२६ वर्षपछि आयोजना गरेको मध्यपुर महोत्सव Madhyapur Festival 2081

Поделиться
HTML-код
  • Опубликовано: 10 янв 2025
  • मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ आज सकिएको छ । महोत्सवको अन्तिम दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको भीड लागेको थियो ।
    योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो । महोत्सवमा आउनेहरूको आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो। महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन गरिने, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवर्द्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराउने उद्देश्य महोत्सव शङ्खधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिँदै बालकुमारी, चपाचो, नगदेश, बोडे, टिगनी, नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा गतिविधिसहित सञ्चालन भइरहेको थीयो लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा राखिएको थियो ।

Комментарии • 1