सोलुखुम्बु टु सनफ्रान्सिस्को_ अमेरिकामा नेपाली Solukhumbu to San Francisco_ Sherpa Family.

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • सोलुखुम्बु टु सनफ्रान्सिस्को
    अमेरिकामा नेपाली लाईफ
    ‪ ‘नेपाली लाईफ‘ यूट्यूब च्यानलमा अमेरिकाको नेपाली लाईफको श्रृंखलाको यो दोश्रो कथामा नेपालको सोलुखुम्बुबाट सनफ्रान्सिस्को पुगेको शेर्पा परिवारको जीवन-संघर्षको अनुभव पस्केका छौ।
    माओवादीको १० वर्ष लामो शसस्त्र द्वन्द्वले नेपालको पर्यटन ब्यावसाय धराशायी भएपछि यहि ब्यावसायबाट जीविकोपार्जन गरिरहेका टेण्डि शेर्पाको लागी विकल्प बन्यो प्रवासन । पहिले आफु अमेरिका पुगेका शेर्पाले पछि आफ्ना ३ छोरी, २ छोरा र श्रीमती सहितको परिवार नै झिकाए । नेपालमा रहदा पत्रकारितामा संलग्न यो परिवारका जेठा छोरा जाङबु शेर्पासँगको मित्रताले मैले यो परिवारको कथालाई आफ्नो क्यामरामा कैद गर्न पाएको थिए । भिडीयोमा बाबा टेण्डि, आमा कान्दु , छोरा जाङबु र छिरिङ तेन्जीङ, माईली र कान्छी छोरीहरू छिरिङ ओङ्मु र छिन्जुमको अनुभव देख्न, सुन्न सक्नु हुनेछ । २०१५ को सेप्टेम्बरमा यो भीडियो खिच्दा जेठी छोरी पेमा अलग्गै रहेपनि उनकी छोरी अमिना हरेकदिन हरेकदिन हजुरआमाको साथी बनिरहेकी थिईन । सबै जना आ-आफ्नो काममा जाने भएकाले दिउँसो सुनसान हुने घरमा बज्यै-नातिनीको चहल-पहलले ब्यस्त बन्थ्यो।
    यो भिडीयोमा बुबा-आमाले नेपालदेखी अमेरिकासम्म आफ्ना छोरा-छोरीको राम्रो भविष्यका लागी गरेको संघर्ष र नेपाल फर्कने चाहना, छोरा-छोरीले नेपालको सोलुखुम्बुबाट सनफ्रान्सिस्को पुग्दा त्यहाँको पढाई र कामको लागी गरेको को संघर्ष र अनुभव शेयर गरेका छन् ।
    वितेको ४ वर्षमा शेर्पा परिवारमा धेरै कुराको परिवर्तन भएको छ । दुई छोरा र माईली छोरीको घरजम भएको छ । नेपाललाई धेरै माया गर्ने टेण्डि र कान्दुले नेपाल पुगेरै ज्वाई र बुहारीहरू भित्रयाएका थिए। जेठा छोरा जाङबु अहिले आफ्नै ग्यास स्टेशन किनेर टेक्सासमा बसाई सरेका छन भने अरू सनफ्रान्सिस्को मै छन्।
    अमेरिकाको नेपाली लाईफको श्रृंखलाको यो दोश्रो कथा कस्तो लाग्यो सुझाव र प्रतिक्रिया दिनुहोला । यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछौ ।
    -डम्बरकृष्ण श्रेष्ठ , हङकङ
    Nepali Life in USA (कथा-2)
    Solukhumbu to San Francisco
    Sherpa Family, California
    Concept/Camera : Dambar Krishna Shrestha
    Editing : Rajendra Khadka
    @Nepali Life RUclips Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Комментарии • 8