Tajakot Rural Municipality Documentary || ताँजाकोट गाउँपालिका वृत्तचित्र || Humla Nepal

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • हुम्ला जिल्लाको दक्षिण पश्चिम भागमा रहेको ताँजाकोट गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमासंग जोडिएको छ भने जिल्ला सदरमुकाम सिमिकोट देखि ४८ कोषको दुरीमा रहेको छ । यो गाउँपालिका भौगोलिक रुपमा पुर्वमा मुगु जिल्लाको सोरु गाउँपालीका र यसै जिल्लाको अदानचुलि गाउँपालिका सँग सीमाना जोडीएको छ भने, दक्षीण र पश्चिममा बाजुरा जिल्लाको हीमालली गाउँपालिका सँग र उत्तरमा यसै जिल्लाको सर्केगाँड गाउँपालीका सँग सिमाना जोडिएको छ ।
    साविकका मदना र मैला गाविसमा पर्ने ताँजा क्षेत्र र बाइसे चौबिसे राज्य ताका स्थापित कोतको को सम्झना स्वरुप, देशको संधिय प्रणाली अनुसार वि.स. २०७३ साल देखि यस गाउँपालिका लाई ताँजाकोट गाउँपालिका नामाकरण गरिएको हो । यस गाउँपालिकामा जम्मा ५ वटा वडाहरु छन् भने गाउँपालिकाको केन्द्र ताँजाकोटको वडा नं ३ चाखुरेमा अवस्थित छ ।
    कुल १८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको जनसंख्या ६,९९५ रहेको छ । विभिन्न जातजाती र भाषा भाषीको वसोबास रहेको यस गाउँपालिकाको आफ्नै रितिरिवाज चालचलन भेषभुषा रहनसहन, संस्कृति र चाडपर्व छन् । ताँजाकोट गाउँपालिका वाहुन, क्षेत्रि, ठकुरी, दलित र जनजातिका जातिय विविधताले भरिपुर्ण रहेको छ । यहाँका अधिकाँश मानिसहरु हिन्दु धर्ममा आस्था राख्ने भएकाले मठ, मन्दिर, कुलदेवताको पाठपुजामा एकरुपता पाइन्छ । बिशेषगरि यहाँ १२ देव, ३३ कोटी देवी देवता, मदाना, मष्टो, कैलाश, गुरा मान्ने चलन रहेको छ । यस क्षेत्रका प्रमुख धार्मिक स्थलहरुमा अदानचुली क्षेत्र, बदे चौर, रामा गाउँ, र मदाना रहेका छन् ।

Комментарии • 5