नृत्य निर्देशक छेडुप लामा र शिक्षाका अभियन्ता अभिषेक घिमिरेबाट मन्थली मा वि मा कार्यशाला सञ्चालन

Поделиться
HTML-код
  • Опубликовано: 22 авг 2024
  • किन रुनुभयो मन्थली माविका शिक्षक ? सामुदायिक विद्यालयका शिक्षक पनि रुन्छन ? उहाँहरुलाई पनि बालबालिकाको माया लाग्छ र ? उहाँहरुको पनि मन कमलो हुन्छ र ? उहाँहरुलाई पनि बालबालिकाको भविष्यको चिन्ता हुन्छ र ? यसो भन्नेलाई मन्थली माध्यमिक विद्यालयका शिक्षकले गतिलो जवाफ दिनु भएको छ !
    रामेछापको मन्थली माध्यमिक विद्यालयका शिक्षकसँग दुई दिनसम्म नयाँ शैक्षिक सत्रका लागि शैक्षिक योजना निर्माण गर्ने क्रममा आयोजित उत्प्रेरणामूलक सेमिनार तथा कार्ययोजना निर्माण कार्यशाला पश्चात् सहभागी शिक्षक तथा विद्यालय प्रधानाध्यापकले यस्तो प्रतिक्रिया दिनुभयो I
    यस पटक हामीलाई वरिष्ठ नृत्य निर्देशक छेडुप लामाले पनि साथ दिनुभयो I दर्पण छायाँ २ लगायत केही चलचित्रमा नृत्य निर्देशक रहिसक्नुभएका नृत्य निर्देशक लामाले नृत्य तरंग क्रियाका माध्यमबाट शिक्षकले कसरी तनावलाई भगाएर प्रसन्न मुद्रामा बालबालिका सामू प्रस्तुत हुने भनेर निक्कै रोचक कार्यशालाको सहजीकरण समेत गर्नु भयो I

Комментарии •