||final match||Apf||Dhorpatan men club volleyball||

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • #finalmatch#dhorpatanmenvolleyball#apf विभागीय नेपाल एपीएफ
    क्लबले पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष
    भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
    एपीएफले गन्डकी प्रदेशलाई ३-० को सोझो सेटमा
    पराजित गर्दै उपाधि जितेको हो ।
    नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा
    शनिबार भएको फाइनल खेलमा एपीएफ शुवात देखि नै
    हावी भएको थियो । एपीएफले पहिलो सेटमा २५-१९ को
    सहज जित निकालेको थियो । दोस्रो सेटमा २५-१६ को
    सहज जित निकालेको एपीएफले तेस्रो सेट २५-१७ ले
    आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम-१५०
    ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता
    एपीएफले १ लाख रुपैया प्राप्त गर्यो । दोस्रो स्थानमा
    चिक्त बुझाएको गन्डकी प्रदेशले ६० हजार रुपैया प्राप्त
    गर्यो । यस्तै तेस्रो भएको गीतान्जलीले ३५ हजार रुपैया
    पायो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान
    युएम मोटरसाइकल प्राप्त गरे । व्यक्तिगत विधाका
    उत्कृष्टले जनही ५-५ रुपैया प्राप्त गरे । विजयी
    खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष
    जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन
    रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक
    ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललगायतले
    पुरस्कृत गरे ।
    गोलाप्रथाबाट छानिने भाग्यशाली दर्शकले १३
    असोजमा लक्की ‘ड्र’ मार्फत एक स्कुटर प्रदान गरिने
    संघका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । लिग
    कम नकआउटका आधारमा भएको प्रतियोगितामा
    विभिन्न १६ टिमको सहभागिता रहेको थियो ।
    प्रतियोगिता ३० भदैबाट शुरु भएको थियो ।
    ढोरपाटन भलिबलका उत्कृष्ट
    सर्वाेत्कृष्ट खेलाडी- महेन्द्र श्रेष्ठ (नेपाल एपीएफ क्लब)
    उत्कृष्ट सर्भर - दौलत सिंह (गीतान्जली कलेज)
    उत्कृष्ट सेटर - दिनेश गिरी (नेपाल एपीएफ क्लब)
    उत्कृष्ट स्पाइकर - टेकराज अवस्थी (नेपाल एपीएफ क्लब)
    उत्कृष्ट डिफेन्स - राजन दर्लामी मगर (गन्डकी प्रदेश)
    उत्कृष्ट क्वीकर - हरि पान्डे (गन्डकी प्रदेश)
    उत्कृष्ट प्रशिक्षक - ज्ञानेन्द्र विष्ट (नेपाल एपीएफ
    क्लब)

Комментарии • 24