चुमनुब्री गाउँपालिकामा लाखौं किलो स्याउले बजार पाउन नसकेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #birgunj #nepal #anewstelevision
    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वदेशी उत्पादनले बजार नपाउदा विषाधियुक्त स्याउ विदेशबाट आयात गरेर खान बाध्य हुनुपरेको उनीहरुले जनाएका हुन् । २५ सय देखि ३ हजार मिटरको हिमाली क्षेत्रमा किसानहरूले उत्पादन गरेको स्याउलाई गाडीमा बजारसमक्ष लानका लागि प्रति केजी ५० रुपैयाँ जति ढुवानी लाग्ने देखिएको उत्पादन महाअभियान नेपालले जनाएको छ । हेलिकप्टरमा ढुवानी गर्दा भने प्रति केजी ६ सय ६६ पर्न गएको उत्पादन महाअभियान नेपालका संयोजक रमेश पण्डितले बताउनुभयो । उत्पादन महाअभियान नेपालले किसानले उत्पादन गरेका कृषिबस्तुलाई सहज रुपमा बजारीकरण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Комментарии •