पुनर्वासमा लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा सम्पन्न ।।।

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • कञ्चनपुरको पुनर्वासमा जारी एक महिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा आइतबार बाट सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाको आयोजना र दिपसन मल्टि टेकनिकल टेनिङ्ग सेन्टर धनगढीको प्राबिधिक सहयोगमा लोकसेवा तथा शिक्षक सेवाका कक्षाहरु सञ्चालन गरीएको थियो ।
    यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका अधिकृत तथा योजना शाखा प्रमुख शंकर बोगटीले चैत्र १५ गते देखी एक दिन नछुटाई तयारी कक्षा सञ्चालन गरीएको बताउनुभयो । एक महिने कक्षाले मात्रै केही नहुने भन्दै उहाँले प्रशिक्षार्थीहरुलाई मेहनत र आत्मविश्वासका साथ तयारी गर्न आग्रह गर्नुभयो । उहाँले आफैलाई उदाहरण दिदै आफुपनी कक्षा १० मा मौका परिक्षा दिएर अध्ययन गरेको र मेहनत, लगाब, आत्म-विश्वासले आज यो ठाउँ सम्म पुग्न सकेको बताउनुभयो । लोकसेवा तथा शिक्षक सेवा तयारी गरीरहेकाहरुलाई दुईचार पटक असफता भइयो भन्दैमा नआत्तिकन पुनः तयारी र मेहनत गर्न सके सफलता मिल्ने बताउनुभयो । लोकसेवा तथा शिक्षक सेवा तयारीका लागी कुनैपनी जिज्ञासा भए निर्धक्क भएर सोध्नपनी उहाँले प्रशिक्षार्थीहरुलाई आग्रह गर्नूभयो ।
    एक महिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन समारोहमा वोल्दै पुनर्वास जनता माध्यामीक बिद्यालयका प्रधानाध्यापक मान बहादुर तमाङ्गले प्रशिक्षार्थीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्नुभयो । लोकसेवा तथा शिक्षक सेवा जस्ता अन्य कुनैपनी सरकारी सेवाको तयारी गर्दा समय ब्यवस्थापन महत्वपुर्ण हुन उहाँले बताउनुभयो ।
    लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन कार्यक्रममा बोल्दै बिश्वखोज दैनिक पत्रिकाका सह-सम्पादक केशब भट्टराईले प्रशिक्षार्थीहरुलाई छिट्टै सरकारी सेवाम प्रवेश गरेको देख्न पाइयोस् भन्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले एक महिने तयारी कक्षाले बाटो देखाइदिएको र बाँकी तयारी प्रशिक्षार्थी आफुले नै गर्नुपर्ने र पढाई लाई निरन्तरता र मेहनत गरे सफल बन्न सक्ने सुझाब दिनुभयो ।
    यस्तै प्रशिक्षार्थीको तर्फबाट बोल्दै बिष्णा जैशी र प्रविन भुलले लोकसेवा तथा शिक्षक सेवा तयारी गरीरहेकाहरुलाई यो तयारी कक्षाले महत्वपुर्ण योगदान दिएको बताउनुभयो । उहाँले कार्यक्रमको आयोजक पुनर्वास नगरपालिका र प्राबिधिक सहयोग गर्ने दिपसन मल्टि टेकनिकल टेनिङ्ग सेन्टर धनगढीलाई धन्यबाद ब्यक्त गर्नुभयो । लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा आफ्नै ठाउँमा निशुल्क अध्ययन गर्न पाउँदा आफु हर्षित हुनुका साथै समय र पैसाको समेत बचत भएको उहाँले बताउनुभयो ।
    यस्तै एक महिने लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा चैत्र १५ गतेबाट सुरु भएको थियो । तयारी कक्षामा ५४ जना प्रशिक्षार्थीहरु सहभागी थिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरु बाट लिएको टेष्ट परिक्षामा प्रथम द्धितिय र तृतियलाई पुरस्कृत समेत गरीएको थियो । तयारी कक्षा पुनर्वास जनता माध्यामीक बिद्यालयको सभाहलमा सञ्चालन गरीएको थियो भने कार्यक्रमको सञ्चालन दिपसन मल्टि टेकनिकल टेनिङ्ग सेन्टर धनगढीका प्रमुख गोबिन्द जोशीले गर्नुभएको थियो ।

Комментарии •