६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस ! | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • Tamasoma jyotirgamaya | Tikaram Yatri
    ६ महिना अँध्यारो हुने अंटार्कटिकामा माइनस ५० डिग्रीमा १६ महिनाको सकस !
    #तमसोमा_ज्योतिर्गमय
    माटाेमाथि बाटाे कसले बनायो बा, मान्छे-मान्छेमा फाटाे कसले बनायो बा- गजलकार बाबू त्रिपाठी ! भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली #तमसोमा_ज्योतिर्गमय
    Guest: भुवनसिंह विश्वकर्मा- अंटार्कटिका पुग्ने पहिलो नेपाली
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 339

  • @santilamichhane1803
    @santilamichhane1803 Месяц назад +64

    उहाँको नाम त 3 कक्षा मै पढेको हो आज देख्न पाईयो खुसी लाग्यो तर किन उहाँ गुमनाम यति ठूलो कीर्तिमान हासिल गर्नु भएको महान व्यक्ति फेरि फेरि देख्न सुन्न पाइयोस् सलाम उहाँलाई 🙏👍👍

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +8

      टीकाराम यात्री जी , धेरै मीत्र हरू ले हजुरको संचार माध्यम बाट हाम्रा नेपाली सामु मेरो अन्टार्कटिका यात्रा बारे जो प्रस्तुति गर्नुभयो तेसको धेरै तारीफ गरेका छन ।
      कतिपय ले त अहिले सम्म को उत्कृष्ट एपीसोड भनेका छन । कति ले अझ एक पटक बोलाउन पर्यो , समग्र मा राम्रो मूल्यांकन भयको छ । कतिपय ले त हिन्दी मा ट्रान्सलेशन को पनी कुरा गरेका छन ।
      यो सबै प्रसंशा क्रेडिट हजुर लाई दिन चाहान्छु । यो सद्भाव अवसर समयका लागी पुनः आभार सहित धन्यवाद ब्यक्त गर्द छु ।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +1

      Tikaram Yatri

    • @withsatyajit
      @withsatyajit Месяц назад

      ​@@bhuwansinghbk6649ज्यु, २०४३ सालमा म ७ कक्षा पास भएको बेलामा साउथ पोलमा नेपाली पुगेको कुरा सनसनै फैलिएको थियो। नेपाली पत्रपत्रिकामा खुवै चर्चा हुन्थ्यो। हाजिरीजवाफ प्रतियोगितामा तपाईंको नाम लिएर धेरै पटक प्रथम पुरस्कार पनि जितियो।

    • @netragmail
      @netragmail Месяц назад

      पढाई भनेको गर्दै गरेको काम वीर्शीन्छ फेरी रिपेईड गर्न फेरी मुल बाटै शुरु गर्ने ले मात्रको भन्ने मात्रको

    • @user-fo9jr7cu7j
      @user-fo9jr7cu7j 23 дня назад

      उत्कृष्ट वार्तालाभ❤❤❤❤❤❤

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw Месяц назад +11

    ठूलाठूला मान्छेहरूले ठूलाठूला जातहरूलाई जतिनै प्राथमिक्ता दिन्छन् दलित परिवारहरूलाई ठूलाठूला ठाउँमा र माथिजान काँहा दिन्छन् र दलित त हो भनेर अर्कै दृष्टिकोणले हेर्ने गर्छन् नि सलाम छ भुवनसिंह ज्यू हजुरलाई ।

  • @tikagurung550
    @tikagurung550 Месяц назад +24

    खुशि लाग्यो भुवम सिड॰ जि को अनुभव सुनेर , अन्टार्कटिक को कुरा सुन्दा , मैले ४० महिना आर्कटीक मा
    - ५० डीग्री मा बिताएका दिन हरु ताजा भएर आयो र मलाई पनि लाग्यो सायद म पहिलो नेपाली नै होला । मस्को बाट लगभग ३ घन्टाको जहाज यात्र बाट रसिया ले बनाएको ग्यास ऊत्खनन् को प्रोजेक्ट को लागी मात्रा बनाएको बिमानस्थल मा अबतरण गर्दा अनौठो अनुभब भयो । जहा पुगेपछी रात नै नपर्ने रहेछ र केहि दिन गारो नै भो पछी बानी पर्न थाल्यो। समय हेर्ने र रुटिन अनुसार चल्ने। मध्य रातमा उठी हाल्यो भने झ्याल खोल्दा घाम माथि नै हुने र झसंग हुने भो । अरु कुरा पुस्तक लेख्ने क्रममा भएको ले त्यसैमा प्रस्तुत गर्ने छु।

    • @thapakajidone685
      @thapakajidone685 Месяц назад +1

      Pustak ko prachar grnu hola mani padxu

    • @gaurabjungkunwar4331
      @gaurabjungkunwar4331 Месяц назад +1

      हजुर को किताब को प्रतीक्षा मा म पनि छु टीका जि , 🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      टीका गुरूंग जी बधाई छ, हजुर कहीले जानुभयको हो ?

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      @@tikagurung550 हजुर कुन सालमा कतिसमय का लागी अन्टार्कटिका अभियान दल मा जानु भयके हो ?

    • @gobindakandel3035
      @gobindakandel3035 Месяц назад

      राम्रो सूचना,महान ब्यक्तित्व भुवन जी🙏👍❤️👏

  • @shantisharma5951
    @shantisharma5951 Месяц назад +16

    किताब मा पढ्दा इतिहास जस्तो लाग्थ्यो तर इतिहास जिउदो रहेछ। salute to this person❤️❤️❤️

  • @prateekdhakal5115
    @prateekdhakal5115 5 дней назад +2

    सही पात्रको छनाैट गरेकोमा टीाकारामजीलाई धन्यवाद !

  • @sachinkhadka7847
    @sachinkhadka7847 Месяц назад +17

    धर्म ले कुनै विभेद गरेको छैन, विभेद त अन्धबिस्वास र चेतनाको कमि ले गर्दा भएको हो। तर अहिले मानिस हरु मा चेताना आउदै गएको छ र विभेद धेरै हद सम्म हराउदै गएको छ। उदाहरण म आफै छु। म छेत्री को छोरा हु तर म मेरो दलित छेमेक को घर मा जान्छु, वहाँ हरुले पकाएको कुरा पनि खान्छु , अनि वहाँ हरु पनि हाम्रो घर मा आउनु हुन्छ र तेसै गर्नु हुन्छ। हाम्रो वारि मा पकेको फल , तरकारि हामि बाडी खान्छौ, हाम्रो प्रतेक पुजा मा वहाँ हरु लाइ निम्तो गर्छौ अनि वहाँ हरु को मा पनि जान्छौ, एक अर्काको पुजा को प्रसाद ग्रहण गर्छौ ब्राह्मण को हाथ को टीका थाप्छौ। ज जस्ले विभेद गर्छन तिनी हरु त बिचारा मूर्ख र अग्यानी हुन।

  • @freshnepal5953
    @freshnepal5953 Месяц назад +15

    हाम्रो सान हाम्रो बर्गको गौरव हुन वहाँ । धेरै धेरै धन्यवाद बुबा ।

  • @shashipandit1418
    @shashipandit1418 Месяц назад +13

    भुवन सिं जस्तो बीर,पराक्रमी नेपाली प्रति हार्दिक सम्मान छ 🙏

  • @sumanpaudel3116
    @sumanpaudel3116 Месяц назад +4

    गजब व्यक्तित्व ल्याउनुभयो टिकाराम सरलाई धन्यवाद,
    उहाँलाई उच्च सम्मान ❤️

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +2

      सम्मान का लागी धेरै धन्यवाद ।

  • @mekhgurung
    @mekhgurung 24 дня назад +2

    प्रश्न भन्दा धेरै जिग्यसा को बिषय भएको आन्तर्वार्ता निकै रमाईलो लाग्यो। बिषेश गरी जब दरी,जुगाँ र कपाल काट्ने र नुहाउने बिषयको कुरा आयो तब निकै मजाले हाँसो लाग्यो। जे होस एक इतिहास बोकेको जिउँदो इतिहास उहाँ।

  • @user-bv4ki1zr1n
    @user-bv4ki1zr1n Месяц назад +12

    नेपाल जस्तो पिछडिएको देशबाट नेपाल को प्रतिनिधित्व गरेर अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली आदरणीय ब्याक्तित्व भुवनसीह विस्वकर्माजी प्रति हार्दिक सम्मान छ।

  • @yumalimbu6030
    @yumalimbu6030 Месяц назад +18

    मेरो जिवन कै बेस्ट फ्रेन्ड बिश्वकर्म हो उनि मेरो part of the life हो एकै थालीमा खाना खाको पल झलझल याद आउछ अझै पनि सगै घुम्ने खाने दिन पर्खि रहेको छु❤ मानव जात ले होइन सोच र बिचार ले ठुलो होस

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      भाई हजुर को सोंच को उच्च सम्मान गर्द छु ।

  • @Sujatabasnetthapa
    @Sujatabasnetthapa Месяц назад +4

    एकदम खुशी लाग्यो नेपाल लाई बिस्वसामु चिनाउने ब्यक्तीलाई कार्यक्रममा बोलाउनु भएकोमा ।धन्यवाद टिका सर अनि भुवन सर ।।।।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +1

      हुजुर लाई पनि धेरै धन्यवाद ।

  • @laxmandhamala6716
    @laxmandhamala6716 Месяц назад +5

    उच्च सम्मान भुवन सिहं लाई !! अन्तर्वार्ता सुनेर आनन्द आयो !! अन्तर्वार्ता होस त यस्तो !!❤❤

  • @santilamichhane1803
    @santilamichhane1803 Месяц назад +19

    टीकाराम जी एकदमै छोटो अन्तरवार्ता भयो उहाँलाई फेरि पनि बोलाउनुस् अझै कति कुरा हरु छुटे सुन्न मन छ।

  • @devmagar4155
    @devmagar4155 5 дней назад +1

    उच्च सम्मानित व्यक्तित्वलाई कदरस्वरूप हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।

  • @bhupendraoli2112
    @bhupendraoli2112 Месяц назад +3

    सर्वप्रथम उच्च सम्मान छ भुवन सर लाई...
    जातिय बिभेद सम्बन्ध मा कथित उपल्लो जातको छोरी लाई तल्लो जात को ज्वाइँ सँग गोडा धोएर कन्यादान गर्न सक्ने दिन यो समाजमा आएको दिन बल्ल जातिय बिभेद अन्त्य भएको महसुश हुनेछ...
    कागज मा मात्र हो कानुन...

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +1

      समतामूलक समाज मा अंधविश्वास लाई त्यागेर सोंच मा परिवर्तन ल्याउने हो भने धेरै हद सम्म विभेद कम गर्न सकिन्छ जस्तो लाग्छ ।

  • @parbatisunar488
    @parbatisunar488 Месяц назад +2

    सामान्य ज्ञान मा पढेकी थिए देख्न पाए खुसी लाग्यो भुवन जी लाई उच्च सम्मान छ । छोटो समय मा धेरै अनुभव छुटे होलान् । त्यति लामो समयको अनुभव पक्कै एउटा किताब बन्छ होला । तपाईंको अनुभवहरू फेरि पनि सुन्न पाइयोस्। टिकाराम सर लाई धेरै धेरै धन्यवाद।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      यात्रा संस्मरण लेखन कार्य मा छु , छुटेका कुराहरू यसमा समावेश गर्ने छु , धन्यवाद ।

  • @sabinashrestha7413
    @sabinashrestha7413 23 дня назад +1

    वहाँकाे अनुभव सारै साहसी पूर्ण रहेछ हार्दिक नमन हजुरहरु दुवै प्रति🙏🙏

  • @govindapal3991
    @govindapal3991 Месяц назад +1

    २०४६/२०४७ तिर भुगाेलमा पढेकाे मात्र थिए तर आज आएर म त्यइ ठाउँमा पुगेको जस्तो अनुभुति भयो सर लाइ अति सम्मान हजुर हाम्रो नेपालको नाम राख्नु भएको मा बधाई हजुर टिकाराम सर अझै कुनै बेला समय मिलाएर सुन्न पाइयाेस यति पनि प्रशारण गरि दिनु भएको मा धन्यवाद टिकाराम सर।

  • @pramilaregmi2465
    @pramilaregmi2465 Месяц назад +9

    वहॉलाइ उच्च सम्मान छ । नेपालीले गर्व गर्ने व्यक्ति हुनुहुंदोरहेछ ।

  • @hemalayanhamal7048
    @hemalayanhamal7048 Месяц назад +3

    एउटा जिउदो इतिहासलाई देख्न र सुन्न पाइयो उहाँलाई हजारौं तोपको सलामी साथै टिकाराम सरलाइ धन्यबाद ।🙏🙏🙏♥️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @user-zh4wz6xt7p
    @user-zh4wz6xt7p Месяц назад +3

    नेपालको एक मात्र सहासि सान मान हो भुबनसिह बिस्वकर्मा हार्दिक हार्दिक नमन । नाम त लोक सेवा पढदा पढेको हो आज हेर्न पाइयो टीका सर लाई पनि धन्यबाद यस्ता महान ब्यक्तिलाई सारा नेपाली माझ हेर्ने मैका पाइयो।

  • @channelsk3440
    @channelsk3440 Месяц назад +2

    यस्तो नेपालीको सान दर्शन माझ ल्याउनु हुने हजुर बरीस्ठ पत्रकार टीकाराम यात्री सर प्रती धन्यवाद भुबन बुवा प्रती नमन सम्मान 🎉❤

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      सद्भाव का लागी हृदय देखी धन्यवाद ।

  • @indirashakya1211
    @indirashakya1211 Месяц назад +7

    बुटवल निवासी! अत्यन्त गौरवान्वित महसुस भएँ म स्वयं।

  • @sumitrapokharel5989
    @sumitrapokharel5989 Месяц назад +5

    लिंकनको घोषणा पछि पनि अमेरिकामा विभेद अन्त हुन १०० बर्ष भन्दा बढी लाग्यो। नेपालमा त छिट्टै सुधार भैरेहेको छ। सलाम छ, भुवन दाइ लाई।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      म त साधारण नेपाली नागरिक ले यथार्थ कुरा राखने प्रयास गरेको हो ।
      आम नेपाली ले एक आर्का को पीर मर्का बुझनु पर्यो ।

  • @drcreation5887
    @drcreation5887 Месяц назад +1

    अन्टार्टिका बारे धेरै कुरा सुन्न पाइयो सरको आजको कुराकानीबाट। भुवनसरको साहसलाई सलाम छ।

  • @laxmidattaacharya744
    @laxmidattaacharya744 Месяц назад +5

    अन्टार्कटीका पुग्ने साहसी नेपालीको अनुभव सुनाइ दिनु भएकोमा टीकारामजी लाई धेरै धेरै धन्यवाद !!!

  • @user-bc5ed5py2e
    @user-bc5ed5py2e Месяц назад +2

    म हेटौंडा बाट हुप्राचौर पशुपति मन्दिर भएको ठाउमा भुबनेस्वर मार्ग देखेको छु तर तेस्को अर्थ बल्ल था भो ...सम्मान छ उहालाई

  • @sumankoirala4428
    @sumankoirala4428 Месяц назад +4

    खुसी लाग्यो एउटा जिउँदो इतिहासलाई सुन्न र हेर्न पाइयो।

  • @purnabishwokarma
    @purnabishwokarma Месяц назад +1

    ईतिहासकै मिठो र ज्ञानबर्लक संवादको लागि धन्यवाद

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +1

      स्रोता हरू लाई मन पर्नु भनेको , मेरो लागी खुशी को कुरा हो ।

    • @purnabishwokarma
      @purnabishwokarma Месяц назад

      @@bhuwansinghbk6649 सर नमस्ते निकै प्रेणादायी कुरा कानी

  • @laltinpro8140
    @laltinpro8140 Месяц назад +1

    देशको राष्ट्रपति हुन योग्य मान्छे हुनुहुँदोरहेछ । उच्च सम्मान छ वहाप्रति🙏🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      राष्ट्रपति मा नम्बर पर्न त सम्भव न होला जे होस हजुर को सोंच को उच्च सम्मान गर्द छु ।
      आफनो स्तर बाट समाजसेवा मा लागी रहेको छु ।

  • @shivrimal1264
    @shivrimal1264 25 дней назад +1

    प्रेरणादायी ब्याक्तित्व ।

  • @lekhmagar8237
    @lekhmagar8237 Месяц назад +10

    भुवनसिंह सरलाई सलाम, बिभेद गर्ने कथित उपल्लो जात र धर्मका मानिसहरु नै सत्तामा छन् । गाउँ घर, सहर बजारमा बिभेद गर्ने उनै हुन् । अहिले पनि अवस्था उस्तै छ, मुखमा राम राम बगलीमा छुरा भने जस्तै भाषणमा बिभेदको अन्त भने नि पारा उहि छ । समाजले काचुली फेर्ने आसामा, निराशा ले गर्दा थर फेर्नु परेको छ ।

  • @rasmilashrestha5676
    @rasmilashrestha5676 Месяц назад +1

    उच्च सम्मान पुजनीय ब्यक्तित्व सलाम हजूरलाई।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      यो सम्मान र सद्भाव का लागी हृदय देखी धन्यवाद Rasmila ji .

  • @sakuntalanepal6761
    @sakuntalanepal6761 Месяц назад +3

    ज्ञानबर्धक कुरा सुन्दा ह्रदय आन्नद भयो भुवन सिंह सरलाइ हार्दिक हार्दिक नमन साथै टिका सर प्रति नमन छ । जति सुने पनि सुनि रहु लाग्ने दुर्लभ अन्तर्वाता

  • @olibalaramoli
    @olibalaramoli Месяц назад +3

    ऐतिहासिक व्यक्तित्वसँगको भलाकुसारी हेर्न पाइयो, धेरै खुशी लाग्यो ।

  • @rajendrakc5998
    @rajendrakc5998 Месяц назад +2

    उहाँको अनुभव सुन्दा आफै पुगेको महशुस भयो,नमन सहित साधुवाद।🇳🇵❤️💐😍🌼🌺🌹🌸🤣💞🤗🙏

  • @yamb.k.1865
    @yamb.k.1865 Месяц назад +2

    नाम र कृतिमानी काम बारे मेरै परिवारका सदस्य बाट थाहा पाएका ब्यक्तित्व, भुवन दाइ र उहाँको अनुभव पस्कनु हुने टिक राम यत्रि दुवैमा नामन।

  • @SharadaDhakal-ve7ku
    @SharadaDhakal-ve7ku Месяц назад +2

    उहाँ लाई उच्च सम्मान छ नेपाल र नेपाली ले गर्व लायक ब्याक्तित्व

  • @aasthatripathi1094
    @aasthatripathi1094 Месяц назад +1

    एकचोटी पनि नजर हटेन हजुरकाे बोली सुनिरहदा❤❤ यति राम्रो कुरा गर्नुभयो अन्तिम मा जात को कुरा गर्नुभयो। हजुरले सानो जात भनेर मन खिन्न बनाउन आवश्यक देख्दिन म किनकि हजुरकाे संस्कार हजुरकाे मानवता बोलीमा झल्किन्छ। यति उचाई मा पुग्ने र देशलाई चिनाउने काम गर्नुभाछ की हजुर नीच जातको अनि निचो हुने सक्नुहुन्न❤❤❤ really appreciate and salute you Respected Sir🙏🙏🙏🙏🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 21 день назад +1

      यसतो कुरामा मलाई विश्वास न भयता पनि हाम्रो समाज को यथार्थ दर्शायको मात्र हो , धन्यवाद ।

  • @TopBahadurKarki-jq3bh
    @TopBahadurKarki-jq3bh Месяц назад +3

    म पनि भारतिय सेनाबाट अायकाे हूँ।भुवन दाजि लाई नमन कैले मौकापरेमा भेटुौँला मेराेघर राप्ती गा,पा, मा छ। दाजि प्रति यता अाउनु भयमा सम्पर्क गर्न अनुराेध छ । म देउखुरी भारतिय भुतपुर्व सैनिक सँगठनकाे हालै मा उपाध्यक्ष टाेप बहादुर कार्की ।

  • @dilushahik.c2324
    @dilushahik.c2324 Месяц назад +7

    सर्ब प्रथम भूवन सिंह ज्यु लाई हार्दिक नमन् टिका जी लाई धन्यवाद मैले त चाहेको नाम पनि पहिलो पटक सुने तपाईं को एपिसोड को हाइलाइट हेर्दा खै के होला र जस्तो लाग्छ हेर्दा एति विशेषता लुकेको हुन्छ केही न केही नौलो जानकारी पाउछु खुसी लाग्छ टिका जी अन्तरवार्ता को अन्तिम मा सारै पिडा भयो जातिय बिभेद ले एस्ता माहान व्यक्तित्व हरुलाई नि कति पिरोले को रैछ त आखिर एस्को अन्त जति सक्यो छिटो भए कति समानता महसुस गर्न पाइयला ।

    • @indirashakya1211
      @indirashakya1211 Месяц назад +2

      कति सरल वहाँ

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      @@indirashakya1211हामी सरल र सहज हुनु पर्छ भाई । बुढापाका हरू ले भन्थे नि फल लागेको डाली झुकेकै सुहाउछ ।

  • @sushilghimire6944
    @sushilghimire6944 Месяц назад +4

    सम्मानित ब्याक्तित्व जसले नेपाल र नेपाली लाई चिनाउने र आफ्नो कर्तव्य लाई चुनौतीपूर्ण तरिकाले भएपनि पूरा गर्ने हिम्मत देखाउनु भएको ब्यक्ति प्रति मेरो सम्मान र नमस्कार ।

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s Месяц назад +1

    ❤🎉❤ Dhanya ho Bhuban Ji tapai ka Anmol Anubhab Sunda dherai Khushi lagyo ❤🎉❤ Hardik mangalmaya beautiful Shuv Kamana ❤🎉❤❤ Satya Sewa shurakxenam ❤🎉❤ Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️ Felicitations to you 🎂😘 That's great news ❤🎉❤

  • @bijayashrestha2093
    @bijayashrestha2093 Месяц назад +2

    यती ठुलो कृर्त मान मान्छे आज सम्म किन गुम नाम हुनु भयो आज देख्न पाइयो खुशी लाग्यो।

  • @bishnukumarineupane9115
    @bishnukumarineupane9115 Месяц назад +3

    सारै अचम्म लाग्यो सलाम छ कालीगण्डकीको माटो र पानीलाई

  • @user-mu8mz3qc7c
    @user-mu8mz3qc7c Месяц назад +1

    लाखौं लाख सोल्युट छ भुवन सर हजुरलाई🙏🙏🙏🙏🙏🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      धन्यवाद हजुर लाई चित्त बुझे छ ।

  • @roshandahal2016
    @roshandahal2016 Месяц назад +2

    सानो देखि हाजिर जबाफमा सुनेको नाम....

  • @saradhalamichane5839
    @saradhalamichane5839 Месяц назад +2

    कति माहान शक्ति शालि ब्यक्तित्व नेपालिकाे सान नेपाली काे मान अाशु नै अायाे मेराे 🌼🌺💐🌷🍊🍉🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍🌷💐🌼🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @narayankhadka1503
    @narayankhadka1503 Месяц назад +1

    सम्मान छ हजुरलाई

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Месяц назад +1

    धेरै पहिला वहाँको बारेमा सामान्य ज्ञानमा पढेको थिए आज देख्न पनि पाईयो खुशी लाग्यो धन्यवाद टीकाराम जि ...

  • @rajendrasunar5775
    @rajendrasunar5775 Месяц назад +2

    नेपाल र नेपालिहरुको गौरब हुनुहुन्छ आदरणीय भुवन सिंह बिस्वकर्मा ज्यु 🙏🙏🙏🙏🙏

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад +1

      सम्मान का लागी हृदय देखी धन्यवाद ।

  • @beenasharma4575
    @beenasharma4575 Месяц назад +1

    भुवन सरको बारेमा पढेको त थीए आज प्रत्यक्ष सुन्ने अवसर पाए नेपाली हुनुमा गर्व लाग्छ 🙏🙏🙏

  • @user-un3en6ue8m
    @user-un3en6ue8m 27 дней назад +1

    हार्दिक नमन कति मिठो सरल सोभाब ।

  • @chitrathapa8302
    @chitrathapa8302 Месяц назад +4

    Hridaya dekhi naman hjr lai ani sadhai maya❤❤bhuwan shing buwalai

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Месяц назад +3

    ओहो कस्तो रोचक अन्तर्वार्ता लाग्यो।

  • @durgapariyar2619
    @durgapariyar2619 Месяц назад +1

    सलाम छ सर

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Месяц назад +1

    सबै नेपालीहरु पढ्न लेरव्न जान्ने ग्यानी भए विस्तारै याे विभेद आफै हट्दै जानेछ,तर वाह्य हस्ताक्षेप ले भित्रै सफा भएर जान गह्रौं हुन्छ।

  • @AshtaBhatriVlogs
    @AshtaBhatriVlogs Месяц назад +3

    ऐतिहासिक पात्रको कुरा सुनेर हृदय पुलकित भयो ।दुवैजनालाई नमन ।

  • @ritukc8285
    @ritukc8285 Месяц назад +4

    टिकाराम जी
    कैयौ कुराहरु जस्तो….छुटे अझै सुनिरहन मन थियो

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 27 дней назад +1

    भुवन सिह बिश्वकर्मा पथ अमर रहोस। स्यालुट

  • @mitraaryal9719
    @mitraaryal9719 Месяц назад +2

    प्रत्येक नेपालीले सम्मान र सम्झिनु पर्ने ब्यक्ति लाई अझ बढी बुझ्ने मौका उपलब्ध गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद यात्री जी।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      धेरै खुशी लाग्यो मलाई माया गर्ने दायरा तय निकै ठूलो रहेछ , धन्यवाद ।

  • @nabinchirag762
    @nabinchirag762 Месяц назад +3

    47:20 गजलकार बाबू त्रिपाठीको उत्कृष्ट गजल❤️🙏

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +3

    संघर्षमा नै हो साथ चाहिने भनेको,
    सफलतामा त जसले पनि हात मिलाउछ नि. !!

  • @ParshuramBk-ip4om
    @ParshuramBk-ip4om Месяц назад +6

    म जतिबेला कक्षा 8/9 मा पढ्थे रेडियो नेपालमा खुकुरी फिल्टर सांँझ प्रतियोगिता कार्यक्रममा दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली को हुन ? भनेर प्रश्न सोधिएको थियो।

  • @santoshgautamsunar2669
    @santoshgautamsunar2669 Месяц назад +2

    सलाम छ हजुर र उच्च सम्मान

  • @anilniraula1293
    @anilniraula1293 Месяц назад +2

    सारै रमाइलाे लाग्याे । सारै सालिन मान्छे

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      धेरै धन्यवाद अनिल जी ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 Месяц назад +2

    पुरै ध्यान दिए र सुनियो साह्रै सान्दर्भिक र उपयोगी पनि लाग्यो। नेपाल र नेपालीको अभिमान उच्चा राख्ने। भुवन सिंह तथा टिकाजी प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।।।

  • @dolkhatri1054
    @dolkhatri1054 Месяц назад +2

    Myself being a Indian army my grand salute sir for representing nepal❤❤❤

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      बंगाल ईन्जिनीयर ग्रुप एण्ड सेन्टर रूड़की को , 60 Engineer Regiment बाट यो अवसर पायको हो , धन्यवाद ।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад +3

    खुसि लागयाे चाेर नेता काे कुरा सुनदा सुनदा कान पाकेकाे बेला याे निउज ले अाननद लागयाे

  • @rajendraprasadsapkota758
    @rajendraprasadsapkota758 Месяц назад +1

    उहाँप्रति उच्च सम्मान छ।

  • @krishnabk655
    @krishnabk655 Месяц назад +1

    उहाँकाे जुनसुकै कार्यक्रम म हेर्ने गर्दछु।किनकि उहाँले कार्यक्रम प्रस्तुत गर्दा प्रयाेग गरेका शब्दले धेरै कुरा सिक्ने अवसर मिलेकाे छ।

  • @baburam1583
    @baburam1583 Месяц назад +1

    महान ब्याक्तित्व वहालाई साइन्सटीस सरलाई सलाम

  • @geetakunwar5165
    @geetakunwar5165 Месяц назад +1

    Huge salute & respect to both of you !💐💐

  • @PremBisunke-co9ou
    @PremBisunke-co9ou Месяц назад +2

    खुसि लाग्याे भुवन दाजु ईतिहासमा तपाईंको नाम पढ्न पाईन्छ ।

  • @user-lx1vl2dn2i
    @user-lx1vl2dn2i Месяц назад +1

    धेरै पटक किताबमा पढेको, भुवनसिंह विश्वकर्मा आज आएर साक्षात्कार गर्न पाइयो 🙏🙏💐💐

  • @indrapoudel6203
    @indrapoudel6203 Месяц назад +2

    उच्च सम्मान छ भुवन सरलाइ ❤❤❤

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t 26 дней назад +1

    Tikaram ji jajurle aamantran garnu vyeko mahan byaktitwa dubi lai dheri dheri naman garda chu

  • @padamkumal5077
    @padamkumal5077 27 дней назад +1

    अन्तरटीका को बारेमा हल्का किताब मा पढेको थिए,,, आज धेरै कुरा थाहा पाउने मौका मिल्यो जे सुन्यो तेही नौलो लाग्ने,,, सुनी रहु जस्तो लाग्ने उच समान छ भूबन सिङ्ग bishokrma 🩵🩵🩵🇳🇵🇳🇵🇳🇵💕💕💕

  • @A.k.Timsina
    @A.k.Timsina Месяц назад +2

    हो यस्ता कृतिमानि ब्यक्ति हरु लाई सरकारले हेर्नू पर्ने र अवसर दिनु पर्ने हो।तर बिडम्बना भ्रष्टचारिहरुले अवसर पाईरहदा यस्ता कृतिमानि ब्यक्तिहरु ओझेलमा परेको कुरा शाश्वत सत्य हो

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      हामी काहॉं आफनो मान्छे चाहिन्छ माथिल्लो तह मा बल्ल केही हॉंसील गर्न सकिन्छ जस्तो लाग्छ ।

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +1

    यस्ता कीर्तिमानी व्यक्तित्वहरुलाई राज्यले जहिले सुकै सम्झिरहोस र सम्मान गरोस।🙏🙏❤️

  • @hamranepalramronepal
    @hamranepalramronepal Месяц назад +2

    सहि प्रसंग लाई लिनु भएछ,हामी बुटवल भाइको बस्छ,त्यहाँ भुवानसिह मार्ग छ ,मैले सोचेको थिए,अन्टाटिका पुग्ने मान्छे अरुपनि नेपाली छन् जस्तो लागेको थियो हैन रहिछ,पहिला पुग्ने र सकुसल फिर्ता हुन पनि त गाह्राे रहिछ,धेरै खुसिलाग्यो ।धन्यवाद टीका जी

  • @surajsilwal640
    @surajsilwal640 Месяц назад +2

    जिन्दगि एउटा हिडने रुखको पात हो टीका जि।जुन झरेपछि फेरि गाँसिदैन

  • @dikbishwakarma2088
    @dikbishwakarma2088 26 дней назад +3

    कार्यक्रमको अन्त्यतिर भुवन सिंह विश्वकर्मा ले समाजमा भैरहेको छुवाछुत र जातिय विभेद वारे सटिक कुरो त राख्नु भयो । उहाँलाई हार्दिक धन्यवाद छ । तर..
    तेसको प्रतिकृयामा कार्यक्रम संचालक टीकारामले शिक्षा र चेतनाको बृद्धि भएपछि विस्तारै छुवाछुत भेदभाव हट्नेछ भनेर टालटुले बाहुने जवाफ दिएकोमा चित्त बुझेन । यदि तेसो हुन्थ्यो भने विदेशीलाई विहे गर्नेलाई तुरुन्तै स्वीकारिरहेको हाम्रो समाजले हाम्लाई किन `विस्तारै' भनेर पर्खन लगाउंछ ? के यसमा शिक्षा र चेतनाको कमि भएको हो त ? कि नियतमा खोंट हो ?

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 9 дней назад

      तपाईँसँग म पूर्ण सहमत छु । पढ्दैमा, धनसम्पत्ति हुँदैमा, देशविदेश घुम्दैमा छुवाछूत नहुने र नगर्ने होइन । खासमा त्यो चेतना नभएरै हो ।
      विभेदको अन्त्य आजै र अहिल्यै आँखा अगाडि नै व्यवहारमा नै प्रष्ट हुनुपर्छ, बिस्तारै भविष्यमा हुन्छ भनेर हुँदैन । यसको दोष जति हामी 'ठूला' भनिने मान्छे(?) को मात्रै हो, ती हेपिएकाहरूको होइन। त्यसैले सुध्रिने पनि हामीले हो ।
      यदि हामी आजै र अहिले नै आफ्नो घरपरिवार र छरछिमेकमा कसैलाई पनि छुवाछूत गर्न बन्द गर्दैनौँ भने हामीले आफूलाई मान्छे भन्न छोडिदिए हुन्छ । चेतना भया...!!! 🌺🙏

  • @krishnaoli8979
    @krishnaoli8979 Месяц назад +1

    Great video and great information patrakarju! 👌👌👌👌👌👌🙏🙏💕

  • @krishnakarki9278
    @krishnakarki9278 Месяц назад +2

    दूबैगूरूलाई नमह्कार हाम्रो जिल्ला मिलेयो हजूरलाई धेरै धेरै धन्नेबात देशको नाम रोसन गरेको मा 🙏♥️🙏♥️👍👌🇳🇵🇳🇵💪💪

  • @tilakbk6341
    @tilakbk6341 Месяц назад +1

    उच्च सम्मान छ

  • @saritarai7827
    @saritarai7827 Месяц назад +1

    सन्चै पर्ने अन्तर्वार्ता ।

  • @taragautam7223
    @taragautam7223 Месяц назад +3

    Sarai khusi laguo hjur KO etarviu hernu pauda

  • @nirmalagautam8509
    @nirmalagautam8509 Месяц назад +1

    best itterview ever

  • @thapakajidone685
    @thapakajidone685 Месяц назад +2

    Antarctica jasto thau ma nepali pugnu garva ko kura ho
    Dhanyabad asto interview herna payako ma❤

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 Месяц назад +2

    आदरणाय भुवनसिंह ज्युँ हजुर प्रति मेरो सादर प्रणाम। हजुरको सालिन स्वभाव प्रति म नतमस्तक भए। हजुर नेपाल देशको शान, मान र गौरव हुहुहुन्छ र हजुर नेपाल देशको जिऊॅंदो ईतिहास हुनुहुन्छ। नेपाल देशको सदैव कल्याण होस्।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      कतिमिठो शब्द हरू यो सद्भाव र सम्मान का लागी हृदय देखी धन्यवाद ।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      अत्यंत साहसिक खतरनाक अभियान गरेको हजुरको कमेंट ले मन पुलकित भयो धन्यवाद ।

  • @user-xb3kn1qn6z
    @user-xb3kn1qn6z Месяц назад +2

    भुवन सिंह विश्वकर्मा हजुरबालाई नमस्कार ।

    • @bhuwansinghbk6649
      @bhuwansinghbk6649 Месяц назад

      आयुष्मान , धन्यवाद ।

  • @dilliramKhatiwada-k8l
    @dilliramKhatiwada-k8l Месяц назад +1

    हार्दिक नमन।उच्च सम्मान❤

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад +2

    निकै रोचक अन्तर्वाता ' । बधाइ छ भूवन सर लाई ।

  • @rajuhumagain3540
    @rajuhumagain3540 Месяц назад +2

    अति ज्ञान बर्धक । धेरै कुरा छुटे यस्को अर्को भाग आउनु पर्छ । जस्तै गाडी कति टाढा सम्म चल्ला? अनेक रहस्य हरु, भारत ले के गरि रहेको चा ? झन तपाईं त आफै अध्यन गर्न मन पराउने so थप कुरा अवस्य आउँछ
    धन्यवाद ।

  • @narayankhadka4790
    @narayankhadka4790 Месяц назад +1

    great ,,,,greater ,,,greatest ❤

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 Месяц назад +2

    फोटाहरु भए धेरै प्रदर्शन गर्नुभए अझ धेरै ज्ञान प्राप्त हुनेथियो ।

  • @resamsen4236
    @resamsen4236 Месяц назад +3

    धेरैराम्रो भिडियो ल्याउनुभो,यस्कोलागी यात्रीसर र यी दाजुमा हार्दिक नमन अभिवादन छ!