कार्कीले संविधान बनेको ७ वर्षपुगिसक्दा प्रहरी समायोजन हुननसक्नु गलत भएको बताउनुभएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • ६९ औं प्रहरी दिवसको अवसरमा विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा वुधवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकार अन्र्तर्गत तत्काल प्रहरी समायोजन गर्न समेत गर्नुभयो । उहाले प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने धारणा राख्नुभयो । प्रदेश मातहतमा प्रहरी समायोजन भएको दुई वर्षभित्रमा प्रहरीहरुलाई साधन स्रोत सम्पन्न बनाउने उहाको भनाइ छ । त्यस्तै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सरकारको उपस्थिति देखाउने पहिलो युनिट भनेकै प्रहरीहरु भएकाले यसलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो । प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा सहयोग गर्नेहरुलाई सम्मानित गरिएको थियो । यसै गरी मुख्यमन्त्री कार्कीले १ लाख रुपैया राशीको साधना प्रहरी सम्मान प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल थापा मगरलाई, २५ हजार राशीको विप्लव थापा स्मृृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक निरीक्षक कुल बहादुर बुढाथोकी र उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार सीता कुमारी दुलाललाई प्रदान गर्नुभयो ।

Комментарии •