भवतापेन तप्तानाम् योगोहि परमऔषधम्

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • सांख्यको मतानुसार तीन किसिमको दुःख
    १.आधिभौतिक
    २.आधिदैविक
    ३. आध्यात्मिक
    आधिभौतिक दुःख
    हामी बाटोमा हिँड्दै गर्दा कतै केही दुर्घटना भयो, हामीलाई कतै वन्यजन्तु लगायतले आक्रमण गरेर दुःख उत्पन्न गराइरहेको हुन सक्छ । यस्तै वाह्य कारणले हाम्रो शरीरमा हुने दुःख आधिभौतिक दुःख हो । त्यस्ता वाह्य कारणले हामीमा एउटा नयाँ दुःखको सिर्जना गर्छ । यो मात्रै आधिभौतिक दुःख होइन, हाम्रो शरीरले भोग्ने सबै किसिमका दुःखहरु आधिभौतिक दुःख अन्तर्गत् गर्छ ।
    आधिदैविक दुःख
    कहिले अतिवृष्टि हुन्छ त कहिले अनावृष्टि हुन्छ । कहिले असिनाले सबै बालीनाली सखाप कनाइदिन्छ त कहिले चट्याङ परेर मान्छेको जीवन नै हरण भइरहेको हुन सक्छ । यी कुनै पनि विपत्तिहरु हाम्रो वशमा छैन र यसलाई हामीले दैवीप्रकोपको रुपमा लिन्छौं । यसैबाट उत्पन्न दुःखलाई नै हामीले आधिदैविक दुःखको रुपमा लिने गर्छौ ।
    आध्यात्मिक दुःख
    ज्ञानका कारण जुन दुःख शरीरभित्र नदेखिने गरी उत्पन्न हुन्छ, त्यसलाई आध्यात्मिक दुःखको रुपमा मान्ने गरिन्छ । ईष्र्या, द्वेष, लोभ, मोह, क्लेश, रोगादि दुःख हाम्रो आध्यात्मिक दुःखभित्र पर्छ ।

Комментарии •