सल्यानमा श्रीमानले गरे श्रीमतिको हत्या ll Salyan Ghatana ll Diyo Online Tv 2080

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • सल्यानमा एक युवकले गत मंसिर महिनामा मात्रै विहे गर्न भनेर घर त्याएकी एक महिलाको हत्या गरेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरा बस्ने अन्दाजी २३ वर्षीय मोहन पुनले माइती घर सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फालावाङ भएकी सिमा कँवरको हत्या गरेको बताइएको छ । कुटपिटबाट शरीरमा घाउ चोट भएको अवस्थामा अन्दाजी २१÷२२ वर्षीया सिमा लेखपोखरा स्थित केटाको घर (ढाकुडाँडा टोल) मा मृत फेला परेकी हुन् । यद्यपि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले गत मंसिर १० मा मात्रै मोहनले सिमालाई विहे गर्न भनेर ल्याएको र उनीहरुले सिन्दुर हालेर विवाह नगरेको तर श्रीमान श्रीमतीको रुपमा बस्दै आएको बताए । हत्या आरोप लागेका श्रीमान मोहनलाई प्रहरीले सोमबार दिउँसो घर नजिकैकै जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।
    छत्रेश्वरी ५ लेखपोखरा स्थित केटाको घरमा महिला सोमबार मृत अवस्थामा फेला परेको र श्रीमान मोहनले ती महिलालाई आइतबार कुटपिट गर्दै घरभित्र प्रवेश गरेको देखिएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आइतबार राति ९ बजेतीर नै महिलाको हत्या भएको स्थानीयहरुले अनुमान गरेका छन् । ती महिलाको यसअघि अन्तै विवाह भएको र महिलाले पहिलेको श्रीमानलाई फोन गरेको भन्दै मोहनले कुटपिट गरेको बताएका छन् । प्रहरीले भने श्रीमानलाई पक्राउ गरिएको र घटना बारे सोधपुछकै क्रममा रहेको जनाएको छ । प्रहरीका अनुसार पैदल दुरी एक घण्टा टाढा रहेको आफ्नो बुवाको घरबाट आइतबार फर्किने क्रममा मोहनले सिमालाई कुटपिट गर्दै घरभित्र प्रवेश गरेका थिए ।
    #Diyoonline
    #salyanGhatana
    #सल्यान_घटना

Комментарии • 2