"संविधानले नछोएका मान्छे : जीत बहादुरको कथा"

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • उनी हुन् पाल्पाको तानसेन नगरपालिका ६ जैसीचौपारीका जीत बहादुर विक । आज असोज ३ गते देशमा संविधान जारी भएको ९ वर्ष भयो । ३ दशक भन्दा बढी समय आरनमै विताएका जीत बहादुरको अवस्था अहिले पनि उस्तै छ । संविधान दिवसका दिन १२ बजे दिउँसोको गर्मीमा जीत बहादुरका नाती बाजे आरनमा पिल्सीरहेका छन् । केहीबेर समय मागेर उहाँ संग कुरा गर्न थाल्यौं ।
    जीत बहादुरलाई संविधान दिवसको कुनै महत्व छैन । यो दिवस नेताहरुलाई मात्र पर्व भएको उनको भनाई छ ।
    संविधान दिवसका अवसरमा हेलिकप्टर बाट पुष्पवृष्टि गर्ने देखि नेताहरुले सलामी लिने सम्मका कार्यक्रम भईरहेको छ । संविधानको समावेशीता नेताहरुको आफन्तलाई मात्र हुँदा जीत बहादुर दुखी छन् ।
    जीत बहादुरलाई अहिले र पहिलेमा केही फरक छैन । उमेर पुगेका नेताहरुले विकास गर्छन् भन्नेमा उनलाई विश्वास छैन ।
    केन्द्र सरकार त छोडौं, स्थानीय सरकारले समेत श्रमिक वर्गको पक्षमा काम गर्न नसक्दा जीत बहादुर निराश छन् ।
    ९ वर्षको संविधानले छुन नसकेका जीत बहादुर जस्तै लाखौं श्रमिकको अवस्था उस्तै छ । व्यवस्था फेरीयो भन्छन्, व्यवस्थाले नेताको अवस्था त फेर्यो होला, सर्वसाधारणको अवस्था उस्तै छ ।

Комментарии •