जरिवाना असुलेर राजश्व संकलन गर्ने प्रहरीको काम हैन प्रदेश प्रहरी प्रमुख किरण राणा| Kiran Rana Police
HTML-код
- Опубликовано: 26 ноя 2024
- ११ जेठ, रामेछाप । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रहरी राजश्व संकलन केन्द्र नभएको बताएकी छन् । ‘त्यो हाम्रो दायित्व हैन । नियम भन्दा बाहिर हुने चालकहरूलाई चरणबद्ध रूपमा आग्रह गर्ने हो । विभिन्न बहानामा जरिवाना असुलेर राजश्व वृद्धि गर्नु प्रहरीको लक्ष्य नभएको उनको भनाई छ ।
बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि बिहीबार पहिलो पटक जिल्ला प्रहरी कार्यालय रामेछापको अनुगमन एवं अवलोकन गर्न टोली सहित आएकी राणाले जरिवाना असुल्नेमा मात्रै नभएर नागरिकलाई विधि, कानुन र प्रमाणको आधारमा अगाडि बढ्नको लागि आफूहरूले काम गर्न सक्नु पर्नेमा जोड् दिएकी हुन् ।
#ramechhaptimes #Napal_Police #rana
मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, २ नं का वडा अध्यक्ष सुरेन्द्र कार्की, जिल्लामा सक्रिय विभिन्न सञ्चारमाध्यमका पत्रकार, सञ्चारकर्मीहरू, कानुन व्यवसायी एवं नेपाल बार रामेछापका अध्यक्ष पाण्डप प्रसाईँ, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, व्यापार-व्यवसायी, पूर्व प्रहरी सहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा भेटघाट गर्दै जिल्लाको समग्र विषय वस्तुको बारेमा जानकारी लिइन् ।
समस्या भएका र समाधान गर्न सक्ने विषयमा उनले प्रतिबद्धता जनाउँदै भनिन् ‘नागरिकको सुरक्षा हाम्रो दायित्व हो जिल्लामा आवश्यकता रहेका ठाउँमा अस्थायी प्रहरी पोस्ट राख्न मेरो ध्यानाकर्षण नभएको हैन । तर, पूर्वाधार तयार हुनु पर्यो ।’
बागमती प्रदेशमा सवारी दुर्घटना अधिक रहेकाले त्यसलाई न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको दाबी गरिन् । यद्दयपी यहाँका व्यवसायीहरूले भने काठमाडौँ जान खुर्कोट देखि काभ्रेभञ्जाङ सम्म लगाउँदै आएको टाइम कार्ड हटाउनु पर्ने मागमा महानिरीक्षक राणाको ध्यानाकर्षण गराएका थिए ।
जिप्रकाको स्थलगत अनुगमनपछि नायव महानिरीक्षक राणाले होमबहादुर पराजुली (डिएसपी) को नेतृत्वमा रहेको रामेछाप प्रहरीको काम सन्तोष जनक भएको तर्क गरिन् ।
त्यस्तै जिल्लाको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत कम्पनीले स्थानीयलाई पारेको समस्याको बारेमा जानकार रहेको बताउँदै शुक्रवार त्यसतर्फ विज्ञ सहितको टोलीले स्थलगत अनुगमन गर्ने र त्यसपछि के गर्न सकिन्छ भन्ने बारेमा थप जानकारी हुने बताइन् ।
सो अवसरमा मन्थली नगर प्रमुख श्रेष्ठले जिल्लाको समग्र स्थितिसँगै नगरको सुरक्षा बारेमा जानकारी गराउँदै नगरको केही वडामा अस्थायी प्रहरी पोस्ट राख्न माग गरे ।
ramechhap-time...