राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा निरन्तर प्रदर्शन भइरहेको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #rasopa #birgunj #nepal #anewstelevision
    शुक्रबार काठमाडौंमा पक्राउ गरेर पोखरा लगिएपछि रास्वपाका नेता तथा कार्यकर्ताले निरन्तर प्रदर्शन गरेका हुन् । सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले पोखरामा विरोध सभासमेत आयोजना गरेको थियो । त्यसअघि रास्वपाका नेता तथा कार्यकर्ताले पोखराका बिभिन्न स्थानमा विरोध र्याली आयोजना गरेका थिए । प्रदर्शनकारीहरुले नागरिक प्रतिशोध बन्द गर लगाएत सरकार बिरोध चर्का नारा लगाएका थिए । गतराती लामिछानेलाई शनिबार पोखरा ल्याए लगतै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो । लामिछानेलाई करिब पौने तीन बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । लामिछानेलाई आइतबार अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थीत रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

Комментарии •