४६ वर्षपछि नहरको पानी किसानको पहुँचमा पुग्दै/शिलालेख र संस्थाको प्रोफाइल हुनुपर्ने/Pathraiya News

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • २०८१ असोज १२,
    जोशिपुर/ कैलालीको जोशीपुरमा पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ।
    समृद्ध नेपालको आधार: कृषि जमिनमा पूर्ण सिंचाईको विस्तार भन्ने मुल भावका साथ आयोजना गरिएको २४ औं साधारणसभाका सभापति पथरैया सिँचाई प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष जंग बहादुर थारुको सभाध्यक्षतामा, प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास राज्य मंत्री मा. निर्मला साउद, विशिष्ट अतिथी द्वय जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी, रानी जमरा कुलरिया सिँचाइ प्रणाली मूल समितिका अध्यक्ष तथा राष्ट्रिय सिँचाई महासंघका प्रतिनिधी कुमार राज शाही, अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष भोलेराम दहित, इन्जिनियर करण धामी, बिभिन्न संघसंस्थाका प्रतिनिधी,सिँचाई प्रणाली शाखा, प्रशाखा, आउटलेट समितिका पदाधिकारी, साधारण सभा सदस्य, उपभोक्ता किसान लगायत बरघर भलमंशा, समाजसेबी, पत्रकारहरुको उपस्थिति रहेको थियो।
    जोशीपुर खासगरी भौगोलिक रूपमा खेतीयोग्य जमिन भएको क्षेत्र हो। जसको लागि सिँचाइ सुविधा अति महत्वपूर्ण छ, जुन पथरैया सिँचाई प्रणालीले २ ओटा शाखा नहर,६ ओटा प्रशाखा नहर र ७८ ओटा आउटलेट बाट करिब २६१० हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुबिधा उपलब्ध गराउँदै आएको छ। सिंचाई सुविधाबाट कृषी प्रणालीमा सुधार, बाली विविधीकरण र नगदे बालीको विकास यस पथरैया सिँचाई प्रणाली जल उपभोक्ता संस्थाको उच्च प्राथमिकता रहेको तर पछिल्लो समयमा लागत कट्टा र सभाहल संस्थाको दुई मुख्य आवस्यकता देखिन्छ जसले काम गर्न सहज होस् भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै उपभोक्ता समितिका उपाध्यक्ष ओम राज विनाडीले स्वागत् मन्तव्य राख्दै भन्नुभयो।संस्थाका कोषाध्यक्ष द्वारा चालू आर्थिक वर्षमा भएका उपलब्धी, मर्मत सम्भार तथा निर्माण कार्यहरु,समस्या,चुनौती र प्राथमिकता दिइएने योजनाका साथै आ.व २०८०/८१ को १ करोड १ लाख २६ हजार ८९ रुपैयाँ ७० पैसको
    आर्थिक प्रतिवेदन साथै प्रस्तूत गरिएको थियो।
    पथरैया सिँचाई नहर सञ्चालनमा आएको करिब ४६ वर्ष भयो यस अवधिमा नहरको पुछारमा हुने किसानले प्रयाप्त पानी पाएका थिएनन् तर यस वर्ष सबै ठाँउमा प्रयाप्त पानी पुगेकोमा किसानहरू खुशी भएको लक्कड गाउँका बडघर छोटेलाल चाैधरीले बताए।
    कार्यक्रममा शुभकामाना मन्तब्य राख्दै विभिन्न बक्तहरुले पथरैया सिँचाई प्रणालीका विषयमा बोलेका थिए। खास गरी भाैतिक संरचना निर्माण हुँदा सम्बन्धीत निकायको अनुगमन र निर्माण कार्यहरु स्तरिय हुन जरूरी रहेको बताएका थिए। साथै भाैतिक संरचना निर्माण कार्य प्राय जेठ असारमा हुने हुँदा किसानलाई हुने समस्या प्रति ध्यानाकर्षण गराउँदै निर्माण कम्पनीहरुको पनि निगरानी हुनुपर्ने कुरामा जोड दिएका थिए।रघुनाथ आदर्श बहुमुखी क्याम्पसका प्रमुख निर्प बहादुर कुँवरले भन्नुभयो``किसानले आफ्नो समस्या कसलाई सुनाउने,भाषणमा मात्रै सीमित नराख्दै किसानका समस्यालाई निराकरण तर्फ सम्बन्धीत निकाय तत्पर रहोस्। राज्यले पनि सबै भन्दा अपहेलना अन्नदाता किसानलाई गरेकाे छ ´´।
    जसले नहर ल्याउन पहल प्रयास गरे ती हाम्रा पुर्खा अग्रजहरुलाई कार्यक्रम र औपचारिकतामा मात्रै सिमित राख्नुभन्दा यो संस्थालाई यहाँ सम्म पुर्याउने हाम्रो भविष्यको परिकल्पना गरिदिने अग्रजहरूको शिलालेख राख्नु पर्छ´´। उहाँले भन्नुभयो।कार्यक्रममा पथरैया सिँचाई प्रणाली नहरको परिकल्पनाकार तथा स्थापना कालमा नहर ल्याउन अमूल्य योगदान पुर्याएका स्व.मा.निर्मल कुमार श्रेष्ठ, स्व. पूर्व प्रधानपञ्च बालासिंह बम, स्व.पुर्बप्रधानपञ्च आशाराम कुशमी, स्व. पर्शुराम महतो तथा पूर्व अध्यक्ष हीरा सिंह खड्काको परिवारलाई सम्मान गरिएको थियो ।

Комментарии •