एक्लै सफल कुनै,त्यो सफर बन्दैन, जहाँ सहयात्री तिम्रो नजर बन्दैन।। प्रेमले नै बन्दछ, खुसी परिवार, चार भित्ता मात्र भै घर बन्दैन।। हर रात मेरो हुन्छ खल्लो खल्लो, तिमी नभै सपना,सुन्दर बन्दैन।। दुई मुटुको मिलन हो हृदयको चाह, मुटु मुटु नभई मीठो रहर बन्दैन बिश्वास नभई मीठो, भर बन्दैन।।
एक्लै सफल कुनै,त्यो सफर बन्दैन,
जहाँ सहयात्री तिम्रो नजर बन्दैन।।
प्रेमले नै बन्दछ, खुसी परिवार,
चार भित्ता मात्र भै घर बन्दैन।।
हर रात मेरो हुन्छ खल्लो खल्लो,
तिमी नभै सपना,सुन्दर बन्दैन।।
दुई मुटुको मिलन हो हृदयको चाह,
मुटु मुटु नभई मीठो रहर बन्दैन
बिश्वास नभई मीठो, भर बन्दैन।।