पाटनको सफल पुस्तैनी व्यापार । Singing Bowl Business in Nepal । Business Stories Nepal ।

Поделиться
HTML-код
  • Опубликовано: 30 ноя 2024
  • पाटनका राजेन्द्र शाक्यको परिवारसँग पुस्तैदेखि धातुको काम गर्ने सीप थियो । उनका बाजेहरु कुनै समय पाटनबाट भोजपूर टक्सारमा गइ तामाको काम पनि गर्थे । पछि पाटन फर्किएपछि भनेसिंगिङ्ग बोउल बनाउँथे । उनीहरुको आफ्नै ग्राहक थिए । बनाएका बोउलहरु थोक मूल्यमा ठमेल लगायत ठाउँमा बेच्थे ।
    तर उनको व्यवसायमा नयाँ पुस्ता अर्थात् उनका छोरा मनिष पनि जोडिएपछि भने नयाँ कुरा भएको छ । उनीहरुले बोउल बनाउन थालेकाे लगभग ३० वर्षपछि पहिलोपल्ट पाटनमा खुद्रा पसल पनि खोलेका छन् । मनिषकै सक्रियतामा व्यवसायलाई परिवर्तित समयअनुसार बनाउँदै लगेका छन् । उनीहरुले बनाएका बोउल हाल विश्वभर जान्छन् । सँगै मनिषले चलाउने हिलिङ सेसन लिन अनेक संस्था र मान्छेहरु उनीहरुको यो पसलमा आउँछन् ।
    अहिलेको समयमा यो व्यवसाय कस्तो छ ? यसमा के के चुनौती छन् अनि फाइदा के के छन् ? उनीहरुले आफ्नो व्यावसायीक जीवनबाट सिकेको कुरा के के हुन् ? यो भिडियोमा हामीले उनीहरुसँग यस्तै प्रश्नहरुबारे कुराकानी गरेका छौ ।
    उनीहरुलाई सम्पर्क गर्ने भए नम्बर: 9851062838, 9849541863
    #BusinessStoriesNepal #NepaliBusiness #singingbowl
    नमस्कार साथीहरू। Business Stories Nepal RUclips Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
    हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
    हाम्रो सम्पर्क:
    फेसबुक: /businessstoriesnepal
    टुइटर: /storiesnepal

Комментарии • 11