गुणस्तरिय नेपाली ढाेका -नेपाल डाेर फ्याक्ट्री नेपाल || Skin Door Factory Nepal || Arjun Bhusal

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • "NEPAL DOOR"
    Phone -9843034823
    Land Line -015915225
    website -www.readymadedoornepal.com
    www.nepalidoor.com
    #readymadedoor #nepaldoor #skindoor #moldedprimerdoor #constructionmaterial #nepalidoor
    #Arjunbhusal
    नेपाली उपभोक्तालाई गुणस्तरीय ढोका उपलब्ध गराउन नेपाल डोर नामक कम्पनी स्थापना भएको छ । अमेरिकामा एक दशकभन्दा धेरै समय विताएर नेपाल फर्किएका युवा उद्यमी योगेन्द्रजङ्ग बस्नेतले नेपालमा गुणस्तरीय ढोको अभाव देखेपछि यो व्यवसाय शुरू गरेका हुन् ।
    ‘नयाँ घर, अफिस वा अन्य ठूला भौतिक संरचना निर्माण गर्दा नेपालमा गुणस्तरीय ढोका उपलब्ध नहुने समस्या महशुस गरेपछि मैले नेपालमा ढोका उत्पादन शुरू गरेको हुँ’ बस्नेतले भने- नेपाल डोरले उत्पादन गरेका ढोकाको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ । नेपाल डोर प्रयोग गर्ने उपभोक्ताले सजिलै फरक महशुस गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।’
    पछिल्लो समयमा नेपाली उपभोक्ता चिन र मलेसियाबाट आयातित कमसल गुणस्तरका ढोका प्रयोग गर्न बाध्य थिए । कमसल कच्चा पदार्थ प्रयोग गरि बनाइएका यी ढोकाहरू नेपालमा परम्परागत रुपमा निर्माण गरिएका ढोकाको तुलनामा पनि न्युन गुणस्तरमा उपलब्ध छन् ।
    बस्नेत नेपालको सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन् । नेपाली मूलधारको पत्रकारितामा सफल फोटो पत्रकारको पहिचान बनाएका उनी अमेरिकामा एक दशकसम्म फोटोग्रामीमै क्रियाशिल रहेका थिए । ‘अमेरिकाबाट फर्केपछि मलाई नेपालमा उद्यमशिलता गर्नुपर्छ भन्ने हुटहुटी थियो । अवसरका क्षेत्र खोज्दै जाँदा मैले नेपाल डोरको आईडियालाई कार्यान्वयन गरेको हुँ’ बस्नेतले भने- म व्यवसायका लागि मात्रै यो काममा जोडिएको होइन । केही नयाँ काम नयाँ अध्याय शुरू गर्नुपर्छ भनेर मैले यो काम गरिरहेको छु । अहिले बजारबाट अत्यन्तै सकारात्मक फिडब्याक पाउँदा मलाई सन्तुष्टि मिलेको छ ।’
    नेपाल डोरले चितवनको भरतपुरमा अत्याधुनिक कारखाना संचालन गरेको छ । यस कारखानाबाट मोल्डेड स्किन डोर उत्पादन भएपछि नेपाली बजारमा उच्च गुणस्तरीय ढोका उत्पादनमा नयाँ युगको सुरुवात भएको विश्वास गरिएको छ ।
    ‘हाम्रो उत्पादनको बजारमा ठूलो माग छ । बजारले माग गरेअनुसार हामीले सप्लाई गर्न सकेको छैनौँ । निरन्तर उत्पादन क्षमता बढाउनुपर्ने दबाबकावीच हामीले काम गरिरहेका छौँ ता कि भोली देशका सबै प्रमुख बजारहरुमा हाम्रो उत्पादन पु¥याउँन सकियोस्’, बस्नेतले भने । हाल नेपाल डोरका उत्पादन काठमाडौँ, पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी, लम्की, कैलाली, महेन्द्रनगर, बनेपा, धादिङमा उपलब्ध छन् । मार्केटिङ चेनको विस्तार गर्दै उत्पादनलाई देशब्यापी बनाउने लक्ष्य नेपाल डोरले लिएको छ ।
    नेपाल डोर अहिले नेपालमा मोल्डेड स्किन, एफआरपी, र प्लाइ ढोका उत्पादन गर्ने नेपालको सबैभन्दा ठूलो उत्पादकको रूपमा स्थापित भएको छ । कम्पनीले उत्पादन गरेका प्रत्येक प्यानल स्किन ढोकाहरू नेपालमै उत्पादन हुने भएकाले गुणस्तर नियन्त्रण र अनुकूलन गर्न सक्ने क्षमता राख्ने नेपाल डोरले जनाएको छ ।
    नेपाल डोरको मुख्य लक्ष्य भनेको उपभोक्ताको घर, कोठा, कार्यालय, बालकनी, बाथरूम वा धुलाई कोठाका लागि शतप्रतिशत वाटर फ्रुफ ढोका उपलब्ध गराउनु हो । नेपाल डोरले उच्चतम् मापदण्ड पालना गर्दै उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न केन्द्रित रहेको कम्पनीका अध्यक्ष बस्नेत बताउँछन् ।
    अमेरिकाबाट स्वदेश फर्केर नमूनायोग्य उद्यमशिलता गरिरहेका बस्नेतले नेपाली डायस्पोरालाई नेपालमा उद्यमशिलताका धेरै अवसर बाँकी रहेकाले विदेशमा आफुले हासिल गरेको ज्ञानलाई नेपालमा उपयोग गर्न पनि आव्हान गरेका छन् । ‘पक्कै पनि यहाँ उद्यमशिलता गर्न सजिलो वातावरण छ भनेर म झुटो बोल्न चाहान्न । तर, आफ्नै देशमा गरिएको लगानी, रोजगारी श्रृजनामा गर्न सकिएको पौरख र सरकारी ढुकुटीमा योगदान गर्न सकिएको राजश्वले आफुनो देशका लागि केही गरेको छु भन्ने सन्तुष्टि प्राप्त भएको छ । यो मेरालागि विदेशमा प्राप्त हुने सुखसुविधाभन्दा धेरै माथि छ ।
    Phone -9843034823
    Land Line -015915225
    website -www.readymadedoornepal.com
    www.nepalidoor.com
    #readymadedoor #nepaldoor #skindoor #moldedprimerdoor #constructionmaterial #nepalidoor
    #Arjunbhusal

Комментарии • 10

  • @Upvcnepal
    @Upvcnepal 11 дней назад

    Good

  • @dilrai-gu7de
    @dilrai-gu7de 10 дней назад

    ताधा भयो सर मेरो घर उदयपुर मलाई पनि चाहिएको थियो सर 🙏🙏

    • @masonitenepal6453
      @masonitenepal6453  4 дня назад

      Sir hami transport bata sabai thaau ma gurrantyka saath pathau xau call me 9843034823

  • @Jhankbahadurthakulla-ne4ws
    @Jhankbahadurthakulla-ne4ws Месяц назад +2

    Price kati पर्छ

    • @masonitenepal6453
      @masonitenepal6453  Месяц назад

      @@Jhankbahadurthakulla-ne4ws namaskar can you please visit website for all sizes door price of Nepal Door

  • @shansarghartimagar8278
    @shansarghartimagar8278 11 дней назад

    मलाई पनि चाहिएको थियो ढोका ❤

  • @user-kw2uo2lq1g
    @user-kw2uo2lq1g Месяц назад

    Ppp

    • @masonitenepal6453
      @masonitenepal6453  Месяц назад

      Namaskar dear sir door price ko lagi yo link click garnu hola .ya door size dinu hola sake number dinu hola