बालक हामी | गीत: रामबाबु सुवेदी | सङ्गीत: डिल्लीप्रसाद चापागाई | गायन: माण्डबी त्रिपाठी | बालगीत

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ । वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौँ बालगीतहरू विद्यालयका कार्यक्रमहरूमा अत्यधिक रुचाइएका छन् । बालक हामी - Baalak haami रामबाबु सुवेदीको नेपाली बालगीत हो ।
    बालक हामी
    गीतकार
    रामबाबु सुवेदी
    सङ्गीतकार
    डिल्लीप्रसाद चापागाई
    गायिका
    माण्डबी त्रिपाठी
    स्टुडियो
    साउण्ड डिजाइन स्टुडियो, नक्साल
    गीतकार रामबाबु सुवेदीको परिचयः
    रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
    हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँडीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
    कवि सुवेदीका पैँतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
    साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
    सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
    सर्वाधिकार ©रामबाबु सुवेदी, २०८०
    #बालक_हामी #Baalak_Haami
    #रामबाबु_सुवेदी #Rambabu_Subedi

Комментарии •