किताबका कुरा : सुरेश ढकालसँग | Kitab Ka Kura with Suresh Dhakal | Episode 77

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025
  • किताबका कुरा : सुरेश ढकालसँग | Kitab Ka Kura with Suresh Dhakal | Episode 77
    मानवजातिको आदि पुर्खा करीब २० लाख वर्ष पहिले आफ्नो मूलथलो अफ्रिकी घाँसे मैदान छोडेर बाहिर निस्किएका थिए। आधुनिक मानव वा वर्तमान मानव प्रजातीको पुर्खाहरू भने दुई लाख ७० हजारदेखि दुई लाख १५ हजार वर्षअघि अफ्रिकाबाट अन्यत्र फैलिएको देखिन्छ।
    जनसंख्या वृद्धि हुँदै गएपछि अफ्रिकाबाट हिडेको मान्छेले बिस्तारै पृथ्वीलाई उपनिवेश बनाउने उपक्रम प्रारम्भ गर्‍यो। मानवशास्त्रीहरूले पुरातात्त्विक, भाषिक र जिनोम अध्ययनबाट प्राप्त गरेका तथ्य केलाउँदै मान्छेको प्राग ऐतिहासिक कालखण्डलाई विभिन्न तहमा विभाजन गरेर हेर्ने गरेका छन्। सम्पूर्ण चराचर जगतका प्राणी र वनस्पतिलाई पछाडि छाड्दै पृथ्वीलोकमा शासन गर्दे आइरहेको मान्छेले अहिलेको कालखण्डसम्म आइपुग्दा अन्य ग्रहमा समेत हैकम जमाउने हैसियत बनाइसकेको छ।
    मान्छेले यो अद्भुत क्षमता कहाँबाट र कसरी आर्जन गर्‍यो? अध्येताहरूले यसमा मनग्गे माथापच्ची गरिसकेका छन्। मानवशास्त्रीहरूको भनाइमा मान्छेले जुन दिनदेखि अस्त्र बनाउन र कल्पनाशीलता प्रयोग गर्न जान्यो, त्यहि दिनदेखि उसले अन्य प्राणीलाई पछाडि छाड्दै गयो। त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्राध्यापक सुरेश ढकालले मान्छेमा यो चेत पलाएको समयकाल आजभन्दा करीब २० देखि २५ लाख वर्ष पुरानो भएको हालसालै बजारमा ल्याएको पुस्तक ‘इतिहासअघिको इतिहास’मा उल्लेख गरेका छन्। मानवशास्त्री ढकाल भन्छन्, “तैपनि मान्छे शासक मात्र होइन, विनाशक पनि हो।”
    मान्छे जति जति फैलदै गयो, त्यति त्यति उसले स्थानीय वातावरण अनुरुप आफ्नो स्वरुप परिवर्तन गर्दे लग्यो। त्यो अनुरुप मान्छेको संरचनागत विविधता पनि बढ्दै जान थाल्यो। १० देखि १२ हजार वर्ष अघि गरेको कृषी क्रान्तिले मान्छेको जिवनशैलीमा कायापलट नै आयो। उत्पादन प्रणाली विकास गर्न थालेपछि घुमन्ते मान्छेले बस्ती बसाउन थाल्यो। सम्पत्तिको जोहो गर्न सिक्यो। परिवार संगठित गर्न थाल्यो। नीजि सम्पत्तिको प्रचलन प्रारम्भ भयो।
    श्रम विभाजन शुरू भयो। सगोल मान्छेको एउटा भौगोलिक सीमांकन सहितको थातथलो निर्माण हुन थाल्यो। मान्छे झन झन बढी शक्तिशाली हुँदै गयो र उसले सबैतिर एकाधिकार कायम गर्दै गयो। बिस्तारै मान्छे स्वार्थी बन्दै गयो।
    पाँच हजार वर्षअघि लेख्य परम्परा प्रारम्भ भएपछि मान्छेमा सत्ता र शक्तिको भोक झनझन बढ्दै गएको देखिन्छ। त्यसपछि शक्तिशाली मान्छेले निर्धा मान्छेमाथि शोषण र दमन बढाउदै लग्न थाल्छ। त्यसका निम्ति आफ्ना गौरवगान गर्ने इतिहास रच्न थाल्छ। शासकले इतिहास लेखाउन थाल्छन्। टाठाबाठाद्वारा लेखाइएका यस्ता इतिहासका माध्यमबाट विभेद् र शोषण बढ्दै जान्छ। शासकले यसलाई धर्मग्रन्थको रुपमा प्रचारित गर्छ।
    यस्तो चेतले आधुनिक विश्वलाई रक्तरञ्जित बनाउने काम गर्छ। युरोपभरी जातीय उन्मादबाट फैलिएको हिंसाले लाखौ मान्छेको ज्यान लिन्छ। भारतीय उपमहाद्विपमा पनि त्यहि सिको गर्दे फैलिएको जात व्यवस्थाले मानव समाजलाई त्राहीत्राही बनाउँदै लगिरहेको छ। ४०० वर्ष अघिदेखि फैलिएको यो रोग अहिलेसम्म निरन्तर चलिरहेको छ। किताबमा मानवशास्त्री ढकाल लेख्छन्, ‘लिखित इतिहासले ढाँट्छ, प्राज्ञ इतिहासले ढाँट्दैन।’
    ढकाल आधुनिक राज्यको अवधारणासँगै आएको पुँजिवादले जातिवादलाई झन बढी संस्थागत गर्दै विभेदलाई झन संस्थागत गर्दे लगेको बताउँछन्। यसमा प्राज्ञिकहरू पनि दुरुपयोग हुँदै आइरहेको ठान्ने ढकालले किताबमा लेखेका छन्, ‘इतिहासलाई भ्रमित पार्ने, आफ्नो स्वार्थ अनुरुप नहँुदा विस्थापित गर्ने र आफू अनुकूलको विगत निर्माण गर्ने चरित्र राजनीतिक र प्राज्ञिक दुवै दृष्टिकोणबाट खतरनाक विचलन हो। तर, यथार्थमा त्यस्तो भइरहेको छ।’
    चराचर जगतको शासक जाति मान्छेले जति बढी ज्ञानमाथि पहुँच प्राप्त गर्दै गईरहेको छ, त्यति नै बढी निर्मम बन्दै गइरहेको देखिन्छ। के त्यसो भए २० लाख वर्षको यत्रो लामो सभ्यता छिचोल्दै आएको मान्छे झन झन संकिर्ण र स्वार्थी हुँदै गइरहेको हो त? हिमालखबरले मानवशास्त्री ढकाललाई यी र यस्तै प्रश्नको सेरोफेरोमा रहि कुराकानी गरेको छ।
    ढकालको पुस्तकले प्राग ऐतिहासिक कालखण्डको कथा बुनेको भए पनि हामीले आधुनिक इतिहासले अहिले पारिरहेको प्रभावमाथि पनि कुराकानी गरेका छौं। चार महीनामै ‘सोल्डआउट’ भइसकेको यो पुस्तकमा केहि अध्याय थपथाप गरि दोस्रो संस्करणको तयारी भइसकेको सन्दर्भ पारि हिमालखबरको प्रस्तुति किताबका कुरामा मानवशास्त्री ढकालसँग गरिएको कुराकानी :
    अन्तर्वार्ता : जेबी पुन मगर
    क्यामेरा : सुमन नेपाली
    सम्पादन : राज यादव
    ~~~ ~~~ ~~~
    हिमालखबरका थप सामग्रीका लागि:
    फेसबुक : / himalkhabar
    ट्वीटर : / himal_khabar
    इन्स्टाग्राम : / himalkhabar
    टिकटक: / himalkhabar
    थ्रिड: www.threads.ne...
    पडकास्ट : podcasters.spotify.com/pod/show/himal-khabar
    हिमालखबर: www.himalkhaba...
    #sureshdhakal #history #booktok #human #humanhistory #nonfiction #interview #books #booktok #himalkhabar #himalmedia #nepal

Комментарии • 12

  • @bause_kabita
    @bause_kabita 23 дня назад +1

    ज्ञानवर्धक र मननीय वार्तालाप !

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 23 дня назад +1

    सुरेश सरकाे मानव सास्त्रकाेे बिश्लेक्षण राम्रो लाग्यो तर धार्मिक बिश्लृक्षण कमजोर लाग्यो गम्भीर अध्यान गरेर बाेल्दा धेरै राम्रो हुनि थियो ।
    पुन मगर सर पहिचान बादी जस्तो लाग्छ हजुकाे कार्यक्रम हेरि राख्छु हिन्दु धर्मका बारेमा मात्र बहस उटाउन खाेज्नु हुन्छ सरले मुस्लिम र क्रिसियन देशहरुमा अरु धर्मका मान्छेहरुलाइ कस्तो ब्याबाहार गर्छन् त्यो पनि खाेजि गर्नु पर्याे ती धर्मका ब्याक्ती हरुमा उचाे निचाे कति छ खाेजि गर्नु पर्याे खाली पुर्बिय दर्शनमा मात्र उछिटाे काड्नु भएन सर ।

  • @BK-do7ll
    @BK-do7ll 28 дней назад +1

    Really excellent

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 Месяц назад +2

    मैले पढे डा ढकालको ूइतिहासअघिको इतिहास सांस्कृतिक उद्धविकासको मानवशास्त्रीय वृतान्त ।ू औशत लागो । अर्थात मैले आशा गरेझै भयंकर रहेनछ । युवल हरारीको ुसेपियन्स मानव जातिको संक्षिप्त इतिहासु र होमो डेउसु पढेपछि डा। ढकालका पुस्तक फिक्का लाग्छन ।
    डा. ढकालको २४० पृष्ट पुस्तक भन्दा आजको संवादमा उनले मानव विकास प्रकृयाहरु शानदार र लजिक राखे । पूरै (१.५१) हेरे ।
    तरपनि नेपाली मानवशास्त्रीले लेख्या यस्ता पुस्तक सबैले पढे कसैलाई घाटा छैन । जेबी पुन मगरको प्रस्तुति शानदार लागो ।

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 24 дня назад +2

    २० लाख बर्ष अघि सभ्य र समृद्ध देखिएको मनुष्य आज किन झनै असभ्य र तन्नम देखियो ? कारण प्रस्ट खुलेन। विकसित र समृद्ध सम्बन्धी मनोदशामा गडेको भाष्य नै गलत छ । समृद्धी र विकास बारे धारण गरिएको यस्तो गलत धारणा सच्याउन पर्ला । हुदैनहुने विकास र समृद्धिको भ्रमात्मक इमेज दिमागबाट हटायो भने उचित होला ।

  • @YamBahadurThapa-d7u
    @YamBahadurThapa-d7u Месяц назад +2

    यो भन्दा अघि जे जति, जहाँ बाटआए पनि यो दुनियाँ, पृथ्वी बाट नै यो दुनियाँ को उत्पति पश्चात नै एक कोषिय जिव हरू हुँदै धेरै परिवर्तन पछि बाॅदर बनमान्छेहरू हुँदै सायद होमो सीपीएनबाट नै मानव सभ्यताको शुरूवात भएको भने पछि त मानिस त के यो दुनियाँ, यो संसार, यो पृथ्वी को अस्तित्व ईतिहाॅस नै युनिभर्स कसमस ब्रह्माण्ड को वायुमण्डल को महाकुणड मा गएर खोज्नु पर्यो।

  • @baburamrai7193
    @baburamrai7193 15 дней назад

    नक्कली / आग्रही पूर्वाग्रही / हावादारी बौद्धिकहरूको जमातभित्रको एउटा सत्धर्मी बौद्धिक मानवशास्त्री हो ।

  • @mespangrai5240
    @mespangrai5240 Месяц назад +3

    1. प्रोफेसर साहेब पक्का विद्वान मात्र हैन Intellectual honesty भको इमान्दार पनि हुनु हुँदो रहेछ - वहालाई हार्दिक सलाम!
    2. 40:0051:00 पछिका वहाँका भनाई हरु धेरै नै सान्दर्भिक र महत्वका छन्
    3. बुझ्नु पर्ने कुरा हरु - पुनजीले युरोपको "आर्य सुप्रेमसी" भन्नु भयो जो हिट्लरको मान्यता थियो - उनि हरुको "आर्य " - गोरा, नीलो आँखा भका र सुनौलो केस हुने जाति हो ( हाम्रा आर्य हरु नझुक्किनु होला - हिटलरले हाम्रा आर्य लाई तल्लो स्तरको मान्छे सम्झिन्थ्यो! )
    4. अहिलेको स्कोलर हरुको मान्यता- भारतीय उपमहादिपमा आर्य इन्भेजन थिअरी ( Aryan Invasion Theory ) नभएर आर्य माइग्रेशन ( Aryan Migration Theory ) हो! ( DNA र Archaeological स्टडी को आधार मा! )
    5. जातीय र धार्मिक अतिवादी हरुले नक्कली इतिहास बनाएर आफ्नो राजनीति गरेको इतिहास भको मात्र हैन अहिले पनि भई रहेछ!
    6. इमान्दार सचेत र शिछित हरुले यो तत्थ्य बुझ्न अतिनै जरुरी छ!

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf Месяц назад +1

    Very useful to the public .It has been like a super teaching session..Thankyou both of you,Sirs,
    True,the so calledprimitive society as proposed by Marx and Engels and eulogised byEngle at funeral ceremony ofKarl Marx. ,.This does not mean Marx and Engles have told lies,it perhaps means in their case too,politics superseded. ,
    I would have appreciated more had the initial question be like” yo kitab ahilay kina. .?rather than the way the interrogator put his first question. The same qs could have been a super ending had it been asked last giving the answered full chance to express his views f. It is crucial that the interrogator behaves like a mother rather than Matrimoniacal head with stick in her hand. Otherwise it is really good interview. . Lastly had the price of the book been revealed ,it would have given the reader to check the pocket .one of the reasons why young people are going away from a book reading habit is the thirty percent cut money the sellers charge and astronomical printing cost.
    The authors need to be sociao-economically friendly to readers.
    I admire Dhakaljue’s honesty in declaring openly that second edition will be.Not be a photocopy of the first and will include more material and needed corrections.This may make the readers not to buy FROM the remaining first edition , yet this has placed the author as sincere writer - a rare nobility these days, congratulation. .wish both of you,Sirs a happy ew year2025
    DrMani Kumar Sharma
    Siliguri
    Distt Darjeeling,
    I will buy the second Ed .my relative at Kathmandu already informed.
    Jai Gorkha Jai Gorkhabhasa
    05012025
    Pranay. And the question asked by Himal Khabarovsk

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 27 дней назад +2

    इमानदार र असल प्राध्यापक ।

  • @aryankarki7900
    @aryankarki7900 Месяц назад +2

    Please 🙏 invite Buddhist Bigya.