कवि सरन खालिङकृत घडेरीको मान कविता संग्रहको विमोचन !!!

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • बिजनबारी 30 जनवरी (दीपक राई) कवि सरन खालिङ कृत घडेरीको मान कविता संग्रहको विमोचन उनकै आवासमा गरियो। यसदिन साधारण रूपमा आयोजन गरिएको विमोचन कार्यक्रमका सभापति हाँस्य व्यङ्ग्य कवि भक्त कुमार सुब्बा, विशिष्ट अतिथीहरु कविता संग्रहका प्रकाशक वचन लोहागुन, पत्रकार बी घिमिरे लगायत कवि राजकुमार तिम्सिना, रमेश कडारिया, मुक्तिनाथ शर्मा आदि उपस्थित थिए। धिरेन गुरुङ द्वारा संचालन गरिएको कार्यक्रममा कवि कर्ण विरहले कवि तथा कविता संग्रह बारे प्रकाश पारे। कविता संग्रहमा धुरी र घडेरीको द्वन्द रहेको जनाउँदै धुरीले घडेरी माथि अतिक्रमण गरिरहेको एउटा भाव रहेको उनले बताए। कवि सरन खालिङको कविताहरू एकैचोटी सबै नपढेर कहिले कहिले समय निकालेर पढे अति नै सुन्दर अनि मीठो लाग्ने पनि उनले जनाए। संग्रहमा भएका प्रत्येक कविताहरू आफैमा एक एक वटा मास्टर पिस कविता रहेको कवि विरहले बताए। प्रत्येक कविताको आफ्नै प्रकारको अस्तित्व अनि उत्कृष्टता भएकोले एक देखि अर्को कविता लगत्तै पढे पहिलो कविताको मिठास र महत्व दोस्रो कविताले हराई दिनेछ भनि उनले सुझावहरु पनि दिए। कविता सरन खालिङ कृत पहिले बाटै प्रकाशित कविता संग्रहहरु आँधी र सपना, पतझड अनि विपना र भसरंग चियारंग पनि उत्कृष्ट दर्जाको कविताहरू रहेको विरहले बताए। यसदिन प्रकाशक वचन लोहागुनले कवि सरन खालिङको कुराहरू सुनेर नै मैले पनि समाजको निम्ति केही गर्नुपर्छ भन्ने सोच तथा प्रेरणाले आफूले यसरी कवि खालिङलाई प्रकाशनको निम्ति सहयोग गरेको जनाए। यसदिन कवि सरन खालिङले जसले जे गरेको हुन्छ त्यो मानव जीवन अनि समाज हितको निम्ति भएको हुनु पर्छ भन्ने विचारहरू राख्दै सबै प्रति हार्दिक आभार प्रकट गरे। राजकुमार तिम्सिना, मुक्तिनाथ शर्मा,रमेश कडारीया, भक्त कुमार सुब्बा, धिरेन गुरुङ आदिले आफ्नो कविताहरू वाचन गरे।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

Комментарии •