रिङटोङ चिया कमानमा हिल प्लान्टेशन एमप्लोयिज युनियनको श्रमिक गेट सभा सम्पन्न

Поделиться
HTML-код
  • Опубликовано: 10 июл 2024
  • रिङटोङ चिया कमानमा हिल प्लान्टेशन एमप्लोयिज युनियनको एउटा श्रमिक गेट सभा सम्पन्न भयो। सबै श्रमिकहरू काममा नगएर आफुले पाउनु पर्ने हक, न्युनतम हाजिरा अनि बाकाय राशि खोज्दै फ्याक्ट्री परिसरमा पुगे। एरियर, ग्राचुटी, पी एफ गरेर लाखौं रुपियाँको कुनै हिसाब नभएर श्रमिकहरु बेहाल अनि आक्रोशित छन्। यस साल मार्चको महिनामा चार्टर अफ डिमान्ड बुझाएर धेरै कुराहरु निम्नलिखित हस्ताक्षरण भएतापनि म्यानेजमेन्ट अनि मालिक पक्षको बाट कुनै ठोस पहल नभए पछि युनियनले म्यानेजमेन्टसँग एउटा मिटिङको डिमान्ड गरेको थियो। सोही अनुसार कमानमा कुनै पत्ती टिपाई भएन अनि बल्दो श्रमिक एकताले गर्दा आउँदो 13 तारीख जुलाई , 2024 को दिन दिउँसो 1 बजी HPEU का प्रतिनिधि टोलीलाई मतिगडा स्थित टिपा ( तराई इन्डिया प्लान्टरस एशोसिएसन) को अफिसमा द्विपक्षीय सभा डाकिएको छ। उक्त मिटिङमा कमानका प्रत्येक डिभिजनबाट हाम्रो युनियनको प्रतिनिधिहरू जानेछन् साथै आफ्नो कुरा राख्नेछन् भनी HPEU का प्रतिनिधिहरूले बताएका छन्।
    उक्त मिटिङमा के कसो निर्णय हुन्छ त्यो हेरेर युनियनले आउँदो दिनहरूमा अझै थप पहल गर्ने भएको छ।
    मुसलधारे पानीमा पनि श्रमिकहरू उपस्थितिले श्रमिक आन्दोलनलाई थप उर्जा प्रदान गरेको छ।

Комментарии •