सहकारी छानविन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताउनुभएको छ ।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • #birgunj #nepal #anewstelevision
    बुधबार सिंहदरबारमा रेडियो नेपालको दनुवार भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्दै मन्त्री गुरुङले प्रतिवेदनले दोषी देखाएका निकाय र व्यक्तिमाथि कारवाही गर्न सम्बन्धीत मन्त्रालयलाई लेखिपठाइसकेको बताउनुभएको हो । उहाले वर्तमान सरकारले सहकारी पीडित जनतालाई न्याय दिएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै मन्त्री गुरुङले उखु किसान र दुग्ध किसानको बक्यौता भूक्तानीका लागि पनि सरकारले आवश्यक सहजीकरण गरेको जिकिर गर्नुभयो । जनताको समस्याप्रति संवेदनशील बन्नका लागि वर्तमान सरकार बनेको उहाको भनाइ छ । उहाले सरकारको स्थीरताका लागि ठूला दुई दल मिल्नुपरेको धारणा राखनुभयो । उहाले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दावी गर्नुभयो । यसअघिको सरकारले निर्माण व्यवसायीको भूक्तानी गर्न बाँकी रकम अहिलको सरकारले क्रमश भुक्तानी गर्दै जाने उहाले बताउनुभयो ।

Комментарии •