कागेश्वर महादेवको उत्पत्ति कथा||गागलफेदी||शम्भुप्रसाद||टिमराजा||उद्योग||यलेदोङ ५०८५||माघी२०८१||

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • कागेश्वरी मनोहरा नगरपालिका काठमाडौ जिल्लास्थित प्रसिद्ध नगरपालिका हो । उक्त नगरपालिकाको नाम कागेश्वरी अर्थात् प्रसिद्ध कागेश्वर महादेव र मनोहरा नदिको नाम मिलाएर राखिएको देखिन्छ । कागेश्वर महादेव उक्त नगरपालिकाको वडा नं. १ स्थित गागल जंगलभित्र अवस्थित छ । गागलफेदी भनिने उक्त स्थानलाई पनि माथिल्लो भाग गागल र तल्लो भाग फेदी भनेर चिनिने रहेछ ।
    कागेश्वर महादेवको उत्पत्ति कथा :
    द्वापरयुगको वर्णन गरिएको स्कन्द पुराण ८१,१०० श्लोक भएको सबैभन्दा लामो पुराण हो । उक्त पुराणको स्वस्थानी व्रत कथामा दक्षप्रजापतिकि पुत्री महादेवकि श्रीमती सतीदेवी हुन । दक्षप्रजापतिले महायज्ञमा नबोलाए पनि पुगेकी सतीदेवीले आफ्नो पति महादेवको निन्दा सुन्न नसकेपछि हवनकुण्डमा हाम फाली प्राण त्याग गरिन । महादेवको डरले अग्नीले सतिदेवीको शरीर नजलाइकन राखे । उक्त कुरा नारदले महादेवसम्म पुराएपछी व्याकुल भएका महादेव यज्ञस्थल पुगी सतीदेवीको मृत शरीर काँधमा बोकेर पृथ्वीको प्रदक्षिणामा निस्किए । महिनौंसम्म पृथ्वी घुम्ने क्रममा सतीदेवीको शरीर गलेर विभिन्न स्थानमा विभिन्न अंगहरु पतन भए ती स्थानहरुमा शिवलिंग स्थापना गरी विभिन्न व्यक्तिहरुले साधना गरेको प्रसंग पाइन्छ ।
    यहिँ सन्दर्भ कागेश्वर महादेवमा चाहिँ सतीदेवीको मुटु पतन भएको जनविश्वास रहेको पाइन्छ । सबभन्दा पहिला एउटा कागले गाईको दूध लिएर नियमित चढाउने गरेको थाहा पाएपछि खोजी गर्दा पत्ता लागेको भएकाले कागेश्वरी नाम रहेकोे बताइन्छ । उक्त मन्दिरका पुजारीका अनुसार कागेश्वर शिवलिङ्ग नेपालमा अवस्थित चौसट्ठी शिवलिङ्गमध्ये बत्तीसौं क्रममा पर्ने बताउनु भएको छ । उक्त प्रसङ्गलाई स्वामी डा. प्रपन्नाचार्यद्वारा लिखित "चौसट्ठी शिव लिङ्गको कथा" नामक पुस्तकबाट थप अध्ययन गरी कमेन्ट बक्समा राख्नेछु ।
    अर्को कथा :
    पौराणिक कालमा राक्षस र देवताहरूबिचमा युद्व हुँदा समुद्र मन्थनको क्रममा हलाहल विष उत्पन्न भएपछि विषको असरका कारण देवलोकलाई मृत्युबाट बचाउन भगवान शिवले विष सेवन गरे । विष आफ्नो कण्ठमा राखे । छट्पटीले चिसोपानीको खोजीमा हिडे । यस क्रममा गोसाँइकुण्डमा पुगे । त्रिशूलले जमिनमा खोप्ने क्रममा जल उत्पन्न भयो । त्रिशुली नदीको उत्पन्न भई त्रिशूली नदिको उद्गमस्थल कुण्डमा शयन गरी विषको पीडा कम गरे । केही समयपछि हिड्दै आउने क्रममा गागलफेदीमा विश्राम लिए ।
    पहिलो विश्रामस्थल रहेको यसै ठाउँमा शिवलिङ्गको रूपमा भगवान शिव प्रकट भए । पार्वतीले कागको रूप धारण गरी त्यस शिवलिङ्गमा गाईको दूध चढाइन् भन्ने चर्चा लिङ्गपुराणमा छ । परापूर्वकालसम्म पनि कागले दूध चढाएको देखेर त्यहाँ के रहेछ भनि गएर हेर्दा शिवलिङ्ग भेटिएकोले यस ठाँउको नाम कागेश्वरी रहन गएको चर्चा पाइन्छ । शिवलिङ्गको विभिन्न प्रकारका विषयमा परिच्छेद तीनको ‘लिङ्ग’ शब्दको अर्थ शीर्षकमा विभिन्न प्रकारको शिवलिङ्गको बारेमा वणर्न गरिएको छ । त्यसै वर्णनको आधारमा कागेश्वरी शिवलिङ्ग कस्तो प्रकारको शिवलिङ्ग हो भन्ने कुरालाई स्पष्ट गर्ने क्रममा पौराणिक ग्रन्थ अनुसार कागेश्वर शिवलिङ्ग स्वयम्भूलिङ्ग हो ।
    जनविश्वास :
    धार्मिक मत अनुसार कागले विस्टाएमा अशुभ मानिन्छ । उक्त दोष मेटाउन यस स्थानमा क्षमापूजा गर्न आउने गरेको पाइन्छ । त्यस्तै यस ठाउँमा पूजाआजा तथा भाकल गर्दा सबै मनोकांक्षा पूरा हुने जनविश्वास विद्यमान पाइयो ।
    अन्त्यमा , यस क्षेत्रको विकास , प्रवर्धन , प्रचारप्रसार एवं भौतिकीकरणमा स्थानीय तहले पर्याप्त ध्यान पुर्याएको देखिन्छ । श्री स्वस्थानी व्रतकथा शुभारम्भ हुने दिन मै यस क्षेत्रको भ्रमण गराउनु हुने कागेश्वरी मनोहरा नगरपालिका मै कार्यरत शम्भुप्रसाद राईलाई साधु ! साधु !! साधु !!! साथमा टिमराज राई र उद्योग राई ।।
    वि.सं. : २०८१ माघेसंक्रान्ती , यलेदोङ: ५०८५ नयाँवर्ष , तदअनुसार १४ जनवरी २०२५ । भवतु सब्ब मङ्गलम् !

Комментарии • 6

  • @LAHURE5
    @LAHURE5 22 дня назад +1

    ❤❤

  • @samirynzn7096
    @samirynzn7096 22 дня назад +1

    ❤❤

  • @aranikodepart5246
    @aranikodepart5246 22 дня назад +1

    उद्योग सरा अब यो बिरालोले बाटो काट्दाखेरि पनि अशुभ हुन्छ त्यो बिरालोले बाटो काट्ने बित्तिकै दौडेर पुग्ने मन्दिर पनि पत्ता लगाइदिनुस् न। अब कागको त भइहाल्यो कागले छेर्ने बित्तिकै अब दौडेर त्यही मन्दिरमा जाउँला अब बिरालोको पनि पत्ता लाइदिनु पर्यो उद्योग सर।🙏🙏🙏🙏

    • @udhyograiofficial
      @udhyograiofficial  22 дня назад

      एकदिन त्यस्तो ठाउँमा पुगियो भने तपाईंलाई ब्रेकिङ दिउला ! भिडियो हेर्दिनुभएकोमा साधु !

  • @ChiniRai-x8h
    @ChiniRai-x8h 22 дня назад +1

    ❤❤

  • @SovitaRai-y7j
    @SovitaRai-y7j 22 дня назад +1

    ❤❤