आज सिमतालमा झै तिन दसक अघि जोगीमारामा यात्रु बस नदीमा खसेर हराएको। त्यो बखतमा विजय कुमारको रिपोर्टिङ

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • यतिका दिन पछी पनि , सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । मेरो प्रार्थना ती बसमा रहेकाहरुको परिवार जनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३५ बर्ष अघि नजिकबाट महसुस गरेको थिए । पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएके थिएन । जोगीमारा करिब १०० किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरा पर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निसकन्थ्यौ ।
    दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन एडिटिङ प्रविधि अहिलेको तुलनामा धैरै अपठ्यारो र गरुङो थियो । नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी थाकेर सुतथ्यौ । भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी थाकेर त्यतै बास बस्यौ ।
    हुनत जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो जोगीमारा रिपोर्टहरुले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संमबन्धित सबैलाई छिटो काम गर्न दबाब पनि भयो । हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ ।
    कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा लेखे ;
    ' सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजे क्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चर भएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका !
    पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसको लाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें । दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेको पानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो ।
    नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमा फूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधा किलोमिटर पर थचारिदियो ।
    ‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् ।
    आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाई नजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँ भनेर सोच्नुपर्ने हुन्छ ।
    ‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । '
    आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ । मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ बिसौ गुना भारी , अपठ्यरा , असजिला । तर ती भारी अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ ।
    म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले मैले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनाहरुलाई सदाका लागी जीवन दिए ।

Комментарии • 18

  • @ramuraut1047
    @ramuraut1047 Месяц назад +15

    यस बाट पुष्टि हुन्छ हामी ३ दशक अघि र अहिले प्राविधिक विकास को एउटै अवस्था मा छौँ।आज सम्म न बस को टुङ्गो छ न मान्छे को ।अझ विडम्बना यकीन रुपमा बस मा कतिजना थिए भन्नेपनि थाहा छैन।

    • @jivarishi
      @jivarishi Месяц назад

      सहि भन्नु भयो ।

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 Месяц назад +8

    जतिसुकै वाइयात तर्क गरेपनी हाम्रो अस्लियत चै यत्ती हो ३ दसक बितेर जांदा पनि

  • @maheshkarki9701
    @maheshkarki9701 Месяц назад

    हैट

  • @gurungbijaya4677
    @gurungbijaya4677 Месяц назад +1

    Old memorise ….

  • @rameshchhetri4725
    @rameshchhetri4725 Месяц назад

    You are a great ...legend for a reasons..❤

  • @Miles_Away
    @Miles_Away Месяц назад +2

    Situation is the same faces have changed

  • @sugriv3405
    @sugriv3405 Месяц назад +3

    Still same xa situation Nepal ma 💀
    Bikas ma Neta ko boli sunda abo hasu ki rum hunxa 😵‍💫

  • @fast_laugh6812
    @fast_laugh6812 Месяц назад +3

    yetro decades paxi pani hami jaha ko tehi 😢

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Месяц назад +3

    २०४६ देखी २०८१ सम्म हामी हाम्रो बाटो गुणस्तर अनि प्राविधिक जोखिम न्यूनीकरण के कस्ता उपकरणको र बिस्तार , विकास गरौं 🤨😐️

  • @gurungbijaya4677
    @gurungbijaya4677 Месяц назад +2

    Tyo samya ma t Pani safa rhex .

  • @kebalkarki6523
    @kebalkarki6523 Месяц назад +1

    म सानो थिए त्यो बेला । नेपाल तेलिभिजनबाट धेरै कभर भएको थियो यो घटना । बाङ्लादेशबाट गोताखोर झिकायर बस खोजिएको थियो ।

  • @skmovies3337
    @skmovies3337 Месяц назад +4

    परिवारलाई कस्तो भयो होला बज्रपात 😢😢

  • @sandeshshrestha11
    @sandeshshrestha11 Месяц назад

    Omg .. same sutuation

  • @harikrishnapaudel9254
    @harikrishnapaudel9254 Месяц назад +2

    हामी सानाे छदाँ सुनेकाे घटना हाे याे । हामी अझै कति पछि रहेछाैं यसले प्रमाण दिन्छ ।

    • @gauravaryal8310
      @gauravaryal8310 Месяц назад

      42 jana sathai bus pani vetiyena haina yo incident ma?

  • @AJ_LFC
    @AJ_LFC Месяц назад +1

    3 decade ma desh ma pariwartan ayekai xa, tara matra khane mukh thapiye ani luchne laat badyo.

  • @worldpeaceok
    @worldpeaceok Месяц назад

    Loktantra gantantra k k tantra, neta lai hai sancho jantalai sadhai sasti. Yei ho Nepal ko reality.