बिपक्षी दलहरुले बिभिन्न जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलहरुको संयुक्त बैठकले बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, र पुनःस्थापनामा सरकारले गम्भीरता नदेखाएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ध्यानाकर्षण पत्र बुझाउदा पनि सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने दिशामा सरकार लागिपरेको भन्दै यस बिषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बाढी पहिरो लगायत विपत्तिमा सरकारले प्रभावकारी रुपमा खोज, उद्धार, राहतका काम गर्न नसकेको बताउनुभयो । उक्त बिषयमा विपक्षी दलहरुको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र सुनुवाई नभए विशेष अधिवेशन बोलाउने निर्णय भएको उहाले बताउनुभयो । सरकारले पार्टीगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको उहाको भनाइ छ । बस्नेतले राजनीतिक पूवाग्रहका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने जिकिर गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णरुपमा असफल भएको भन्दै बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र दिने निष्कर्ष निकालिएको जानकारी दिनुभयो । उहाले सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाउने नियत राखेको भन्दै सजकताका साथ अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै रास्वपा नेता विराजभक्त श्रेष्ठले राज्यको दूरुपयोग गरेर सभापतिलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताउनुभयो । यद्दपी सहकारी प्रकरणमा सघाउन सभापति तयार नै रहेको बताउनुभयो । बैठकले सरकारलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराउनका लागि कार्यदल समेत गठन गरिएको उहाले जानकारी दिनुभयो । उहाले सवै बिषयमा ध्यानाकर्षण गराउदा पनि बिपक्षी दललाई पेल्ने काम भए बिशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने उल्लेख गर्नुभयो ।
    रास्वपा नेता शिशिर खनालले बिपक्षी दलले बनाएको कार्यदलले आगामी कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि बिपक्षी दलबीच समन्वयनको काम गर्ने जानकारी दिनुभयो । कार्यदलमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहनुभएको छ ।

Комментарии •