गाउँले गफ-३९गाउँको गहना

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • गाउँले गफ-३९
    गाउँको गहना
    भालेको डाकमा उठिसकेको कञ्चनजङ्घाको शिरमा घामले सिन्दुर हालेपछि शुरु हुन्छ गाउँको श्रृङ्गार। गोठमा बाछो लगाउँदै गर्दाको गाई। खोरभरि बाख्रा, आँगनमा सँगै जीवन बाँच्ने कला सिक्दै गरेका बाख्राको पाठो, कुखुराका चल्ला, दुखमुके सुङ्गुरका पाठा र सानो छोरो सबै सुन्दर देखिन्छ मुटुको टुक्राजस्तो, आँखाको नानी गाउँलाई। जङ्गलको कोइलीको स्वर, झ्याउँकिरीको तानपुरा आवाज,धाराको एकोहोर राग र रूखको स्वाभीमान उभिनुको उत्प्रेरणाले सुनमा सुगन्ध छप्छ। आमाले छोरा छोरी छिट्टै पाउऩुपर्छ भन्दै दिने लोकभाकाको अर्थी गाउँको सान हो। आमाले बजाउने मचुङ्गाको भाका गाउँको मान हो।
    गाउँ गरीब, गनगन, गथासो, ग्वाला,गमबुट , गोठ र गाई हो। गाउँ सुसेली, सन्तान, सम्वेदना, सगुन, सम्बन्ध र सम्भावना हो। गाउँ आमा, आत्ममियता, आशा, आरन,अगेनु, आलु र अत्मनिर्भर हो।
    गाउँमा मकै फल्छ, आडु फल्छ, आलु फल्छ, कोदो फल्छ, सयपत्री , अजम्बरी, घामफुलहरू मुस्काउँछन्। गाउँमा अन्न, आफन्त र आनन्दहरू बस्छन् किन भने गाउँमा पापा र आमा बस्छन्। उनीहरूको पोल्टाभरि छोरा छोरीका आत्मा यादहरूको न्यानो ओडेर निदाउँछन्।
    गाउँमा बारीको कान्ला, खेतीको खेतला, हल गोरूको मित, खोलाको गीत, चराको गुड, फुलको थुङ्गा, गाउँलेको परिश्रम सबै सम्पत्ती । गाउँबाट माथि उल्लेखित कसैलाई पनि डिलिट गर्न मिल्दैन। गाउँबाट देखिने हिमचुली,आमाको हत्केला र पापाको काँधले सबै बोक्छ। घरको आँगनमा टेकिसक्दा आमा नदेख्नु, पापाको गनगन नसुन्नु र सिकुवाबाट हिमाल नदेख्नु भनेको गाउँको सबै गहना बन्दकी राख्नु हो। गाउँ गाउँ जस्तो त्यत्तिबेला मात्रा हुन्छ जब घरको खिड्कीबाट हिमाल हेर्दै गरेकी आमाको निधारमा रातो घामको टिका देखेर पापाको अनुहारमा भुगोल जित्ने आँट आउँछ। गाउँले प्रकृतिको सबै गर गहना लगाउँछ।

Комментарии • 3