July 23, 2024

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • गाउँले गफ-३३ गाउँको काम
    #hamrokhabar #sikkim #villagelife #villagelifestyle #हाम्रोखबर #darjeeling #northsikkim #nepal #bhutan #kalimpong
    बिहान घाम झुल्किनु अघिदेखि नै गाउँ झुल्किसक्छ। घाम अस्ताउने बेलासम्म पनि गाउँ बारीमै हुन्छ। जून आइपुग्दा भने कोदालो, काँटा, फरुवा सितै दस ठाउँ टालेको गमबुट र फुटेका हात गोडा धुँदै गरेको हुन्छ। गाउँ भनेको नथाक्नु हो। गाउँ भनेको निरन्तर जीवन्त चलिरहनु हो। गाउँ भनेको त जिउँदो हुनु हो। घरको धुरीबाट विस्तारै धुँवा निस्कन थालेपछि बिहान र बेलुकीको रुटिन थाल्छ। गोठ, खोर, तबेला,कान्ला, जङ्गल, धारा, पधेरा, घुम्तिको दुध डेयरी र खिच्रिमिच्रि बेच्ने दोकान अनि खोया बिर्केको आँगनमा बैठक भ्याउँदासम्म थाकेर हत्तु हुन्छ भात खानेबेलासम्म गाउँ।
    गाउँ आफ्ना कुरकुच्चाहरूमा हरिनास फुटाएर भए नि गलि रहनुपर्छ। गाउँ आफ्ना फोक्सोहरू सुकाएर नि जोतिरहनुपर्छ। गाउँ आफ्ना दुःखहरू पर सारेर मरिहत्ते खटिरहनुपर्छ। गाउँ गल्छ र नै फुल फुल्छ। गाउँ गल्छ र नै बाली लहलहाउँछ। गाउँ थाक्छ र नै खेतमा धान बारीमा मकै पाक्छ। गाउँ खटिरहन्छ र नै अनिकाल हटिरहन्छ। कोही भोकै नमरोस गाउँले भनिरहँदैन। गाउँ नेता होइन के के भनिबस्नु भ्याउँदैन। त्यसैले कोही भौके नपरोस भनेरै दिनरात खटिरहन्छ जीवन उमार्न हड्डी घोटिरहन्छ।
    गाउँ भनेकै त काम हो । कामको नाम नै गाउँ हो। त्यसैले थाक्नु हुँदैन गाउँले। गाउँ थाक्यो भने शहर भोकै हुन्छ। बजार भोकै हुन्छ। नगर भोकै हुन्छ र महानगर भोकै हुन्छ। देश र भुगोल भोक भोकै हुन्छ।

Комментарии • 1