खुल्ला बास्केटबल प्रतियोगिता Tangting VS Parbat

Поделиться
HTML-код
  • Опубликовано: 26 сен 2022
  • खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न । "न्यायप्रेमि युवाहरु राष्ट्रीय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा" भन्ने मुल नाराको साथमा आज खुल्ला बास्केटबल खेल सम्पन्न भएकोछ। राष्ट्रीय युवा संघ नेपाल मादी गाउँपालिका-२, कास्कीद्वारा आयोजित "प्रथम खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता २०७९" मा उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मादि गा. पा. का निवर्तमान प्रमुख वेद बहादुर गुरुङ (श्याम) साथै समापन कार्यक्रममा निवर्तमान वडाध्यक्ष वडा नं. १३, पोखराका दर्शन लामा रहनु भएको थियो।खेल असोज १ गते देखि ४ गते सम्म सन्चालन गरिएको थियो। सो प्रतियोगितामा महिलातर्फ मर्दिखोला A र मर्दिखोला B क्रमश: विजेता र उपविजेतासँगै नगत पुरस्कार रु. १५०००/- र रु. १०,०००/- हजार सहित ट्रफि र मेडल प्राप्त गरेकाछन साथै पुरुषतर्फ गण्डकी प्रदेशबाट चुनिएका अनुभवि खेलाडिले भरिपूर्ण कास्की बास्केटबल संघ (KBA) र ताङतिङ A झिनो अंकले विजेता र उपविजेता बन्दै नगत पुरस्कार रु.८०,०००/- र रु.५०,०००/- हजार सहित ट्रफि र मेडल प्राप्त गरेकाछन्।महिला र पुरुष खेलाडि अन्तर्गत सर्वोउत्कृष्ट खेलाडि छिरिङ छोके शेर्पा र निकेश मगर हुँदै ट्रफि र नगत रु.२,५००/- र रु. ३,०००/- प्राप्त गरेकाछन्।सो अवसरमा आयोजकलाई आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।ख्याति प्राप्त कलाकारहरुद्वारा केहि साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए।कार्यक्रम राष्ट्रीय युवा संघ मादि -२ कमिटी कास्कीका अध्यक्ष तथा यस कार्यक्रमका संयोजक क्षेत्र बहादुर गुरुङको अध्यक्षतामा भएको हो भने सम्पुर्ण कार्यक्रम संचालन थमन गुरुङले गरिएको थियो।VIDEO-संयोजक Jang Gurung .

Комментарии •