कीवी खेती || नेपालकै पुरानो डोल्मा र लाक्पाको लोभलाग्दो कीवी फर्म || kiwi farming in nepal || kivi

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • किवीको परिचय -
    संसारका विभिन्न फलफुलहरु मध्यमा विकिसत मुलुकहरुमा किवीफल कैयौं शताब्दी अघि देखि नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देश नेपालमा भने यो फल भर्खरै मात्र जानकारीमा आएको हो । साधारण भाषामा ‘किवी’ भन्नाले न्युजिल्याण्डको राष्ट्रिय चरा भन्ने बुझिन्छ । यो हेर्दा खैरो देखिनुका साथै निकै ठुलो पनि हुन्छ । किवी फलको खेतिको शुरुवात १६‌औं शताब्दीमा चाइनाबाट भएको पाइन्छ । त्यस बेला यस फलको नाम चाइनिज भाषामा ‘Yang tao’ थियो ।
    किवी फलमा संसारभर पाइने फलहरुमा भएको तत्वहरुको अलावा भिटामिन ‘सी’ अत्याधिक मात्रामा पाइने हुनाले यस फललाई ‘राजा फल’ भनेर चिनिन्छ भने युरोप र अमेरिकामा सर्वोत्कृष्ट फल भनेर चिनिन्छ । बेलायतको कृषि मन्त्रालयले संसारभर पाइने विभिन्न फलफुलहरुको परिक्षण गर्दा किवी फलमा अन्य फलहरुमा पाइने भन्दा धेरै नै बढि मात्रामा भिटामिन, प्रोटिन, मिनरल र अन्य तत्वहरु पाइएको तथ्य समेत सार्वजानिक गरेको छ । यो हेर्दा चाइनिज गुजेवरी वा ठेकीफल जस्तै देखिएता पनि नेपालमा भने यसलाई ‘झुसेफल’ को रुपले चिनिन्छ । किवीको बैज्ञानिक नाम एक्टिनिडीया डेलिसियोसा (Actinidia deliciosa) हो ।
    यो भिडियोको सम्पुर्ण प्रतिलिपि अधिकार Juneli Online Tv मा निहित रहेको छ । यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा राखेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #kiwifarminginnepal #nepalikiwi #कीवी #krishisuchana #krishinews

Комментарии • 8