Baa | "बा" को हुन् र के हुन् यत्ती बुझे पुग्छ | Rabin Sharma | Nira Sharma |

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 18

  • @nirasharma2624
    @nirasharma2624 5 лет назад +7

    रविन दाजु र हरि लम्साल जीलाई धेरै धन्यवाद !

  • @daaminigurung7090
    @daaminigurung7090 5 лет назад +2

    हरेक शब्द शब्दले यति धेरै मन छोयो
    उस्तै मिठो बाचन शैली
    खुब रोए.... बाबाको यादले असाध्यै पिरोलि रह्यो अनि खुब रोए... धेरै रोए
    मेरो बाबा जाहां रहनु भए पनि माया र आशीर्वाद सधै साथै रहुन
    मेरो प्रिय बाबा ....धेरै धेरै माया ❤️❤️❤️

  • @badalghimire5435
    @badalghimire5435 5 лет назад +3

    बा ♥️♥️

  • @dipkarrai7422
    @dipkarrai7422 5 лет назад +1

    बाबा! मेरो प्यारो बाबा!

  • @sauravkalikote5597
    @sauravkalikote5597 5 лет назад +2

    Man xoyo dada ho sachikai aamaa ka geet katha sayari derai sune tara baba vanne sabda kahi sunena

  • @keshavsubedi2166
    @keshavsubedi2166 5 лет назад +1

    😍😍😍😍😍😍😘😘बुबा 😍😍

    • @ambikachaudhary533
      @ambikachaudhary533 5 лет назад

      Buwa🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤😘😘😘😘😘

  • @mithochiyamithoguff2582
    @mithochiyamithoguff2582 5 лет назад +2

    Much love 💕
    I miss my Baa 😘😘

  • @pashupatioli1550
    @pashupatioli1550 3 года назад

    miss you love you bawa

  • @sauravkalikote5597
    @sauravkalikote5597 5 лет назад +1

    Dada tq tq tq sooooo much dada i love this songs

  • @monstermike8383
    @monstermike8383 5 лет назад +1

    ❤️❤️❤️❤️❤️
    5 STAR

  • @PrakashGurunG1000
    @PrakashGurunG1000 5 лет назад

    Love you so much dad thankyou for always supporting me ❤

  • @smokerboy2195
    @smokerboy2195 5 лет назад

    Miss you baba 😍😍😘😘😘

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 5 лет назад +3

    khai kun sabda le sambodhan garum ba.. metro lagi sansar ho ba ko yad le m sadhai vabug vairahanchu sayad ba le dherai maya diyera nai hola ba ...

  • @zidanemessiargf10
    @zidanemessiargf10 5 лет назад

    👏👏👏🙏🙏😢

  • @cniraula
    @cniraula 5 лет назад +3

    "बा"
    कबयत्री- निरा शर्मा
    ◇◇आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् ◇◇
    मैले धेरै पढेँ
    आमाका बेदनाका कथाहरु
    तर कहिल्यै पढिन
    बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु
    धेरै पटक कविहरुले
    आमाकै तारिफमा कबिता कोरे
    आमाकै गीत संगीत भरे
    आमालाई धर्ती भन्नेहरुले
    बालाई कहिल्यै आकाश भनेनन्
    र त बा सँधै ओझेल परे ।
    बारीको डीलमा चुपचाप
    ठिंग उभिएको बूढो रुख झैं
    बा कहिल्यै उभिएनन्
    भन्ज्यांगको चौतारी झैं
    ढसमस्स बसेनन् बा कहिल्यै
    बा त हाम्रो अँधेरो मेटाउन
    मैन झै जलिरहे
    हाम्रा खुसी समेट्न
    मोनो रेल झैं चलिरहे
    जिन्दगी भर कुदिरहे कुदिरहे
    थाकेर सुइय नगरि
    सँधै एक्लै कुदिरहे
    त्यसैले त अग्लिदैछ
    एक्लोपनको हिमाल बाको मनभित्र ।
    यतिखेर लम्पसार छ निरस जिन्दगी
    बाकै अघिल्तिर
    थिचिएर त्रासले सँधै
    घुरिरहन्छ घ्वारघ्वार
    कुम्भकर्णको निद्रामा
    बाको अन्योल जिन्दगी
    तर बा
    करकलाको पातमा टलपल पानी झैं
    आँसु टिलपिलाएका आँखामा
    निद्रा हराएपछि
    खुसीहरुको सिला खोज्दैछन्
    परेलीका डीलहरुमा ।
    बोल्दा बोल्दै भासिन्छ बाको स्वर
    बोली बन्द हुन्छ एकाएक
    थाहा पाउछु म गला अबरुद्ध भएको
    र पनि दबाएर सबै पीडा
    मुस्कुराएको अभिनय गर्छन्
    म चिन्छु त्यो मुस्कान
    त्यो नक्कली मुस्कान
    जो बाको होइन हुदै होइन ।
    फुंग रंग उडेका उदासीका फूलहरु
    फुलेका छन् बाका मुहार भरि
    चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरुमा
    कतै एक धर्को सन्तोष छैन
    कपाल झरेर खुइलिएको बाको तालुमा
    जिम्मेवारीको चर्को घामले
    उदाए देखि अस्ताउदा सम्म
    ठुंगिरहन्छ ।
    भित्र मनमा कता कता
    बिगत र आगतको
    उही चिन्ताको पहाड उभिएको छ
    र बा त्यही पहाडमा उभिएर
    संसार जितेको नाटक गर्छन्
    अनि बाँड्छन् हामीलाई
    पैंचो मागेका उधारा खुसीहरु
    तर यथार्थमा
    बा हारिरहन्छन् पलपल
    मेरो लागि , तिम्रो लागि , र हाम्रो लागि
    हो, बा त्यो हरुवा हो जो
    सँधै हारि रहन्छन्
    केवल सन्तानका लागि ।