Rock For Visibility Concert in Hetauda August 12 2023

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • हेटौंडामा दृष्टिविहीनको सहयोगार्थ सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
    ‘रक फर भिजिविलिटी’ भन्ने मूल नाराको साथ अनविज्ञ व्याण्ड हेटौंडाको आयोजना साउन २७ गते हेटौंडामा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको हो ।
    हेटौंडाको एभोकाडो होटलमा आयोजना गरिने कन्सर्टबाट संकलित रकम ‘आर्ट एकेडेमी’ निर्माण गर्नका लागि प्रयोग गरिने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । आयोजक समिति सदस्य संग्राम बल लामाका अनुसार कन्सर्टमा अभय सुव्वाको सांगीतिक टोली अभय एण्ड दी स्टिम इञ्जिन, ब्लाइण्ड रक्स र दी फ्रिडम ग्रुप्सले सांगीतिक कोसेली पस्किनेछन् ।
    यसवर्ष अनविज्ञले देशको विभिन्न ठूला ५ शहरमा ‘आर्ट एकेडेमी’ स्थापनाका लागि सांगीतिक कार्यक्रम गर्ने तय भएको उनले बताए । एकेडेमी दृष्टिविहीन, शारीरिकरुपमा अशक्त भएकाहरुका लागि प्रयोगमा आउने जनाइएको छ । एक स्थानमा सांगीतिक कार्यक्रम गर्दा करिब दशलाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
    कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको र टिकट विक्री धमाधम भइरहेको बताइएको छ । कार्यक्रमका लागि ब्लाइण्ड रक्स नामक गैरसरकारी संस्थाको समेत सहयोग रहेको छ ।

Комментарии • 1