I need help 😢 please guys support me 🙏😢यस भिडियोको description मा सबैले पढिदिनुहोला 🙏

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • #Help post 😢 #कृपया अन्त्यसम्म पढिदिनु होला 🙏
    नमस्कार सम्पूर्णमा 🙏 म बिनोद राई हूँ। म एक सामान्य परिवारमा जन्मिएर हुर्किएको जीवनमा केही राम्रो काम गरी आफ्नो सपना पुरा गरेर एक सफल व्यक्ति बन्ने लक्ष्य राखेर उक्त लक्ष्य, सपनाहरुलाई पुरा गर्नका लागि अहोरात्र मेहनत गर्दै आइरहेको सङ्घर्षशील व्यक्ति हुँ। जसमध्ये मेरो पहिलो सपना भनेको एक सफल गायककार बन्नु पनि हो। त्यसैले यो सपनालाई साकार पार्नको लागि आर्थिक रूपमा विपन्न र भौगोलिक अवस्था विकट भएका कारण विभिन्न सेवा सुविधाका साथै music school को पहुँच नभएर गीत, संगीतका औपचारिक कक्षाहरु लिन सम्भव नभएता पनि अनौपचारिक रूपमा सेल्फ प्राक्टिस भने दैनिक गरिरहेको छु। म आफ्नै आवाजमा राम्रा राम्रा धेरै गीतहरु गाएर आफ्नो आवाजलाई लाखौँ मानिसहरू समक्ष पुर्याउन चाहन्छु। कलाकारिताको क्षेत्रमा म आफ्नो छुटै राम्रो पहिचान बनाउन चाहान्छु। र मलाई आफूमा विश्वास छ यो सपनाहरू एकदिन अवश्य पुरा गर्नेछु तर थाहा छैन, कति समय लाग्ने हो भनेर। मेहनत, सङ्घर्ष, धैर्यता, त्याग, समर्पण र आफ्नो लक्ष्य, सपनाप्रति इमान्दारिता सधैँ कायमनै छ। वास्तबमा भन्नुपर्दा मसँग साङ्गीतिक क्षेत्रमा देखेको सपना साकार पार्नका लागि सिमित समय भएको कारण धेरै गाह्रो भइरहेको छ। आफ्नै विभिन्न व्यक्तिगत आन्तरिक समस्याहरूका कारण म निर्धारित समयभित्र एक सफल गायककार बन्न सकिनँ भने यसलाई छाेडेर अर्कै option choose गर्न बाध्य हुनुपर्नेछ। त्यो option चाँहि वैदेशिक रोजगार हुनेछ।😢 त्यसैले म आफ्नो सपनालाई त्यागेर बाध्यतालाई रोज्न चाहन्नँ किनकि मैले साङ्गीतिक क्षेत्रमा धेरै मेहेनत गर्दैछु त्यसैले आफूले सोचेको, चाहेको र थालेको कामलाई पुरा गरेर छोड्नेछु।
    वास्तबमा मैले साङ्गीतिक क्षेत्रमा देखेको सपनालाई पुरा गर्न मेरो मेहनतले मात्र पुग्दैन हजुरहरू भगवान् रूपी दर्शक श्रोताहरूको साथ,सपोर्ट र मायाँ पनि अपरिहार्य हुन्छ। त्यसैले म निरन्तर मेहनत गरिरहनेछु हजुरहरुले कृपया support गरिदिनु होला। मलाई सपोर्ट गर्नका लागि यो भिडियोलाई लाइक, कमेन्ट र सेयर जरुर गरिदिनुहोला।
    साथै RUclips च्यानललाई subscribe गरिदिनु हुनका लागि विनम्र अनुरोध गर्दछु। किन कि RUclips channel मा subscribers grow भयाे भने पनि मलाई धेरै help हुनेछ, मलाई आफ्नो काममा जोस, जागर र हौसला मिल्नेछ साथै धेरै अवसरहरू पनि मिल्नेछ। यदि हजुरहरु हरु निःशुल्क रूपमा कोरियन भाषा सिक्न चाहानु हुन्छ भने मेरो च्यानलमा कोरियन भाषाकाे दैनिक क्लासहरू पनि पाउनुहुनेछ। धन्यवाद!🙏
  • РазвлеченияРазвлечения

Комментарии • 17