबर पर्दछ,यो रबर भन्दा कम मुल्यवान छैन,मलाइ राम्रो ज्ञान छ रबर फर्निचरको गुणस्तर कसरी छुट्ट्याउनु पर्छ भनेर,

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 2 года назад +1

    म ईलामेली हो तर झापा मै यति ठुलो रबर खेती छ भन्ने थाहा थिएन । धन्यवाद बिध्या दिदी अनि सम्पुर्ण हेर्ने कथा टिम लाई 🙏🙏 अत्यन्तै प्रेरणादायी कथा बनेको रहेछ। गरे के हुन्न र भन्ने गतिलो उदाहरण रहेछ।

  • @nabrajsunar5642
    @nabrajsunar5642 2 года назад +2

    आहा कतिराम्रो यसरी पो देश समृद्धि तर्फ जान्छ निकै मन पर्यो हाम्रो देशको नेताहरूको बुद्धि कहिले आउला ? रबर खेती गर्ने सबैलाई सलाम 🙋‍♂️

  • @ashishneupane2792
    @ashishneupane2792 2 года назад +1

    यो हो नीत नौलो कथा😌 धेरै दिनपछि नौलो कथा हेर्न पाएकोमा खुशी लाग्यो ,,,,,,,,,,,,

  • @pratikshyamishra8686
    @pratikshyamishra8686 2 года назад +30

    Inspirational video for the young generation❤️huge respect for the farmers of our country 🌱 thank you so much Herne katha💗

  • @anilsuyal8988
    @anilsuyal8988 2 года назад +2

    Yestai agriculture entreprenbeurship ko information ..east to west samma....ko video aairakhos..herne katha lai dhanyabad

  • @jagdishgm1491
    @jagdishgm1491 2 года назад +17

    Asham second Nepal 🇳🇵 heart touching line

  • @sujanadhikari2972
    @sujanadhikari2972 2 года назад +1

    मान्छेहरू भनिरहन्छन नेपाल संम्भावनाकाे खानि हो तर खाेज गर्दैनन् । र राज्यले पनि त्यो संम्भावनालाइ चिन्न नसक्दा मुलुक अधाे गति तिर जान्छ । जुन अहिले भइरहेको छ । मलाई लाग्छ यस बिषयसँग सम्बन्ध राख्ने सरकारी बिभाग अझै पनि बेखबर हाेला। सके अनेक बहानामा राज्यकाे अाडमा यसलाई उल्टो बन्द गर्न समेत पछि पर्दैन । सबैभन्दा ठूलो कुरा अनुसन्धानको दायारा फराकिलो हुनुपर्याे सरकारका एजेन्ट हरू खालि चाेर बाटोमा मात्रै हिनिरहन्छन् उनिहरूले अाफ्नाे कार्यक्रममा यी र यस्ता बिषयहरू पनि समाबेश गर्नुपर्याे । राज्य र त्यस मताहतका एजेन्टका सुस्त अभ्यासहरूलाई कहिलेसम्म निरन्तरता दिइरहने हो ? नयाँ शैलीमा हामी हिड्न नसक्ने नै हो त?
    हेर्ने कथाको यो शृङ्खला एउटा बिषय उठान मात्रै हो । भित्र कथा हेर्दा एउटा आनन्द त छ तर यिनिहरूलाइ सहज बनाइदिन राज्य परै अनुत्तरदायी र लाचार छ त्यो सबैभन्दा तिताे कुरा हो ।

  • @rkkhadka1
    @rkkhadka1 2 года назад +4

    This is by far one of the best channel I have seen in YT when it comes to showing Nepal for who we really are, hands down!!

  • @dhanapatiluitel2758
    @dhanapatiluitel2758 2 года назад +2

    ठाउँ ठाउँमा पुगेर धामपानी नभनी गाउँ गाउँ को प्रतिभा लाई विश्व सामु ल्याउनु हुने सम्पूर्ण विश्व घटना टिमलाई विशेष धन्यवाद 🙏🙏🙏

  • @paraskoirala2567
    @paraskoirala2567 2 года назад

    गरे सबै सम्भावना छ।मात्र जागर चाहियो।धन्यवाद हेर्ने कथा।

  • @sujanbegha732
    @sujanbegha732 2 года назад

    सलाम छ सम्पुर्ण टिमलाई।आफू झापामै रहे पनि यो बिसयमा केही ज्ञान थिएन।रबरको बोट चाहिँ देख्या हो।यश एपिशोड बाट धेरैले नेपालमै केही गर्ने अवस्य प्रेरणा मिल्ने छ।पुन धन्यवाद सम्पुर्ण टिममा।

  • @biddrohisaila2794
    @biddrohisaila2794 2 года назад

    सारै सान्दार्भिक इपिसोड लाग्यो हेर्ने कथाहरु मध्य ।

  • @-Leeleo
    @-Leeleo 2 года назад +1

    यो रबर बाट कन्डम ग्लोब्स बेलुम जस्तो महत्त्वपूर्ण चिजहरु बन्छ मैले मलेशियामा ४ बर्ष काम गरेको अनुभव छ म सङ्ग,मेसिनहरु धोएको पनिहरु लाई जमाएर पनि juत्तको शोल टायरहरुको लागि रबर उपयुक्त हुन्छ

  • @Silent-Sim
    @Silent-Sim 2 года назад +10

    First time ever you have provided us to know about Rubber plant...
    Thank you Herne Katha 🙏🙏🙏

  • @yubarajlimbukhapung2774
    @yubarajlimbukhapung2774 2 года назад +1

    हेर्ने कथा को आज को शृङ्खला अति उपयोगी अनि महत्त्वपूर्ण लागो , धन्यवाद हेर्ने कथा टिम लाइ

  • @kulbastola1213
    @kulbastola1213 2 года назад

    देश बिकाश हुने भनेकै यही तरिका हो सलाम छ जय किसान ।

  • @premlama7076
    @premlama7076 2 года назад

    सिक्न र सिकाउन जरूरि छ येस्तों शीप बिकास ले मन छून्छl धेरै वधाई छ वहँ ह़रू लाई

  • @sumitradahal9604
    @sumitradahal9604 2 года назад

    परनिर्भरताले हामीलाई छुनु पर्यो नत्र खोक्रो रास्ट्रियताले केही हुनेवाला छैन, वहाँको अन्तिम लाइन कति मिठो 🙏🙏

  • @omprakashmahara
    @omprakashmahara 2 года назад

    गजब को documentary! खाथा को लागि धन्यवाद।

  • @narmayabhandari3861
    @narmayabhandari3861 2 года назад +2

    आफ्नै जिल्ला ए छिमेकी पालिका हतुमा यति राम्रो र आम्दानी दिने खेती रहेछ धन्यवाद हेर्ने कथा टिमलाइ

  • @Dinesh082
    @Dinesh082 2 года назад +1

    ओखर खेतीको बारेमा पनि अनुसन्धानात्मक भिडियो ल्याउन पर्यो भन्छु है म चैं।

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 2 года назад +6

    नमस्कार बिध्या दिदी लगायत हेर्ने कथाको टिम सम्पुर्णमा। दिदी अजकल किन हेर्ने कथा डिले भैरहेकोछ जानकारी पाउ ?? अनि माटोको कथाका पात्र स्वर्गीय झम्प राई प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

  • @narenlimbu9089
    @narenlimbu9089 2 года назад

    लास्ट्को दाजुको सब्द्ले सबैको मन छोयो जस्तो लाग्यो,,अनि नेपाल सरकार को ध्यान यता तिर नि गैदेदेखी देश बिकाश आफै हुन्छ जस्तो लाग्छ,,

  • @GANGAOFFICIAL
    @GANGAOFFICIAL 2 года назад

    सारै राम्रो कथा , हेर्ने कथालाई सलाम छ 🙏🙏

  • @hellodang143
    @hellodang143 2 года назад +7

    नेताले बिगारे पनि जनता ले जोगाएको देश मेरो…!!

  • @bhimsensaru4796
    @bhimsensaru4796 2 года назад

    अत्यन्त महत्वपूर्ण भिडियो , देशको उत्पादन लाई हामीले पुरै साथ सपोट गनुपर्छ❤🙏

  • @lecielministry3799
    @lecielministry3799 2 года назад +8

    I'm always happy when I see Nepalese people doing something good for themselves. Thumbs up :):)

  • @akl-bd
    @akl-bd 2 года назад +1

    एकदम राम्रो लाग्यो ।
    मलाई पनि रबर खेतीगर्न मन लाग्यो ।
    रबर खेतीसम्बन्धी थप कुराहरु जान्ने जिज्ञासा लाग्यो मलाई कसैलाई थाहा भए कृपया प्रतिक्रिया दिनुहोला ।
    १. रबर खेतिको लागि कति उपयुक्त मौसम कति देखि कति डिग्रीको हुन आवश्यक छ ?
    २. के यो खेती हिमाली र पहाडी क्षेत्रमा नि गर्न सकिन्छ ???

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 2 года назад

    सारै खुसि लाग्यो रबर को कथा हेरेर

  • @dalbirsunar9468
    @dalbirsunar9468 2 года назад +1

    हेर्ने कथालाई हेर्दै छु मलेसिया बाट

  • @agnirai4474
    @agnirai4474 2 года назад +1

    सारै राम्रो लाग्यो प्रोग्राम..भबिस्य मा मेरो पनि रबर खेती गर्ने विचार छ. मेरो घर उदयपुर जिल्ला हो. त्यहाँ रबर खेती हुन्छ कि नाई तर प्रयास गर्नु पर्ला.
    धन्यवाद " हेर्ने कथा " Team लाई.

  • @gyanu65
    @gyanu65 2 года назад

    म हेर्ने कथाहरू नियमितरुपमा हेरि रहन्छु अत्यन्त खुशी लाग्छ तर बोल्नुहुने महानुभावहरुको आवाज एकदमै मधुरो आउछ कि्पया आवाज अलिकति ठुलो बनाइदिए कान कम सुन्नेहरूलाई पनि देखाउन हुन्थ्यो।

  • @खबररचना
    @खबररचना 2 года назад +3

    कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्थे मुनी, यस्तो भिडियाे बयान गर्न तिन लोक तेह्र भुवन का तेत्तिस कोटी देवता, नन्दि, भिरीड़्गि, चौसठ्ठि योगिनी, बाह्र मुख भएका शेष नागले त कहाॅ सक्लान। र अमराबतीका अप्सराहरु पनी मन्त्रमुग्ध भएर नागीन चाल सहित तपाईको सुन्दरताको दर्सन गर्न धर्ती लोकमा झर्न तयार भएका छन रे!
    इन्द्र पनी तपाईलाई कीड्न्याप गर्न धर्ती झर्ने खबर आएको छ रे। तपाईको सुन्दरतालाई कैद गर्न उनी स्वयम डि एल एस आर कीन्न काठमान्डौ झर्ने कुरा छ। मिठाे ध्वनि🥰🥰🙏🙏🙏🙏

    • @kopilneupane14
      @kopilneupane14 2 года назад +1

      Yati Ramro katha tw hjr ko rai x 😛😛🤣

    • @खबररचना
      @खबररचना 2 года назад +1

      @@kopilneupane14 hyernus nw tw
      Vedio🤣🤣

    • @kopilneupane14
      @kopilneupane14 2 года назад +1

      @@खबररचना heri saker cmnt gare ko 😛😛

  • @debendragc2847
    @debendragc2847 2 года назад

    नेपालीको लागि सुन्दर कार्यक्रम हेर्ने कथा

  • @jhalakrokaya5286
    @jhalakrokaya5286 2 года назад

    नेपालमा प्रत्रकारिता कस्तो हुनुपर्छ भनेर सब्बैले utube हरुले केही सिकुन🙏🙏अरुको बैयतिक स्वतन्त्रता बाहिर ल्यायर कानुनभन्दा माथी गयर आफैले फैसला गरिदिने आज्भोलिका झोले प्रत्रुकारहरुलाइ हेर्ने कथा एउटा उदाहरण हो😊

  • @velubaje9495
    @velubaje9495 2 года назад

    बिकासको र आर्थिक स्थितमा सुधारको यी सुधारका नमुना हुन । सबैलाइ यस्तै काममा लाग्न अनुरोध छ

  • @sanykhadka2340
    @sanykhadka2340 2 года назад +1

    गरेपछि के छैन नेपालमा , एक उदाहरण । नेपाल मा मेहनत गर्न अल्छी मान्ने अनि देश र नेताहरूलाई दोष लायो खाडि छिर्यो । हाम्रो बानि, यो हेर्ने कथा को रबर को कथा बाट केही सिक्नेकि । ...

  • @chochangejetha9873
    @chochangejetha9873 2 года назад +1

    हाम्रो नेपाल मा पनि रबर खेती सुरु गरिसक्नु भयको रैछ खुशी लाग्यो

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 2 года назад

    मेरो आफ्नै ठाऊ को सेतो सुन को खेती यति धेरै फाईदा र आमदनी दिन्छ भन्ने कुरो अझै सम्म मलाई थाहा रहेनछ म कन दुनिया मा रहछू बड़ो चासो र खुलदुली लाग्यो धन्यवाद हेर्ने कथा टीम लाई मेरो 🙏🙏

  • @santoshkarki7737
    @santoshkarki7737 2 года назад +2

    मलाइ त अनौठो लाग्यो

  • @liyonkshetry4187
    @liyonkshetry4187 2 года назад

    गरे पछि नेपालमै पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण भिडियो हेरेर सारै मन पर्यो

  • @mohansapkota657
    @mohansapkota657 Год назад +1

    धेरै राम्रो काम ।।

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 года назад

    खुसि लागाे अरु फैलाउदै जानुहाेला 🙏🙏🙏🙏💗🌹🌼🌻🥀💮🌿🌻🇳🇵🇳🇵🇲🇾🇲🇾

  • @vikhanchaudhary9766
    @vikhanchaudhary9766 2 года назад

    धेरै राम्रो लाग्यो । म पुरै भिडियो हेरे राम्रो छ। साउदी बाट हेर्दै छु।

  • @sastikaregmi8065
    @sastikaregmi8065 2 года назад

    धन्यवाद हेर्ने कथा टिम🙏🙏

  • @nishagautam6923
    @nishagautam6923 2 года назад +3

    म पनि तपाइहरु सङ एकपटक हिड्न चाहान्छु कुनै कथाका पात्रलाइ आफ्नै अगाडि हेर्न चाहान्छु कसरी जान मिल्छ भन्दिनुन 💕❤️🙏हेर्ने कथा परिवारलाई धेरै माया❤️🥀

    • @Vlog-yb
      @Vlog-yb 2 года назад

      Web sitema mail garnus most welcome x

    • @kopilneupane14
      @kopilneupane14 2 года назад

      Mani Aau the Sagai jam

  • @पर्शुनिरौला
    @पर्शुनिरौला 2 года назад +3

    आहा मेरो गाऊ चिया र राबड़ मा अगाडी
    झापा हर चिज मा अगाडी

  • @rosanisharma5740
    @rosanisharma5740 2 года назад

    आहा! कस्तो मिठो कथा, आशा को कथा

  • @Kueero
    @Kueero 2 года назад

    नीकै राम्राे भिडियो।