अब नेपाली भूमिबाटै पुगिन्छ वाल्मिकी आश्रम, खुल्यो झोलुङ्गे पुल र पदमार्ग ।

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #@devbhumikhabar
    latestnews
    #tajakhabar
    #balmikiaashram
    #trivenidham
    #nepalinews
    #indianepal
    #border
    #chitwannationalpark
    #gandakpul
    #nawalpurnews
    #narayani
    #treakingpath
    #hindu
    दर्शकबृन्द नमस्कार, तपाईले अहिले हेर्दै र सुन्दै गनुभएको लोकप्रिय अनलाईन टिभी देवभूमी खबर हो । आज हामीले त्रिवेणीस्थित नारायणी नदीमाथी बनेको झोलुङ्गे पुल जंगलपट्टि बनेको पैदल मार्ग सञ्चालनमा आएपछि अव बाल्मिकी आश्रम जान भारतीय भूमि प्रयोग गर्ने बाध्यता हटेको प्रसँगलाई लिएका छौ । तर त्यो भन्दा अगाडी यो सन्देश । यहीबीचमा तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलमा लाईक कमेण्ट शेयर गरिदिनुहोला साथै एक एक सस्क्राइभ पनि गरिदिनुहोला ।
    नेपालको बाल्मिकी आश्रम जान भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । नारायणीमा झोलुङ्गे पुल बनेपछि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो । सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी शुभारम्भ भएको लवकुश झोलुङ्गे पुलदेखि बाल्मिकी आश्रमसम्मको पदमार्ग करीव ३ किमी छ ।
    चितवनको माडी नगरपालिका वडा नं. १ मा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको बाल्मिकी आश्रम पुग्न लगभग ४० मिनेटको पैदल यात्रा गरे पुग्छ ।
    यहाँ नारायणीमाथी २ वर्ष अघि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल चितवनपट्टि निकुञ्ज क्षेत्रमा बाटो निकास नहुँदा प्रयोगमा आएको थिएन । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयको श्रमदान र न्यून पारिश्रमिक दिएर जंगलको बाटो बाल्मिकी आश्रम पुग्ने पदमार्ग निर्माण गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए ।
    उनले नेपाली भूमि हुँदै बाल्मिकी आश्रमसम्म पुग्न सकिने सहज पहुँच पदमार्गले यहाँको धार्मिक पर्यटन पर्वद्र्धननमा मदत पुग्ने अपेक्षा गरे । अध्यक्ष गिरीले दुम्किबास त्रिवेणी बाटो आवश्यकता हैन भन्ने हो भने बाटोको कुरा गर्न छोड्न वा बाटो जोड्ने प्रयासमा लाग्नुपर्ने बताए । उनले २०६२ सालदेखि त्रिवेणीलाई दुम्किबाससँग जोड्न भनेर लागेका सवै थाकिसकेको विरह पोखे ।
    भारतले मेसिन औजारहरु लैजाने बाटो नदिएपछि विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र स्थानीयको जनश्रमदानबाट बनेको पदमार्ग पछिका लागि मोटर बाटो बनाउन मिल्नेगरी निर्माण भएको गजेन्द्रमोक्ष दिब्यधाम बिकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।
    बाल्मिकी आश्रममा भएको कार्यक्रममा बोलेका राजनैतिक दलका नेता, जनप्रतिनिधिले सवैको चासो अव दुम्किबास त्रिवेणी सडकमा हुनुपर्ने साझा धारणा राखे ।
    नेकपा एमालेका नेता तथा पूर्व संघीय साँसद तिलक महतले आफूले त्रिवेणीका लागि ३ वटा काम गर्ने प्रतिवद्धता गरेकोमा गर्न नसकेको एउटै काम दुम्किबास त्रिवेणी बाटोमा अर्जुनदृष्टि लगाउनुपर्ने बताए ।
    नेपाली काँग्रेसका बालकृष्ण घिमिरेले दुम्किबास त्रिवेणी बाटो नहुँदा विनयी त्रिवेणी गाउँपालिकाका २ वटा वडाका नागरिकमा गण्डकी प्रदेशमा गाभिनु दुर्भाग्य त होईन भन्ने महशुस नागरिकलाई गराउन दिन नहुने बताए ।
    उता, झोलुङ्गे पुल बनेपछि धार्मिक भक्तहरु बाहेक पनि पुल वारपार गर्ने, पुल हेर्न, फोटो भिडियो खिच्न स्वदेशी एवं भारतीयहरु पहिलेभन्दा धेरै त्रिवेणी भित्रिएका छन् ।
    त्रिवेणीस्थित गजेन्द्रमोक्षधाम, स्नानघाट, दाहसंस्कार घाट जस्ता महत्वपूर्ण धार्मिक क्षेत्र नवलपुरको त्रिवेणीमा पर्ने तर नारायणी पारी चितवनमा पर्ने बाल्मिकी आश्रम पुग्न भारतीय भूमि हुँदै घुम्नुपर्दा प्राय दर्शनार्थीहरुको धार्मिक भ्रमण अधुरो हुने गर्दथ्यो । यहाँ पुल र पदमार्ग बनेलगत्तै बाल्मिकी आश्रम पुग्नेहरु बढेका छन् ।
    धार्मिक ग्रन्थ रामायणमा भनिएझै बाल्मिकी आश्रमलाई त्रेतायुगको पौराणिक र धार्मिक स्थलको रुपमा मानिन्छ । यहाँ रामायणमा उल्लेखित गर्भिणी सीतालाई जंगलमा छोडेपछि लवकुशले समातेर घोडा बाँधेका कथा र सीता पाताल भासिएकोसम्मका कथासँग मेल खाने स्थलहरु हवन कुण्ड, विष्णु चक्र, सिताको सिलौटो, अमृत कुण्ड, गाग्रो राख्ने ठाउँ, योग, साधना स्थलका विम्वहरु अवलोकन गर्न पाइन्छ ।
    पूरा भिडियो हेर्न क्याप्सन र कमेण्ट बक्समा रहेको युट्युव लिङ्कमा जान सक्नुहुनेछ ।
    हवस् त भ्रमण तथा रिपोर्टिङमा लिईएका यिनै सामाग्री सहित त्रिवेणी बाल्मिकी धार्मिक एवं पौराणिक स्थल, नेपाल भारतबीचको सीमा क्षेत्रको समाचारमूलक र पर्यटकीय क्षेत्र प्रवद्र्धन हेतु तयार पारिएको यो सामग्री हेरेर तपाइलाई कस्तो लाग्यो ? मन परे लाइक, कमेण्ट शैयर र च्यानल सस्क्राइव पनि गरिदिनुहोला । नमस्कार ।

Комментарии • 2

  • @user-jz8op9dt1o
    @user-jz8op9dt1o Месяц назад

    ❤❤

  • @sanihangsonam4140
    @sanihangsonam4140 Месяц назад

    हैन नेपालमा कताबाट भरतिय मान्छै लब कुश को नाम आयो बस्ने नेपालमा पुल नेपाली स्मदान पुलको नाम चै ईनडियान नैपाली सब्द छैन ?