२०७९८० मौद्रिक निति यस्तो आयो४ हट्यो १२ रह्यो

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • २०७९८० मौद्रिक निति यस्तो आयो४ हट्यो १२ रह्यो I नेपाल राष्ट्र बैंकले ४/१२ को नीतिमा हेरफेर गरेको छ। केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ।
    आव २०७९।८० को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा थप कडाइ गरेको छ । शेयर कर्जा, घरजग्गा कर्जालाई अनुत्पादक क्षेत्र मान्दै आएको राष्ट्र बैंकले घरजग्गाको धितोमा जाने कर्जामा अझ कडाई गरेको हाे ।
    शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाण्डौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
    यसअघि यो अनुपात काठमाडौं उपत्यकाभित्र ५० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ६० प्रतिशत कायम गरिएको थियो ।
    सरकारले हालै भू-उपयोग नियमवाली कार्यान्वयनमा ल्याएर जग्गालाई कृषि, गैर कृषि, आवासीयलगायत ९ वटा वर्गमा वर्गिकरण गरेको छ । तत्कालको लागि नियमावली अनुसार स्थानीयस्तरको सिफारिसको कुनै पनि जग्गालाई कृषि र गैर कृषिको रुपमा जग्गाको वर्गिकरण गरेपछि मात्रै जग्गा धितो राख्न सकिने व्यवस्था गरेको थियो । अकस्मात आएको यो नियमावलीले विदेश अध्ययनको सिलसिलामा जाने विद्यार्थीहरुलाई मर्का परेको गुनासो आएपछि केही समय लागि स्थगित भएको छ । यो नियमावली आएसँगै घरजग्गाको कारोबारमा मन्दी आएको सम्बन्धित व्यवसायीहरु बताउँछन् ।
    विगतको दिनमा बैंक तथा वित्तिय संस्थाले घरजग्गामा दिइने कर्जामा मिलेसम्म बढी मूल्याङ्कन गरेर कर्जा प्रवाह हुन्थ्यो । तर, अहिले थप कर्जामा कडाइ गरेको छ । उक्त व्यवस्थाले घरजग्गा कारोबारमा मन्दी आउने उनको भनाइ छ ।

    यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो।
    चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।

Комментарии • 1