उत्तर सिक्किमको मुन्सिथाङमा पैह्रो चुङथाङ र लाचेन जोड्ने सड़क बन्द

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • उत्तर सिक्किमको मुन्सिथाङमा पैह्रो चुङथाङ र लाचेन जोड्ने सड़क बन्द
    #hamrokhabar #sikkim #villagelife #villagelife #हाम्रोखबर #bro #landslide #northsikkim
    उत्तर सिक्किमको चुङथाङ र लाचेनलाई जोड्ने महत्वपूर्ण ठाउँ मुन्सिथाङमा पैह्रो। आइतबार र आज बिहान 7 बजीको पैह्रोले सडक सम्पर्क स्थापित गर्ने प्रयासको क्रममा निरन्तर पैह्रो गएपछि सड़क बन्द भएको छ। जसले गर्दा पछिल्लो 9 महिनादेखि घरिघरि सम्पर्कविहीन बनिरहेको लाचेन चुङथाङ सडक सम्पर्कमा अझै ठूलो बाधा उत्पन्न भएको छ। चुङथाङ लाचेनको सड़क संपर्क एक हप्तादेखि पूर्ण रूपमा ठप्प छ। लाचेनबाट जेमा हुँदै डोङ्केला पासबाट मूलधारसित सम्पर्कमा आउने बाटो पनि जेमा खोलामा पुल भत्किएपछि बन्द छ। जेमा खोलामा भने अहिले बाँसको पुलबाट मानिसहरू हिँड्न भने सक्छन्। अहिले भने मुन्सिथाङको पैह्रो सबैभन्दा ठूलो समस्या बन्दैछ। हिज आइतबार पनि पैह्रो गयो भने आज बिहान 7 बजी पनि पैह्रो गएको कारण सडक पूर्ण रूपमा बन्द भएको छ।

Комментарии •