जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai | Rambabu Subedi | Subin Century | Children Song
HTML-код
- Опубликовано: 26 янв 2025
- रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ । वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौँ बालगीतहरू विद्यालयका कार्यक्रमहरूमा अत्यधिक रुचाइएका छन् । जुत्ता सिउने साइँला दाइ - Jutta Siune Sainla Dai रामबाबु सुवेदीको नेपाली बालगीत हो ।
जुत्ता सिउने साइँला दाइ
गीतकार
रामबाबु सुवेदी
सङ्गीतकार/सङ्गीत-संयोजक
सुबिन सेन्चुरी
स्टुडियो
ओटु स्टुडियो, सामाखुसी, काठमाडौं
गायिकाहरू
रफेला महर्जन
टेरेसा विश्वकर्मा
जेनी चित्रकार
कलाकारहरू
इरादा कार्की
रोजी गुर्माछन
मनसुन नेपाल
सोहिता मगर
सर्गुन मगर
कलिना प्रधान
मर्सी गुरुङ
विशेषता रन्जित
आरोही भण्डारी
अब्सन गुरुङ
राजेन्द्र राम
विशेष आभार
प्रा. डा. केदारभक्त माथेमा, पूर्व राजदूत तथा कुलपति काठमाडौं विश्वविद्यालय
प्रा.डा. यु जङ्गी, दक्षिण कोरिया
सल्लाहकार
प्रमोद प्रधान, अध्यक्ष, नेपाल बालसाहित्य समाज
जीवन सुवेदी, सामाजिक अभियन्ता
करुण थापा, आइटी विशेषज्ञ
भवबहादुर थामी, अनुवादक
विशेष धन्यवाद
माउन्ट ग्लोरी इन्टरनेशनल हाइस्कूल, वसुन्धरा, काठमाडौं
गणेश श्रेष्ठ- प्रिन्सिपल
विद्या श्रेष्ठ - भाइस प्रिन्सिपल
अभिषेक के.सी.- शिक्षक
प्रायोजक
प्रशुन सुवेदी
निर्माता
रामबाबु सुवेदी
भिडियो निर्देशक
आचार्य गोपाल
छायाङ्कन/सम्पादन/रङ्ग संयोजन
मनोजकुमार पन्त
कोरियोग्राफर
रिदम श्रेष्ठ
ड्रोन
सुजय गौतम
शृङ्गार
पुनम चौधरी
सहायक निर्देशक
टाइग्रीस (सन्जु नेपाली)
क्यामरा सहायक/प्रकाश
लक्ष्मण ऐर
पोष्ट प्रडक्सन
लेन्स स्टुडियो
भिडियो निर्माण
दृश्य-लय सिनेमा
..............................................................................................
गीतकार रामबाबु सुवेदीको परिचयः
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँडीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैँतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
सर्वाधिकार © रामबाबु सुवेदी, २०२३
#जुत्ता_सिउने_साइँला_दाइ #Jutta_Siune_Sainla_Dai
#रामबाबु_सुवेदी #Rambabu_Subedi #Acharya_Gopal #Subin_Century