लटारम्भेश्वर हाइकिङ।। Latarambeshwor Hiking।।

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • #hiking #hikingadventures #routes #hike #kathmandu #makawanpur #latarambeshwor #hikingkathmandu #prakritipremi #prakriti #nature
    मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-८, पर्दछ लटारम्भेश्वर महादेव मन्दिर। हिन्दूहरूका पौराणिक ६४ शिवलिङ्गमध्ये लटारम्भेश्वर एक हुन्। हिमवत् खण्डको १०४ औं अध्यायमा लटारम्भेश्वरको चर्चा गरिएको छ।
    श्रीस्वस्थानी व्रतकथाअनुसार मृत सतिदेवीको शवलाई बोकेर महादेव विभिन्न ठाउँमा पुगेका थिए। उनी जहाँजहाँ पुगे, त्यहाँत्यहाँ सतिदेवीका केही न केही अंग पतन भए। यहाँ आइपुग्दा उनको शिरका जटा अर्थात् कपाल पतन भयो। त्यसैले यसलाई लटारम्भेश्वर भनिएको। पछि यहाँ महादेव उत्पन्न भए।
    लटारम्भेश्वरलाई नटारम्भेश्वर पनि भनिन्छ। शिव ताण्डव नृत्यसँग पनि यो ठाउँ जोडिएको छ। महादेवले लोकमा ताण्डव नृत्यको प्रचार गर्न भनेर तण्डु ऋषिलाई आदेश दिएका थिए। यहाँ उनले तण्डुलाई ताण्डव नृत्य सिकाएका थिए। लटारम्भेश्वर दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ। यहाँ वैशाख १ गते र माघे सङ्क्रान्तिका दिन विशेष मेला लाग्छ।
    धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक रुपले समेत लटारम्भेश्वर आकर्षक छ। यहाँबाट नागबेली परेका डाँडापाखा, बेंसीका खेतीबाली र बस्तीको मनमोहक दृश्य देखिन्छ। साथै मौसम खुलेका बेला उत्तरतिर हिमाल टलक्क टल्किन्छन्। मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पादेखि गौरीशंकर हिमालसम्म।
    डाँडामा बस्ती छैन। बिदाका दिनमा सामान्य खाजा पसल राखिन्छ। अरु बेलामा त्यो पसल हुँदैन। डाँडाबाट करिब १ घण्टा ओरालो झरेमा एउटा घरमा होमस्टे सुबिधा छ। त्यसैले पानी, फलफूल र खाजा आदि लिएर यात्रा गर्नुपर्छ।
    पदमार्ग साहसिक र रोमाञ्चक छ। कतैकतै सिँढी पनि बनाइएको छ। ध्यानपूर्वक समयको ख्याल गरेर हिँड्नु पर्छ। महादेवटारबाट पुरै बाटो ठाडै उकालो। झर्दा पुरै ओरालो।
    यही पावन भूमि लटारम्भेश्वरमा प्रकृतिप्रेमी समूहले वि.सं. २०८१ जेठ २६ गते शनिबार हाइकिङ गराएको थियो।
    कसरी पुग्ने ?
    ललितपुरको लगनखेलबाट चापागाउँ, टीकाभैरब हुँदै कान्ति राजपथको तीनपाने भञ्ज्याङ, छपेली भएर बागमती पुलसम्म ४२ किलोमिटर। पुलबाट ३ किलोमिटर माथि महादेवटारसम्म जम्मा ४५ कि.मि.गाडीमा, समय तीन घण्टा। महादेवटारबाट पदयात्रा। करिब ३ घण्टा उकालो चढेपछि लटारम्भेश्वर मन्दिर पुगिन्छ।
    पदमार्ग: महादेवटार-लटारम्भेश्वर ५ किलोमिटर ।
    जम्मा पदयात्रा दुरी: १० कि.मि. ।
    पदयात्रा समय: करिब ६ घण्टा ।

Комментарии •