आदिकवि भानुभक्त आचार्य-Bhanubhakta Acharya | गीतकारःरामबाबु सुवेदी | संगीतकारःडिल्लीप्रसाद चापागाईं

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरु नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरुमा समेत समावेश गरिएकाछन् । वहाँका सयौं बालगीतहरु विद्यालयका कार्यक्रमहरुमा अत्याधिक रुचाईएकाछन्। आदिकवि भानुभक्त आचार्य - Adikavi Bhanubhakta Acharya गीतकार रामबाबु सुवेदी र संगीतकार डिल्लीप्रसाद चापागाईं को उत्कृष्ट बालगीत मध्ये एक हो।
    गीतः
    आदिकवि भानुभक्त आचार्य - Adikavi Bhanubhakta Acharya
    गीतकारः
    रामबाबु सुवेदी
    संगीतकारः
    डिल्लीप्रसाद चापागाईं
    गायनः
    बानिका प्रधान
    ------------------------------------------------------------------------------------------------------
    संगीतकारको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    ------------------------------------------------------------------------------------------------------
    गीतकार रामबाबु सुवेदीको परिचयः
    ------------------------------------------------------------------------------------------------------
    रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
    हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
    कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
    साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
    सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
    _________________________________________________________________
    सर्वाधिकार (Copyright) © रामबाबु सुवेदी, २०७९
    यस च्यानलमा रहेका गीत-संगीत तथा VIDEO हरू कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही गरिने छ ।
    #आदिकवि_भानुभक्त_आचार्य
    #रामबाबु_सुवेदी #Rambabu_Subedi

Комментарии •